# भर्खरै
Namaste Icon
Ad

हामी हिजोभन्दा आज झनै शक्तिशाली भएका छौं : विष्णु पौडेल

हामी हिजोभन्दा आज झनै शक्तिशाली भएका छौं : विष्णु पौडेल

बुटवल । नेकपा एमालेका उपमहासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले एमालेले चाहेको वर्तमान सरकारलाई जतिसुकै बेला ढाल्न सक्ने दावी गरेका छन् । पाँच दलीय गठबन्धन सरकारलाई पौडेलले तास र बालुवाको घरको संज्ञा दिए । एमाले तिलोत्तमाको नगर अधिवेशनमा मंगलवार बोल्दै नेता पौडेलले भने, ‘एमालेले चाहेमा जतिसुकै बेला शेरबहादुर देउवा नेतृत्वको सरकारलाई बदल्न सक्छौं । तर, हाम्रो चाहना अहिले सरकार होइन । पार्टीको संगठन निर्माण हो । हाम्रो सम्पूर्ण तागत र क्षमता संगठन निर्माणमा केन्द्रित छ ।’

आफूहरु सिंहदरबारबाट केही महिनाका लागि मात्र बाहिरिएको पौडेलको भनाइ छ । पौडेलले थपे, ‘हामी अहिले निर्वाचनमा केन्द्रित छौं । निर्वाचनपछि कसैले चाहेर पनि हल्लाउन नसक्ने एमालेको सरकार बन्छ । स्थानीय, प्रदेश र संघमा एमालेको एकल सरकार बन्छ ।’ पार्टी विभाजनले एमालेमा कुनै क्षति नभएको पौडेलको दावी छ । ‘हामी हिजोभन्दा आज झनै शक्तिशाली भएका छौं । त्यो शक्ति आउँदो निर्वाचनबाट देखिन्छ,’ पौडेलले भने । एमाले विरुद्ध भइरहेका सबै प्रयासलाई नाकाम तुल्याउने गरी लाग्न कार्यकतालाई निर्देशन दिए । नेता पौडेलले अधिवेशनबाट सर्वसम्मत रुपमा सशक्त टिम चयन गर्न आग्रह समेत पौडेलले गरे ।

Ad

सम्बन्धित समाचारहरु

माधव नेपालले पदको लागि पार्टी फुटाएका हुन् :  नेतृ मञ्जु चौधरी

काठमाडौं । नेकपा एमालेकी नव निर्वाचित केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मञ्जु चौधरीले एमाले छोडेर केहि नेता कार्यकर्तामात्र माधव नेपालसँग गएकोले एमाललेलाई चुनावमा खासै असर नपर्ने बताइकी छन् । दर्पण दैनिकसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् ।

यी हुन् लिङ्देन प्यानलबाट उठ्ने पदाधिकारीहरु

यी हुन् लिङ्देन प्यानलबाट उठ्ने पदाधिकारीहरु

काठमाडौं । राप्रपाको जारी महाधिवेशनमा अध्यक्षका आकांक्षी राजेन्द्र लिङ्देनले आफ्नो प्यानल घोषणा गरेका छन् । उनले जारी महाधिवेशनका लागि पदाधिकारीहरुको टुंगो लगाएका हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस