# भर्खरै
Namaste Icon
Ad

एउटै व्यक्ति कांग्रेसको वडा उपसभापति र एमालेको वडा सचिवमा निर्वाचित

एउटै व्यक्ति कांग्रेसको वडा उपसभापति र एमालेको वडा सचिवमा निर्वाचित

दार्चुला । दार्चुलामा कांग्रेसको अधिवेशनबाट वडा उपसभापतिमा चयन भएका एक जना एमालेको वडा सचिवमा चयन भएका छन् । गत ९ असोजमा सम्पन्न नेपाली कांग्रेसको वडा महाधिवेशनबाट शंकर सिंह डोबाल महाकाली नगरपालिका–२ को उपसभापतिमा चयन भएका थिए। शनिबार गरिएको नेकपा एमालेको वडा अधिवेशनमा डोबाल सचिवमा चयन भएका छन् ।

‘कांग्रेसले सम्पन्न गरेको वडा अधिवेशनमा डोबाल उपसभापतिमा चयन भएका हुन्। एमालेमा प्रवेश गरे नगरेकोबारे जानकार छैन’, कांग्रेस महाकालि नगरपालिकाका प्रवक्ता पदम सिंह महरले भने । शनिबार सम्पन्न गरिएको वडा अधिवेशनमा वीर सिंह डोबाल अध्यक्ष र शंकर सिंह डोबाल सचिवमा चयन गरिएको नेकपा एमाले दार्चुलाले जनाएको छ ।

Ad

सम्बन्धित समाचारहरु

राष्ट्रिय जनमोर्चा भुमिकास्थानकी सक्रिय सदस्य पूर्णकला खनालको शोक सभा सम्पन्न

अर्घाखाँची । राष्ट्रिय जनमोर्चा अर्घाखाँची भुमिकास्थान नगरपालिका वार्ड न १ की सक्रिय सदस्य तथा अखिल नेपाल महिला संघकी सल्लाहकार स्वर्गीय पूर्णकला खनालको १२औं दिनको पुण्य तिथिमा शोक शभा सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिका वार्ड न १ को आयोजनामा बिहिबार उनकै निवासमा शोक सभा सम्पन्न गरिएको हो । सो अवसरमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सागर केसीले स्वर्गीय खनालको निधनले पार्टीलाई अतुलनीय क्षति पुगेको बताए ।

सुर्खेतका सबै स्थानीय तहमा माओवादी केन्द्रकाे सर्वसहमत नेतृत्व (सुचिसहित)

खगेन्द्र हमाल, सुर्खेत । जिल्लाका नौ वटै स्थानीय तहमा नेकपा माओवादी केन्द्रले सर्वसम्मत नेतृत्व चयन गरेको छ। वीरेन्द्रनगर नगरपालिका, पञ्चपुरी नगरपालिका,लेकवेशि नगरपालिका, भेरिगंगा नगरपालिका,गुर्भाकोट नगरपालिका,चिङ्गाड गाउँपालिका, सिम्ता गाउँपालिका, बराहताल गाउँपालिका र चौकुने गाउँपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरेकाे हो ।

Ad

प्रतिक्रिया दिनुहोस