# भर्खरै
Namaste Icon
Ad

एकीकृत समाजवादीकाे कार्यविभाजनमा कसलाई के जिम्मेवारी (सूचीसहित)

एकीकृत समाजवादीकाे कार्यविभाजनमा कसलाई के जिम्मेवारी (सूचीसहित)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले नेता झलनाथ खनाललाई सम्मानित नेता तथा विदेश विभाग प्रमुखको जिम्मेवारी दिएको छ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको केन्द्रीय कमिटीको बैठकपछि जारी अन्तरा पार्टी निर्देशनमा यस्तो उल्लेख छ । 

 विभिन्न आयोगहरू गठन पनि गरेको छ । एकीकृत समाजवादीले केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग र केन्द्रीय निर्वाचन आयोग गठन गरेको हो । तीनवटै आयोग ३५ सदस्यीय रहने सो पार्टीले जनाएको छ ।


अनुशासन आयोगको अध्यक्षमा काभ्रेका शिवबहादुर देउजा रहेका छन् भने केन्द्रीय लेखा परीक्षण आयोगको अध्यक्षमा ताप्लेजुङका भरतकुमार श्रेष्ठ र केन्द्रीय निर्वाचन आयोगको अध्यक्ष ललितपुरका माधव पौडेल रहेका छन् । त्यस्तै सो पार्टीले केन्द्रीय सल्लाहकार परिषद् पनि गठन गरेको छ । परिषदमा सम्पूर्ण प्रदेशबाट प्रतिनिधित्व हुने गरी केन्द्रीय सल्लाहकार परिषद् गठन गरिएको सो पार्टीले जनाएको छ । त्यस्तै केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चमा पनि सवै प्रदेशको प्रतिनिधित्व रहेको छ ।


सो पार्टीले पार्टीको केन्द्रीय निकायका रूपमा केन्द्रीय परिषद् गठन गर्ने निर्णय गरेको छ । केन्द्रीय परिषद्मा केन्द्रीय कमिटी, केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चका सबै पदाधिकारी तथा सदस्यहरू र जिल्ला कमिटीका अध्यक्षहरू रहनेछन् ।


हरेक जनसङ्गठनबाट सम्बन्धित सङ्गठनमा रहेको सङ्गठित सदस्य संख्याको अनुपातमा प्रतिनिधित्व गराइनेछ । साथै खुला रूपबाट पनि केही संख्या राखिने सो पार्टीले जनाएको छ । केन्द्रीय कमिटीले केन्द्रीय परिषद्का सदस्यहरूलाई आवश्यकता अनुसार फाँट तथा जिल्लाको सहइञ्चार्जको जिम्मेवारी दिन सक्नेछ । केन्द्रीय परिषद्का सदस्य प्रदेश कमिटीको सदस्य वा जिल्ला कमिटीको पदाधिकारी रहन सक्नेछन् ।


केन्द्रीय आयोगहरू, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चमा अध्यक्ष १, उपाध्यक्ष १ र सचिव १ गरी जम्मा ३ जना पदाधिकारी रहनेछन् । प्रदेश तथा स्थानीय तहका कमिटीमा अध्यक्ष १, उपाध्यक्ष २, सचिव १ र उपसचिव ३ गरी जम्मा ७ जना पदाधिकारी रहनेछन् । प्रदेश तथा स्थानीय कमिटीका ७ पदाधिकारीमध्ये कम्तीमा एकजना महिला हुनुपर्नेछ ।

यस्तो छ नेकपा एसले जारी गरेको अन्तरपार्टी निर्देशन

 

Ad

सम्बन्धित समाचारहरु

माधव नेपालले पदको लागि पार्टी फुटाएका हुन् :  नेतृ मञ्जु चौधरी

काठमाडौं । नेकपा एमालेकी नव निर्वाचित केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मञ्जु चौधरीले एमाले छोडेर केहि नेता कार्यकर्तामात्र माधव नेपालसँग गएकोले एमाललेलाई चुनावमा खासै असर नपर्ने बताइकी छन् । दर्पण दैनिकसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् ।

यी हुन् लिङ्देन प्यानलबाट उठ्ने पदाधिकारीहरु

यी हुन् लिङ्देन प्यानलबाट उठ्ने पदाधिकारीहरु

काठमाडौं । राप्रपाको जारी महाधिवेशनमा अध्यक्षका आकांक्षी राजेन्द्र लिङ्देनले आफ्नो प्यानल घोषणा गरेका छन् । उनले जारी महाधिवेशनका लागि पदाधिकारीहरुको टुंगो लगाएका हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस