# भर्खरै
Namaste Icon
Ad

सुर्खेतको चिङ्गाडमा एमाले अधिवेशनको भब्य तयारी हुँदै, के पुस्ता हस्तान्तरण होला त ?

सुर्खेतको चिङ्गाडमा एमाले अधिवेशनको भब्य तयारी हुँदै, के पुस्ता हस्तान्तरण होला त ?

खगेन्द्र हमाल, सुर्खेत । सुर्खेत जिल्लाको स्थानीय तह चिङ्गाड गाउँपालिकामा नेकपा एमालेले अधिवेशनको तयारी गरिरहेको छ । कार्तिक ६ गते वडा अधिवेशन र ९ गते पालिका अधिवेशन सम्पन्न गर्ने भनिएतापनि बिबिध कारणले तोकिएको समयमा वडा र पालिका अधिवेशन हुन नसक्दा अधिवेशन मिति कार्तिक ९ गते वडा र कार्तिक १५ गते पालिका अधिवेशन गर्ने भएको छ । वडा अधिवेशन र पालिका अधिवेशन नजिकिदै गर्दा चिङ्गाडमा यतिबेला युवा पुस्ताहरु जुर्मुराएका छन् ।

आगामी निर्वाचनमा चिङ्गाडमा एमालेलाई विपक्षी दलहरुसंग चुनावमा प्रतिस्पर्धा गर्न निकै चुनौती त छ नै पार्टी नेतृत्व चयन गर्नमा पनि उत्तिकै चुनौती देखिएको छ । अधिवेशन नजिकै आउदा सम्म वडाका पुरानो संरचना मातहतका कमिटीहरु अहिलेसम्म निष्क्रिय नै देखिन्छन् । नत गतिशील नै छन् न त चलायमान नै । चिङ्गाडमा एमाले निकटका भातृ संगठनहरु राष्ट्रिय युवासंघ नेपाल बाहेक अन्य संगठनहरु अहिलेसम्म निष्क्रिय छन् । महाधिवेशन नजिकिदै गर्दा पालिकाका ६ वटै वडामा अहिलेसम्म टोल कमिटी गठन गरिएको छैन् ।


राजनीति नेतृत्वहरु आफु अनुकूलको नेतृत्व नभए र आफुले भनेजस्तो जिम्मेवारी नपाए मैदान नै छाडेर भाग्ने चिङ्गाडका कम्युनिस्ट नेताहरु यसपटक कस्तो भुमिका खेल्छन् भन्ने चासोको बिषय बनेको एक नेताले बताए । यसबारे बिगतलाई सम्झिन पनि सकिन्छ।पदिय भागबन्डा नमिलेपछि विपक्षी दलहरु संग साठगाठ गर्ने र सस्थापन पक्षलाई कसरी हुन्छ कम्जोर बनाउने खेल खेल्ने चिङ्गाडका एमाले राजनीति नेतृत्वहरुको राजनीति कार्यशैलि एमाले महाधिवेशन पछी आगामी आउने निर्वाचनमा पनि यस्तै व्यवहार नदोहरिएला भन्न सकिन्न ।

राजनीतिक खिचातानी र पदिय व्यवस्थापनमा पार्टी भित्रबाट असन्तुष्टि हुदा तत्कालीन अवस्थामा एमालेको लालकिल्ला मानिएको वडा न १ रजेना र वडा न २ रानिबासमा गत स्थानीय तहको निर्वाचनमा हारको सामना भोग्नु परेको थियोे । यसको ज्वलन्त उदाहरण यो पनि हो । निर्वाचन जित्ने संभावना रहेको यी दुई वडामा तत्कालीन अवस्थामा पार्टी नेतृत्व व्यवस्थापनमा काहि कतै कमि कमजोरी भएका कारण चुनावमा हार व्योहोर्नु परेको थियोे । यस्तो किसमको परिपाटीको अन्त गर्न अति आवश्यक देखिन्छ ।

त्यसैगरी वडा न ३ मा बिगतदेखि नै एमाले कमजोर रहेको थियोे । तत्कालीन अवस्थामा पनि एमालेले हारको सामना व्यहोर्दै आएको छ । अहिलेको परिस्थिति हेर्दा एकदमै कम्जोर स्थिति रहेको छ । त्यसैगरी वडा न ४ मा तत्कालीन एमाले चिङ्गाडका अगुवाइ नेता बखत खत्री एमाले परित्याग गरि एकीकृत समाजबादि पार्टीमा लागेपछि झनै त्यो वडा कम्जोर भएको छ ।

बिगत देखि नै नेपाली काङ्ग्रेसले एकछत्र राज गरिरहेको त्यो वडामा अहिले पनि नेपाली काङ्ग्रेस नै बलियो देखिन्छ । वडा न ५ अवलचिङ्गमा भने गत निर्वाचनमा माओवादी र एमालेको प्रतिस्पर्धा भएको थियोे । तत्कालीन अवस्थामा अवलचिङ्ग गाविसबाट हर्क बहादुर रानाले गाविस अध्यक्ष जितेपछि त्यसपछि एमाले कम्जोर हुदै आएको छ । गत निर्वाचनमा एमालेले माओवादीसंगको कडा प्रतिस्पर्धासंगै ५ न वडा गुमाउनु परेको थियोे । वडा न ६ पाम्कमा पहिले देखि नै नेपाली काङ्ग्रेसको एकछत्र राज भएको वडामा गत स्थानीय तहको निर्वाचनमा एमाले वडा जित्न सफल भएको थियोे ।


पालिकाका ६ वटै वडा मध्ये गत स्थानीय तहको निर्वाचनमा एमालेले एउटा वडा मात्रै जितेको थियोे, भने बाँकिका ५ वटा वडा गुमाएको थियोे । चिङ्गाडमा सदा झै नेतृत्वहरुको राजनीतिक गलत कार्यशैलिका कारण निर्वाचन गुमाउनु परेको छ । राजनीति नेतृत्वहरुले सत्ता केन्द्रित राजनीति गर्ने कि जनता केन्द्रित राजनीति गर्ने भन्ने बारेमा गम्भीर तरिकाले सोच्न आजको आवस्यकता रहेको छ । पछिल्लो समयमा चिङ्गाडमा नेकपा एमाले युवा कार्यकर्ताहरुको पार्टी भित्र सकारात्मक योगदान रहेको छ ।

विभाजन होइन, एकीकरण र एकता नै नेकपा (एमाले)को संस्कार र परम्परा हो भन्ने मानसिकता बोकेका युवा पंक्ति सक्रिय रुपमा लागि परेको छ । चिङ्गाडमा बिगत देखि नै उम्मेद्वार छनोट प्रक्रिया पारदर्शी र संस्थागत नभएको आरोप लाग्ने गरेको छ । नेताको खल्तीबाट उम्मेद्वार निस्कने र त्यसलाई सबैले मानिदिनुपर्ने बाध्यता रहेको कतिपय नेता कार्यकर्ताहरुको भनाइ रहेको छ ।


एक नेता भने, ‘हिजोका कुरा गरेर आजको एमाले बनाउन सकिँदैन । जेल, त्याग र तपस्याका कुरा गरेर पुग्दैन । अब पार्टीभित्र पर्फमेन्स बेस्ड नेतृत्व चाहिन्छ । नेतृत्व भनेको त त्यो फेजमा त्यो विचारमा लागेका सबैलाई गतिशील पार्नसक्ने हुनुपर्छ ।’ कम्तीमा आफूले प्रतिबद्धता जनाएको र जनताले अपेक्षा गरेका कुरा पूरा गर्न सक्नुपर्छ। प्रतिबद्धता व्यवहारमा कार्यान्वयन गर्न सक्नुपर्छ । त्यस्तो पार्टी नेतृत्वको एमाले भित्र आवस्यकता छ । तीन वर्षअघि कम्युनिष्ट पार्टीको यत्रो ठूलो जगजगी थियो, जुन आफैं चकनाचुर भयो । मैदान पूरै खाली छ । तर, त्यो मैदानमा केपी ओली मात्र दौडिरहेका छन् । अरुले त प्रतिक्रिया मात्रै जनाइरहेका छन् । त्यो मैदान भरिभराउ पारिरहनको निम्ति पार्टी र नेतृत्वपंक्ति गतिशील र चलायमान हुन जरुरी छ ।

Ad

सम्बन्धित समाचारहरु

लोकप्रिय बन्दै नेपाली स्किन ढोका, टिम्बर क्राफ्टले लुम्बीनी प्रदेशमा व्यापार थालेको ४ वर्ष पुग्यो

काठमाडौंमा अपार्टमेन्ट तथा हाउजिङको सुरुवात भए देखि स्किन ढोकाको नेपालमा माग हुन थाल्यो । कतिपय अपार्टमेन्टहरुले बिदेशबाट नै ढोका मगाउन थाले ।झट्ट हेर्दा लाग्थ्यो यति धेरै जंगल भएको नेपालमा ढोका समेत विदेशबाट आयात हुन थाल्यो भनेर तर कुरा अन्र्तराष्ट्रिय स्तरको गुणस्तरीय ढोकाको थियो । यस्तो ढोका नेपालमा उत्पादन नभएपछि बाहिरबाट आउन थालेको कुरा पनि जगजाहेर नै थियो । सो क्रममा नेपालमै डोका उत्पादन गर्न सकिन्छ कि भन्ने योजना बन्यो । विभिन्न अपाटमेन्ट तथा हाउजिङसँगको सल्लाह अनुसार तथा नेपालमा अपाटमेन्ट बनाउने क्रम बढ्ने निश्चित भईसकेपछि टिम्बर क्राफ्टले कमर्सियलढोका बनाउने निधो गरेको थियो । सो योजना अनुसार २०६९ साल देखि टिम्बर क्राफ्टले स्किन ढोका बनाउन थालेको हो । प्रत्येक महिना ५ सय रेडिमेड कमर्सियल स्किन ढोका खपत हुने देखे पछि टिम्बर क्राफ्टले ढोका उत्पादन थालनी गरेको हो ।

यस्ताे छ,  दुख, मिहिनेत र सक्रियताले खारिएका भुपेन्द्रको संघर्ष'

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली युबा नेता भूपेन्द्रजङ्ग शाही पछिल्लो समय निकैनै सम्भावना बोकेका युबा राजनीति कर्मीमा पर्छन । नेपाली कांग्रेस जस्तो पुरानो पार्टीमा सानै उमेरमा सांसदको दुइ दुइ पटक टिकट पाउने भाग्यमानी युवा मानिन्छन शाही । अर्को तर्फ दुबै पटक पराजित हुदा सांसदर र मन्त्री बन्ने अवसर भने उनले गुमाएका थिए । राजनीतिलाई समाज सेवा ठान्ने नेता शाही अर्का दुख देख्न नसक्ने युवा नेता हुन् । उनले लकडाउन्मा हजारौंलाइ खादन्न सहयोग गरे भने, मेलम्चीका बाढिपहिरो पीडितलाइ तत्काल सहयोग गरे । उनले पछिल्लो समयको लकडाउनमा १० हजार बढिलाइ निशुल्क खाना बितरण गरे । आफ्नो स्वास्थ्यमा गम्भिर सम्स्या भएपनि निरन्तर समाजिक र राजीतिक कार्यक्रममा सहभागी भइरहे । नेपालको दुर्गम मानिएको कालिकोटबाट आएर राष्ट्रिय राजनीतिमा आफ्नो स्थान बनाइरहेका शाहीले कसरी राजनीति सुरु गरे ? कहाँबाट प्रारम्भ गरे र अहिलेसम्म के के काम गरे ? भन्ने विषय सवैको चासोको विषय बन्छ नै ।

Ad

प्रतिक्रिया दिनुहोस