# भर्खरै
Namaste Icon
Ad

सिद्धार्थ बैंकद्धारा लाभांश घोषणा

सिद्धार्थ बैंकद्धारा लाभांश घोषणा

काठमाडौं । सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७७/७८ को वितरण योग्य मुनाफाबाट बैंकका शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कात्तिक ७ गते बसेको सञ्चालक समितिको ३८१औं बैठकले आफ्ना शेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगदलाभांश (बोनस शेयर कर प्रयोजनकालागि मात्र) गरी कुल १५ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको हालको चुक्तापूँजी दश अर्ब छयानब्बे करोड बाईस लाखउनानसयहजार एक सय पन्चानब्बे रुपैंयामा १४.२५ प्रतिशत बराबरको एक अर्ब छपन्न करोड एक्काइस लाख सत्ताइस हजार छ सय छत्तीस रुपैंया बोनस शेयर तथा ०.७५ प्रतिशत बराबरको रु. आठ करोड बाईस लाख सत्र हजार दुई सय चौवालीस रुपैंया मात्र नगद लाभांश प्रस्ता वगरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भए पश्चात तथा आगामी साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ । सिद्धार्थ बैंकलेहाल देशभर १८९ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ११४ शाखारहित बैैंकिङ्गर २०९ एटिएम मार्फत् उच्चस्तरिय बैैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Ad

सम्बन्धित समाचारहरु

नाडाकाे नयाँ नेतृत्वका लागि करण चाैधरीकाे प्यानल घाेषणा

काठमाडौं । नाडा अटाेमाेबाइल्स एसाेसिएसन अफ नेपालकाे नयाँ नेतृत्वका लागि करण चाैधरीले प्यानल घाेषणा गरेका छन् । चाैधरीकाे अध्यक्षतामा १८ सदस्यीय प्यानल घाेषणा गरिएकाे हाे । चाैधरीकाे टिममा अनुपकुमार बराल, सुरेन्द्र कुमार उप्रेती, विक्रम सिंघानिया, राजनबाबु श्रेष्ठ, अभिक ज्याेती, मिलनबाबु मल्ल, निलमणी पाठक, पंकज अग्रवाल, राजेन्द्र अग्रवाल, वर्ण न्याैपाने, सुनिल रिजाल, वरदान बस्नेत, निशान ढकाल, प्रकाश कपुरी, देवराज भण्डारी, गाेपाल भट्टराई र गंगाराज भट्टराई रहेका छन् ।

नयाँ बसपार्क चौबीसै घण्टा सञ्चालन गर्न माग

नयाँ बसपार्क चौबीसै घण्टा सञ्चालन गर्न माग

काठमाडौं । गोङ्गबुस्थित नयाँ बसपार्क चौबीसै घण्टा सञ्चालन गर्न माग गपिरएको छ । नयाँ बसपार्कस्थित कान्तिपुर मलले दसैँ, तिहार र छठपर्व लक्षित उपहार योजना वितरण कार्यक्रममा बुधबार वक्ताहरुले नयाँ बसपार्कलाई चौबीसै घण्टा सञ्चालन गर्नुपर्ने बताएका हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस