# भर्खरै
Namaste Icon
Ad

राष्ट्रिय जनमोर्चा भुमिकास्थान १ का सदस्य नेपालीलाइ मातृशोक

राष्ट्रिय जनमोर्चा भुमिकास्थान १ का सदस्य नेपालीलाइ मातृशोक

माधव खनाल, अर्घाखाँची । राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिका वार्ड न १ का सदस्य तथा राजिमे टोल समितिका अध्यक्ष दिपक नेपालीलाई मातृशोक परेको छ । बिगत केही समय देखि क्यान्सर रोगबाट ग्रसित नेपालीकी आमा मिनि नेपाली सार्किको आइतबार बिहान ६५ वर्षको उमेरमा मृत्यु भएको हो ।

स्वर्गीय नेपालीको आजै स्थानीय घाटमा राष्ट्रिय जनमोर्चाका भुमिकास्थान नगर सदस्य भोजराज खनालले नेपालीको पार्थिक शरीरमा पार्टीको झण्डा ओडाइ श्रद्धाञ्जली अर्पण गरे । राष्ट्रिय जनमोर्चाका नगर सदस्य भोजराज खनालले नेपालीको निधनले राष्ट्रिय जनमोर्चा भुमिकास्थान १ लाई अतुलनीय क्षति पुगेको भन्दै आफ्ना आम कार्यकर्तालाई नेपालीले देखाएको बाटो लाग्न आग्रह गरे ।

यस्तै अन्त्येष्टी कार्यक्रममा अखिल नेपाल शिक्षक संघ भुमिकास्थान नगर सचीव रामप्रसाद खनाल जातियसमता समाजका जिल्ला सदस्य रामबहादुर नेपाली अखिल छैठौंका जिल्ला अध्यक्ष जिबन नेपाली लगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए । स्वर्गीय नेपालीका पाँच छोरा तीन छोरी चार बुहारी र नातिनातिना छन् । अन्त्येष्टि कार्यक्रम स्वर्गीय नेपालीका छोरा दिपक नेपालीको अध्यक्षता र राष्ट्रिय जनमोर्चा भुमिकास्थान १ का सचीव नारायण खनालले गरेका थिए ।

Ad

सम्बन्धित समाचारहरु

राष्ट्रिय जनमोर्चा भुमिकास्थानकी सक्रिय सदस्य पूर्णकला खनालको शोक सभा सम्पन्न

अर्घाखाँची । राष्ट्रिय जनमोर्चा अर्घाखाँची भुमिकास्थान नगरपालिका वार्ड न १ की सक्रिय सदस्य तथा अखिल नेपाल महिला संघकी सल्लाहकार स्वर्गीय पूर्णकला खनालको १२औं दिनको पुण्य तिथिमा शोक शभा सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिका वार्ड न १ को आयोजनामा बिहिबार उनकै निवासमा शोक सभा सम्पन्न गरिएको हो । सो अवसरमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सागर केसीले स्वर्गीय खनालको निधनले पार्टीलाई अतुलनीय क्षति पुगेको बताए ।

सुर्खेतका सबै स्थानीय तहमा माओवादी केन्द्रकाे सर्वसहमत नेतृत्व (सुचिसहित)

खगेन्द्र हमाल, सुर्खेत । जिल्लाका नौ वटै स्थानीय तहमा नेकपा माओवादी केन्द्रले सर्वसम्मत नेतृत्व चयन गरेको छ। वीरेन्द्रनगर नगरपालिका, पञ्चपुरी नगरपालिका,लेकवेशि नगरपालिका, भेरिगंगा नगरपालिका,गुर्भाकोट नगरपालिका,चिङ्गाड गाउँपालिका, सिम्ता गाउँपालिका, बराहताल गाउँपालिका र चौकुने गाउँपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरेकाे हो ।

Ad

प्रतिक्रिया दिनुहोस