# भर्खरै
Namaste Icon
Ad

श्रीराम राईको ‘पोलेको मकै’ बजारमा

श्रीराम राईको ‘पोलेको मकै’ बजारमा

काठमाडाैं ।  खोटाङका स्रष्टा श्रीराम राईको बालकथा संग्रह ‘पोलेको मकै’ बजारमा आएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडा, सिर्जनकुञ्ज स्थायी ठेगाना भएका स्रष्टा राईको ‘पोलेको मकै’ बुक्स हिमालयले प्रकाशन गरेको हो । १० बर्से शिक्षण पेशा छाडी २०७२ सालदेखि काठमाडौंमा बसेर साहित्य र पत्रकारितामा संलग्न राईका बालकथा संग्रहमा ‘मुनाको अभियान, बलजितको जुक्ति, सुम्निमाको भ्रमण, पोलेको मकै, फूल फुलून्, चरी उडून्, पारुको पढाइ’ शीर्षकका ७ बालकथा छन् । ‘पोलेको मकै’मा विशेषगरी बालमनोविज्ञानलाई केन्द्रमा राखिएको छ। बालकथा संग्रह विद्यालय तहका सबै विद्यार्थीका लागि शिक्षामूलक र उत्तिकै रमाइला लाग्ने कथाकार राईले बताए ।

हिमालय म्याप हाउस प्रालिले वितरणको जिम्मा लिएको ‘पोलेको मकै’को मूल्य ९९ रुपैयाँ रहको छ। सर्जक गंगा कर्माचार्य पौडेलले सम्पादन गरेको संग्रहको चित्र राजकुमार प्रजापतिले तयार पारेका हुन् । स्रष्टा राईका यसअघि बालकथा संग्रह ‘टोली नेता’ २०७४, ‘आजका लघुकथा’ संयुक्त लेखन २०७४ लगायतका कृति प्रकाशित छन् ।

विशेषगरी बालकथामा दखल राख्ने राई लघुकथा, कविता, गीत, गजल, समीक्षामा पनि उत्तिकै सशक्त छन्। रावासावा प्राज्ञिक समाज नेपालका सदस्य रहेका राई संसाक भवानी–शंकर लघुकथा सम्मान, इडन ब्रिज एकेडेमी बाल साहित्य/पत्रकारिता सम्मान लगायतबाट सम्मानित भइसकेका छन् । हाल उनी लघुकथा सौन्दर्य, इन्द्रेणी रङ, इला खिम, बालापन लगायतका फेसबुक पेजका एडमिन छन् ।

राईसँग राहत शिक्षक संघर्ष समिति खोटाङको मुखपत्र ‘शैक्षिक पैरवी’ तथा अन्य साहित्यिक पत्रपत्रिका सम्पादन गरेको अनुभव छ । उनी लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङको अध्यक्ष पनि हुन् ।

Ad

सम्बन्धित समाचारहरु

‘रानी’ ल्याउँदै सुमन

‘रानी’ ल्याउँदै सुमन

काठमडाैं । लेखक सुमन पौडेलले पाठकमाझ ‘रानी’ उपन्यास ल्यउने तयारी गरेका छन् । लेखकले रानीलाइ नयाँ पुस्तासँग जोडेका छन् । 'रानी'मा परिवारको माया, साथीसँगको सम्बन्ध, कोही आफ्नो सगँ नजिक हुँदाको खुसी सँगै टाढा हुँदाको पीडालाइ समेटेका छन् । युवावस्थामा गरिने प्रेम अनि त्यसले समाज, परीवारमा गर्ने व्यवहार समेत प्रष्ट्याइएको छ । उपन्यास माघ ६ गते बिमोचन गरीने भएको छ ।लेखक पौडेल पोखराका व्यवसायी पनि हुन ।

नेपाली साहित्यका महाकवि देवकोटाको ११३औँ जन्मजयन्ती आज

नेपाली साहित्यका महाकवि देवकोटाको ११३औँ जन्मजयन्ती आज

काठमाडाैं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिए । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाए ।

Ad

प्रतिक्रिया दिनुहोस