# भर्खरै
Namaste Icon
Ad

'होला'

'होला'
- यम लाल पौडेल

👉️जन्म दिने आमा भए म नि गाउँमा आउथे होला,
कालरात्रीमा संगै बसि म नि भजन गाउथे होला,
वरपर साथीभाइको हालखबर सोध्दै खोज्दै
उहाँहरुको माया ममता कति धेरै पाउंथे होला !!

👉️घर लिप्ने बाटो खन्ने इतिहास भन्थे होला,
किनमेल गर्न मौलिपोखरा खर्ज्याङ पनि झर्थे होला,
हरिया ती डाडा कांडा हेर्दै अनि सुम्सुमाउदै
गाउँ घरका वर पिपल ले स्वागत पनि गर्थे होला !!

👉️सरायं नाचमा वाख्खै खेल्दै म नि सामेल हुन्थे होला,
मेरै गाउँ को कथा ब्यथा कवितामै भन्थे होला,
वरपर तलमाथि सपनामा मात्रै देख्छु
सक्दो सहयोग त्यो मन्दिर लाई पक्कै पनि गर्थे होला !!

👉️खै किन हो आउन पाइन त्यो रमाइलो यहाँ छैन,
वास्तविकता पोख्न मन छ तर यहाँ लेख्न भैन,
मान्यजन लाई संझीराछु साथिभाइ लाई हेरि राछु
विगतका ती यादहरु लाई कहिल्यै पनि भुल्ने छैन !!

👉️इस्टमित्र आफन्त ले पनि आशा गरे होलान् ,
बिर्स्यो माया मार्यो भनी केही न केही भने होलान् ,
फुले जस्तो फल्दो रहिन्छ सोंचे जस्तो हुदो रहिन्छ
वास्तविकता जानेपछी पक्कै ठिक गर्यो भन्लान् !!
वास्तविकता जानेपछी पक्कै ठिक गर्यो भन्लान् !!!

- यम लाल पौडेल

Ad

सम्बन्धित समाचारहरु

‘रानी’ ल्याउँदै सुमन

‘रानी’ ल्याउँदै सुमन

काठमडाैं । लेखक सुमन पौडेलले पाठकमाझ ‘रानी’ उपन्यास ल्यउने तयारी गरेका छन् । लेखकले रानीलाइ नयाँ पुस्तासँग जोडेका छन् । 'रानी'मा परिवारको माया, साथीसँगको सम्बन्ध, कोही आफ्नो सगँ नजिक हुँदाको खुसी सँगै टाढा हुँदाको पीडालाइ समेटेका छन् । युवावस्थामा गरिने प्रेम अनि त्यसले समाज, परीवारमा गर्ने व्यवहार समेत प्रष्ट्याइएको छ । उपन्यास माघ ६ गते बिमोचन गरीने भएको छ ।लेखक पौडेल पोखराका व्यवसायी पनि हुन ।

नेपाली साहित्यका महाकवि देवकोटाको ११३औँ जन्मजयन्ती आज

नेपाली साहित्यका महाकवि देवकोटाको ११३औँ जन्मजयन्ती आज

काठमाडाैं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिए । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाए ।

Ad

प्रतिक्रिया दिनुहोस