# भर्खरै
Namaste Icon
Ad

जन्मदिनको अवसरमा बालबालिकालाई न्यायो कपडा र नगद वितरण

जन्मदिनको अवसरमा बालबालिकालाई न्यायो कपडा र नगद वितरण

काठमाडौं । एसोसिएसन अफ एलायन्स क्लबस् इन्टनेसनल डिस्ट्रिक १०२३ अन्तर्गत रहेको एलायन्स क्लब अफ काठमाडौं सिटिका प्रथम भाइस प्रेसिडेन्ट एली सुवर्ण श्रेष्ठको जन्मदिनको अवसर पारी न्यायो कपडा र नगद रकम वितरण गरिएको छ । भैसीपाटीमा रहेको बालसेवा गृहका बालबालिकाहरुलाई सो सहयोग गरिएको हो ।

बालगृहमा रहेका बालबालिकालाई आफ्नो जन्मदिनमा सानो भए पनि सहयोग गर्न पाउदा ज्यादै खुशी भएको क्लबका प्रथम भाइस प्रेसिडेन्ट एली सुवर्ण श्रेष्ठले बताए ।

कार्यक्रममा क्लबकी अध्यक्ष एली गुना सिल्वालले क्लबका सबै साथीहरूले आ–आफ्नो जन्मदिनको अवसरमा सेवा गर्दै आएको बताइन । क्लबकी कोषाध्यक्ष एली प्रितिमा शर्माले संस्था सेवाका साथ व्याक्तित्वको विकास गर्ने बताईन् । यस कार्यक्रमको सभापति ग्रहण गरेकी सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर एली धना आचार्यले बालगृहमा पटक–पटक सकेको सहयोग गर्दै आएको बताइन । उनले भनिन, ‘आउदा दिनहरुमा पनि हामीले सकेको सहयोग गर्नेछौं ।’

आचार्यले भनिन, ‘हाम्रो उद्देश्य नै सेवा हो र यो निरन्तर अघि बढ्ने छ । शुभदिनमा पून्य काम गर्नु भएकोमा सुवर्ण श्रेष्ठ ज्यूलाई पनि धन्यवाद ।’

कार्यक्रममा क्लबका सदश्य एली वीरबहादुर वमजन, एली कृतिबहादुर सिंह, एली ज्याकफिन केसीको उपस्थिति रहेको थियो । बालसेवा गृहका अध्यक्ष जयराम टमाटाले सहयोग गर्दै आएकोमा संस्थालाई धन्यवाद दिए ।

Ad

सम्बन्धित समाचारहरु

जन्मदिनको अवसरमा बालबालिकालाई न्यायो कपडा वितरण

जन्मदिनको अवसरमा बालबालिकालाई न्यायो कपडा वितरण

काठमाडौं । एसोसिएसन अफ एलायन्स क्लबस् इन्टनेसनल डिस्ट्रिक १०२३ अन्तर्गत रहेको एलायन्स क्लब अफ काठमाडौं सिटिकी क्लब अध्यक्ष एली गुना सिलवालको जन्मदिनको अवसरमा बालबालिकाहरुलाई न्यायो कपडा वितरण गरिएको छ । कलंकीमा रहेको जनपथ माबिका बालबालिकाहरुलाई न्यायो कपडा वितरण गरिएको हो । विद्यालयमा रहेका बालबालिकालाई आफ्नो जन्मदिनमा सहयोग गर्न पाउदा ज्यादै खुसी लागेको एली गुना सिलवालले बताईन । कार्यक्रममा क्लबकी क्लब कोषाध्यक्ष एली प्रितिमा शर्माले संस्थाले समाजसेवाको साँथै व्यक्तित्व विकास बढउनमा सहहयोग गेको बताईन ।

मुकुन्द घिमिरेले गरे इङ्गेजमेन्ट

मुकुन्द घिमिरेले गरे इङ्गेजमेन्ट

काठमाडाैं । कुनै बेला रत्नपार्कको रुखमा चढेर व्यंग्यात्मक भाषण गरेर चर्चामा आएका मुकुन्द घिमिरेले इङ्गेजमेन्ट गरेका छन् । उनले इन्दिरा संग्रौलासँग इङ्गेजमेन्ट गरेका हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस