# भर्खरै
Namaste Icon
Ad

'निजीलाई करोडपति र नेपाल एयरलाइन्सलाई धरासायी बनाउने काम म गर्दिनँ'

'निजीलाई करोडपति र नेपाल एयरलाइन्सलाई धरासायी बनाउने काम म गर्दिनँ'

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सको जहाजलाई घाममा सुकाएर निजी एयरलाइन्सलाई पोस्ने काम भएको बताएका छन् । उनले निजी एयरलाइन्ससँग सेटिङ गरेर उनीहरूलाई रातारात करोडपति बनाउने र नेपाल एयरलाइन्सलाई धरासायी बनाउने काम आफूबाट नहुने उनले बताए ।

'नेपाल एयरलाइन्सको जहाजलाई घाममा सुकाएर निजी एयरलाइन्ससँग सेटिङ गरेर रातारात करोडपति बनाउने, नेपाल एयरलाइन्सको ग्राउन्ड हेन्डलिङ व्यक्तिगत स्वार्थका लागि अरूलाई दिने धन्दा यो प्रेम आलेले गर्दैन,' नेपाल पर्यटन बोर्डमा आयोजित स्वागत कार्यक्रममा उनले भने ।


जतिसक्दो छिटो 'वाई१२' जहाजको व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको पनि उनले बताए । १०४ दिनदेखि नेपाल वायुसेवा निगममा लागेको ताला आफू मन्त्री भएको ४८ घण्टाभित्र वार्ताको माध्यमबाट खुलाएको भन्दै निगमका कर्मचारीहरूको माग १५ दिनभित्र पुरा गर्ने प्रतिबद्धता जनाएको पनि बताए । “निगमका कर्मचारीहरूको मागमध्ये अध्यक्ष नियुक्त गर्ने एउटा माग पूरा पनि भइसकेको छ,” उनले भने ।

सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकले निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गरेको छ । मन्त्री आलेले पर्यटन क्षेत्रमा रहेको समस्या समाधान गर्न निजी क्षेत्रसँग हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए । उनले पर्यटन क्षेत्रको समस्या समाधानमा 'डिस्टिङ्सन' ल्याउनेगरी काम गर्ने बताए ।

अर्थ मन्त्रालयले अन्य मन्त्रालयहरूलाई ‘रैती’ व्यवहार गर्ने गरेको उनको आरोप छ । 'अर्थ मन्त्रालयले अन्य मन्त्रालयलाई ‘रैती’ ठान्ने गरेको छ । आफू मालिक अरू रैती । आफूले बजेट विनियोजन गर्ने भएका कारण अरू मन्त्रालयलाई रैतीको जस्तो व्यवहार अर्थ मन्त्रालयले गर्ने गरेको छ,' उनले भने । सोही कारण पहुँच हुनेहरूले धेरै बजेट पाउने र नहुनेले कम बजेट पाउने गरेको उनको भनाइ थियो । मन्त्री आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न प्रक्रिया अगाडि बढाउने पनि बताए ।

Ad

सम्बन्धित समाचारहरु

नाडाकाे नयाँ नेतृत्वका लागि करण चाैधरीकाे प्यानल घाेषणा

काठमाडौं । नाडा अटाेमाेबाइल्स एसाेसिएसन अफ नेपालकाे नयाँ नेतृत्वका लागि करण चाैधरीले प्यानल घाेषणा गरेका छन् । चाैधरीकाे अध्यक्षतामा १८ सदस्यीय प्यानल घाेषणा गरिएकाे हाे । चाैधरीकाे टिममा अनुपकुमार बराल, सुरेन्द्र कुमार उप्रेती, विक्रम सिंघानिया, राजनबाबु श्रेष्ठ, अभिक ज्याेती, मिलनबाबु मल्ल, निलमणी पाठक, पंकज अग्रवाल, राजेन्द्र अग्रवाल, वर्ण न्याैपाने, सुनिल रिजाल, वरदान बस्नेत, निशान ढकाल, प्रकाश कपुरी, देवराज भण्डारी, गाेपाल भट्टराई र गंगाराज भट्टराई रहेका छन् ।

नयाँ बसपार्क चौबीसै घण्टा सञ्चालन गर्न माग

नयाँ बसपार्क चौबीसै घण्टा सञ्चालन गर्न माग

काठमाडौं । गोङ्गबुस्थित नयाँ बसपार्क चौबीसै घण्टा सञ्चालन गर्न माग गपिरएको छ । नयाँ बसपार्कस्थित कान्तिपुर मलले दसैँ, तिहार र छठपर्व लक्षित उपहार योजना वितरण कार्यक्रममा बुधबार वक्ताहरुले नयाँ बसपार्कलाई चौबीसै घण्टा सञ्चालन गर्नुपर्ने बताएका हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस