# भर्खरै
Namaste Icon
Ad

साफ च्याम्पियनसीप उपविजेता नेपाली टिमलाई तरुण विभागद्धारा सम्मान

साफ च्याम्पियनसीप उपविजेता नेपाली टिमलाई तरुण विभागद्धारा सम्मान

काठमाडौं । नेपाली कांग्रेसको तरुण विभागद्धारा साफ च्याम्पियनको उपविजेता नेपाली टिमका खेलाडीहरुलाई सम्मान गरिएको छ । तरुण विभागले तरुण दलको ६८ औं स्थापना दिवसको अवसर पारेर बुधबार राजधानीमा सम्मान कार्यक्रम आयोजना गरेको हो । सो अवसरमा खेलाडीलाई नगद १०–१० हजार र अफिसियल टिमका लागि ५–५ हजार पुरस्कार समेत प्रदान गरिएको थियो । सम्मान कार्यक्रममा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले सरकारको तर्फबाट खेलाडीहरुले उच्च सम्मान रहेको बताए ।

‘खेलाडीहरु राष्ट्रका गहना हुन् उनीहरु प्रति हाम्रो उच्च सम्मान छ’ गृहमन्त्री खाँणले भने । साफ च्याम्पियनमा नेपाली फुटवल टिमले गरेको प्रदर्शन निकै उत्कृष्ट रहेको समेत गृहमन्त्री खाँणको भनाई थियो । तरुण युवाहरु मुलुकको सिपाही भएको हुँदा मुलक र संविधानको रक्षाका लागि सधै प्रतिवद्ध भएर लाग्नुपर्नेमा समेत गृहमन्त्री खाँणले जोड दिए ।

सोही अवसरमा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले नेपालको सान र मान राख्ने हिसाबले नेपाली खेलाडीहरुले खेल प्रदर्शन गरेको बताए । भण्डारीले देशको सान र मान राख्ने हिसाबले खेल प्रदर्शन गर्ने खेलाडीहरुको राज्यले उच्च सम्मान गर्नुपर्ने जोड दिए । खेलाडीहरुको मनोवल उच्च बनाउने नीति तथा कार्यक्रम सरकारले ल्याउनु पर्नेमा भण्डारीले जोड दिए ।

खेलाडीहरुको योगदानलाई कांग्रेस पार्टी र तरुण विभागले सँधै उच्च सम्मान गर्ने समेत भण्डारीले बताए । कार्यक्रममा बोल्दै एन्फका अध्यक्ष कर्माछिरिङ शेर्पाले २८ बर्ष पछि नेपाली फुटबल टोलीले उत्कृष्ट खेल प्रर्दशन गरेको बताए । खेलाडीहरुलाई सम्मान गर्ने क्रम सुरु भएकोमा अत्यन्त खुशी लागेको समेत अध्यक्ष शेर्पाको भनाई थियो । कार्यक्रममा नेपाली कांग्रेस खेलकुद विभागका सचिव मिनकृष्ण महर्जनले समेत आफ्नो धारणा राखेका थिए ।

Ad

सम्बन्धित समाचारहरु

अन्तर्राष्ट्रिय महिला रेस्लिङ काठमाडौंमा, नेपालकी अस्मिता अमेरिकी पोलान्कोसँग भिड्दै

काठमाडौं । नेपाल महिला रेस्लिङ फाउन्डेशनको आयोजनामा शनिबार अन्तर्राष्ट्रिय महिला रेस्लिङ प्रतियोगिता हुँदैछ । प्रतियोगितामा पाँच देशका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् । भृकुटिमण्डपस्थित गार्डेनमा आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक फाउन्डेशनले जनाएको छ । प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, जापान र अमेरिकाका खेलाडीहरूको सहभागिता हुने भएको छ । नेपाली महिला रेस्लरमध्ये सबैभन्दा चर्चित हुन् अस्मिता जुरेली । उनी अमेरिकी रेस्लरसँग भिड्दैछिन् ।

बाह्रविसेमा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रविसेमा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । जिल्लामा सञ्चालित ब्याडमिन्टन प्रतियोगितामध्ये हालसम्मकै सर्वाधिक धनराशी पुरस्कार भएको प्रतियोगितामा राष्ट्रिय खेलाडीहरुले समेत भाग लिइरहेका छन् । स्थानीय खुर्सानीबारी खेलकुद कभर्ड हलको आयोजना, शिल्क ग्रुपको प्रायोजन र बाह्रविसे नगरपालिकाको होस्टमा ब्याडमिन्टन प्रतियोगीता सुरु गरिएको हो । प्रतियोगीतामा पाँच विधा समावेश गरिएको छ । पुरुष एकल, महिला एकल, पुरुष युगल, भेट्रान्स र स्थानीय पुरुष युगलका खेलहरु प्रतियोगीतामा समावेश गरिएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस