# भर्खरै
Namaste Icon
Ad

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन् । मुख्यमन्त्री शाक्यले आज (बुधबार) विश्वासको मत लिने आधार नभएपछि राजीनामा दिएकी हुन् ।

उनले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गरेको बताइन् । त्यस्तै उनले प्रदेशको विकासका लागि सबै राजनीतिक दल मिलेर अघि बढ्न आवश्यक रहेको बताइन् ।

वाग्मती प्रदेशमा १०९ सांसद रहेका छन् । मुख्यमन्त्रीमा कायमै रहन शाक्यलाई ५५ सांसदको आवश्यकता रहेको छ । तर, अहिले नेकपा (एमाले)सँग ४३ सांसद मात्र रहेका छन् ।

Ad

सम्बन्धित समाचारहरु

माधव नेपालले पदको लागि पार्टी फुटाएका हुन् :  नेतृ मञ्जु चौधरी

काठमाडौं । नेकपा एमालेकी नव निर्वाचित केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मञ्जु चौधरीले एमाले छोडेर केहि नेता कार्यकर्तामात्र माधव नेपालसँग गएकोले एमाललेलाई चुनावमा खासै असर नपर्ने बताइकी छन् । दर्पण दैनिकसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् ।

यी हुन् लिङ्देन प्यानलबाट उठ्ने पदाधिकारीहरु

यी हुन् लिङ्देन प्यानलबाट उठ्ने पदाधिकारीहरु

काठमाडौं । राप्रपाको जारी महाधिवेशनमा अध्यक्षका आकांक्षी राजेन्द्र लिङ्देनले आफ्नो प्यानल घोषणा गरेका छन् । उनले जारी महाधिवेशनका लागि पदाधिकारीहरुको टुंगो लगाएका हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस