# भर्खरै
Namaste Icon
Ad

तीन दिनसम्म ब्याट्री टिक्ने नोकियाको स्मार्टफोन ‘सी३०’ सार्वजनिक

तीन दिनसम्म ब्याट्री टिक्ने नोकियाको स्मार्टफोन ‘सी३०’ सार्वजनिक

काठमाडाैं । एचएमडी ग्लोबलले ‘सी’ सिरिजमा नयाँ स्मार्टफोन ‘सी३०’ सार्वजनिक गरेको छ । कम्पनीले बिहीवार इन्ट्री लेभलको यो फोन भारतमा सार्वजनिक गरेको हो ।भारतको जियोसँग रणनीतिक साझेदारी गर्दै एचएमडी ग्लोबलले यो फोन बजारमा भित्र्याएको हो । हरियो र सेतो रङमा उपलब्ध यो फोन ३/३२ जीबी र ४/६४ भेरियन्टमा खरिद गर्न सकिन्छ, जसको मूल्य भारतमा क्रमश १०,९९९ भारू र ११,९९९ भारू तोकिएको छ । यो फोनमा एचडी प्लस रेजोलुसनसहित ६.८२ इन्चको ठूलो डिस्प्ले छ । डिस्प्लेको टपमा वाटर ड्रप नच दिइएको छ ।

त्यस्तै फोनमा ६ हजार एमएएचको शक्तिशाली ब्याट्री दिइएको छ । कम्पनीले एक पटकको चार्जमा तीन दिनसम्म ब्याट्री टिक्ने दाबी गरेको छ । यो फोनको पछाडि दुईवटा क्यामेरा छ, जसमा मुख्य सेन्सर १३ मेगापिक्सेलको छ । कम्पनीले ‘सी’ सिरिज डिभाइसमध्ये यो फोनमा हाई रेजोलुसन दिएको दाबी गरेको छ । पोट्रेट शटका यो लागि २ मेगापिक्सेलको डेप्थ सेन्सर दिइएको छ । त्यस्तै सेल्फी पारखीका लागि ५ मेगापिक्सेलको क्यामेरा उपलब्ध गराइएको छ । यो फोन नेपाली बजारमा पनि चाँडै उपलब्ध हुने अनुमान गरिएको छ ।

Ad

सम्बन्धित समाचारहरु

अबिताका ल्यापटप नेपाली बजारमा बिक्री सुरु

अबिताका ल्यापटप नेपाली बजारमा बिक्री सुरु

काठमाडौ । अबिताले नेपाली बजारमा ल्यापटपको बिक्री सुरु गरेको छ । अमेरिका, हङकङ सिंगापुर, ताइवान, थाइल्याण्ड, इन्डोनेसिया, फिलिपिन्स, मलेसिया र भारत जस्ता देशमा सफलतापूर्वक आफ्नो बजार विस्तार गरिसकेपछि अविताले नेपालमा पनि ब्यवसाय सुरु गरेको छ । लाइफस्टाइल टेक ब्रान्डका ल्यापटप नेपाली बजारमा ल्याएको कम्पनीले बताएको छ । जसमा नयाँ पुस्ताका प्रयोगकर्ताहरुको चाहना अनुरुप नवप्रवर्तनलार्ई प्रोत्साहित गर्ने उद्देश्य राखिएको छ । यो ब्राण्डका ल्यापटपमा हल्का, अल्ट्रा–पोर्टेबल जस्ता विशेषता रहेका छन् । ब्रान्डको ‘एसेन्शियल’, ‘म्यागस २–इन–१’ र ‘प्यूरा ई’ सिरिजका अतिरिक्त ‘रेड डट डिजाइन’ अवार्ड विजेता २०२१ – ‘लाइवर भी १४’ ल्यापटप शृखलाले नेपालको बजारलाई उत्साहित गर्ने कम्पनीको विश्वास छ । अबिताका सबै उत्पादनमा दुई वर्षको अन–साइट वारेन्टी राखिएको छ । ‘म्यागस २–इन–१’ मा २ वर्षको क्यारी–इन वारेन्टी रहेको छ ।

हेलीकप्टरबाट उपकरण ढुवानी गरी टेलिकमको सेवा

हेलीकप्टरबाट उपकरण ढुवानी गरी टेलिकमको सेवा

काठमाडौं । नेपाल टेलिकमले हेलीकप्टरबाट उपकरण ढुवानी गरी दुर्गम आठ स्थानमा जीएसएम टुजी र फोरजी सेवा प्रवाह गरेको छ । सोलुखुम्बुको लुक्ला, स्याङबोचे एयरपोर्ट, नाम्चेबजार र ताक्सिन्दुमा टेलिकमले सेवा पु¥याएको हो । यस्तै गोरखाको छेकम्पार, गज्र्याङ डाँडा र न्याक तथा मनाङको ओडार भ्यु–प्वाइन्ट हेलीकप्टरबाट उपकरण ढुवानी गरी नयाँ टावरबाट सेवा सञ्चालन गरिएको हो । यी टावरबाट कम्पनीले सेवाग्राहीलाई टुजी र फोरजी सेवा उपलब्ध गराएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस