# भर्खरै
Namaste Icon
Ad

राजेन्द्र पाण्डे मुख्यमन्त्रीमा भोलि नियुक्त हुने

राजेन्द्र पाण्डे मुख्यमन्त्रीमा भोलि नियुक्त हुने

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे भोलि, बिहीबार बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त हुने भएका छन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएसँगै नयाँ मुख्यमन्त्री नियुक्तिका लागि बाटो खुलेको छ । संघीय सरकारमा गठबन्धन गरिरहेका चार दलमध्ये प्रदेश सभामा रहेका प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी र एकीकृत समाजवादीले यसअघि नै पाण्डेलाई मुख्यमन्त्री बनाउने सहमति गरिसकेका छन् ।

मुख्यमन्त्री शाक्यको राजीनापछि अब प्रदेश प्रमुखले निश्चित समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन् । माओवादी केन्द्रका सांसद विशाल खड्काले प्रदेश प्रमुखले भोलिसम्मको समय दिएर सरकार गठनको आह्वान गर्ने र पाण्डे भोलि मुख्यमन्त्री नियुक्त हुने बताए । ‘भोलि उहाँ (राजेन्द्र पाण्डे) मुख्यमन्त्री नियुक्त हुनुहुन्छ । त्यसपछि गबन्धनबाट एक/एक जना मन्त्रीले समेत शपथ लिनुहुन्छ’, खड्काले भने । पाण्डे झण्डै सात महिना मात्रै मुख्यमन्त्री हुनेछन् । गठबन्धनबीचको सहमति अनुसार त्यसपछिको बाँकी समय कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ मुख्यमन्त्री बन्नेछन् ।

Ad

सम्बन्धित समाचारहरु

माधव नेपालले पदको लागि पार्टी फुटाएका हुन् :  नेतृ मञ्जु चौधरी

काठमाडौं । नेकपा एमालेकी नव निर्वाचित केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मञ्जु चौधरीले एमाले छोडेर केहि नेता कार्यकर्तामात्र माधव नेपालसँग गएकोले एमाललेलाई चुनावमा खासै असर नपर्ने बताइकी छन् । दर्पण दैनिकसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् ।

यी हुन् लिङ्देन प्यानलबाट उठ्ने पदाधिकारीहरु

यी हुन् लिङ्देन प्यानलबाट उठ्ने पदाधिकारीहरु

काठमाडौं । राप्रपाको जारी महाधिवेशनमा अध्यक्षका आकांक्षी राजेन्द्र लिङ्देनले आफ्नो प्यानल घोषणा गरेका छन् । उनले जारी महाधिवेशनका लागि पदाधिकारीहरुको टुंगो लगाएका हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस