# भर्खरै
Namaste Icon
Ad

राजदूत नियुक्ती र जापानवासी नेपालीका विषयमा परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र

राजदूत नियुक्ती र जापानवासी नेपालीका विषयमा परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । गैर आवासिय नेपाली संघ जापानका अध्यक्ष शिव प्रसाद पौडेल सहितको टोलीले परराष्ट्रमन्त्री नारायण खड्कालाई भेटेर जापानवासी नेपालीका समस्या र दुई देशबिच गरिनुपर्ने अत्यावश्यक काम कारवाहीका बारेमा ज्ञापनपत्र बुझाएको छ । एनआरएनए जापानका उपाध्यक्षहरु राजकुमार अधिकारी, रामकृष्ण श्रेष्ठ, यूवा संयोजक राकेश रुम्बा एवं निवर्तमान प्रवक्ता पर्शु बस्नेत सहितको टोलिले नोभेम्बर २ तारिख मन्त्री खड्कालाई परराष्ट्र मन्त्रालयमा भेटेर टोलीले ९ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

तत्काल सम्वोधन गरिनुपर्ने दुई र दिर्घकालिन रुपमा गर्नुपर्ने ७ वटा महत्वपूर्ण विषय समेटिएको ज्ञापनपत्रमा रिक्त राजदूत तत्काल नियुक्ती सहित दुई देशबिचको कुटनीतिक सम्वन्ध मजबुद बनाउन आग्रह गरिएको छ । नेपालमा सिओई आएर रोकिएका सबै भिषा स्टाटसका नेपालीहरुको प्रवेशमा सार्थक पहल गर्न तथा नेपाल एयरलाईन्सको सिधा हवाई उडानमा चर्को भाडादर रहेकाले समायोजनको पहल गर्न परराष्ट्र मन्त्री मार्फत आग्रह गरिएको छ ।

श्रमिकको सिपमूलक क्षमता अभिबृद्धिमा पहल, जापानमा पाउने पेन्सन नेपालमा लिन सकिने व्यवस्थाको लागि सम्झौतामा पहल गर्न समेत सरकारको ध्यानाकर्षण गराईएको छ । जापानको आम्दानीलाई दोहोरो कर छुटको व्यवस्था गर्न दुई देशबिच दोहोरो कर छुट सम्झौताको पहल गर्न, अल्पबिकसित राष्ट्रका नागरिकहरु लाभान्वित हुनेगरि बनेका नियम, सेवा र सुविधाको लागि सरकारलाई सहजिकरण गर्न र यसमा एनआरएनए जापानले समन्वयात्मक काम गर्ने प्रद्धिबता एनआरएनए जापानको टोलिले गरेको छ ।

कुक भिषामा जापान जाने नेपालीहरुबाट लिने गरिएको चर्को रकम, सम्झौता अनुसार जापान पुगेपछि तलब नदिनेगरेका समस्या र उनिहरुमाथिको दुःख बढ्दो क्रममा रहेकाले समस्या सुल्झाउन एनआरएनए जापानले जोडदार आग्रह गरेको छ । जापान र नेपाल सरकारबिच भएको सम्झौता अनुसार नेपाली कामदार लैजाने सहमती भएपनि प्रक्रियामा भएको ढिलासुस्तीले गर्दा हजारौं नेपालीले मौका गुमाईरहेकाले यसमा तदारुकताका साथ काम गर्न सरकारको ध्यानाकर्षण गराईएको छ ।

भियतनाम, चीन लगायत कतिपय राष्ट्रका विद्यार्थीहरुको पार्टटाईमबाट हुने आम्दानीमा कर तिर्नुनपर्ने व्यवस्था रहेपनि नेपालले सो सुविधा नपाएकाले परराष्ट्र मन्त्रालय मार्फत पहल गर्न आग्रह गरिएको छ । हाल जापानको लागि नेपालको तर्फबाट राजदूत नियुक्ती नभएकाले यथासक्य छिटो कुटनीतिक क्षेत्रमा दक्षता राख्नसक्ने राजदूत नियुक्तीको पहल गर्न आग्रह सहित एनआरएनए जापानले सरकारले चाल्ने कदममा एनआरएनए जापानले सबै किसिमको साथ र समन्वयको भूमिका निभाउने प्रतिबद्धता जनाएको छ । एनआरएनए जापानको तर्फबाट ज्ञापनपत्र बुझ्दै परराष्ट्रमन्त्री नारायण खड्काले सरकारले ज्ञापनपत्रमा उल्लेख बुंदाहरुको अध्ययन गरेर तत्काल आवश्यक कदम चाल्ने आश्वासन दिनुभएको एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले जानकारी दिए ।

Ad

सम्बन्धित समाचारहरु

जन्मदिनको अवसरमा बालबालिकालाई न्यायो कपडा वितरण

जन्मदिनको अवसरमा बालबालिकालाई न्यायो कपडा वितरण

काठमाडौं । एसोसिएसन अफ एलायन्स क्लबस् इन्टनेसनल डिस्ट्रिक १०२३ अन्तर्गत रहेको एलायन्स क्लब अफ काठमाडौं सिटिकी क्लब अध्यक्ष एली गुना सिलवालको जन्मदिनको अवसरमा बालबालिकाहरुलाई न्यायो कपडा वितरण गरिएको छ । कलंकीमा रहेको जनपथ माबिका बालबालिकाहरुलाई न्यायो कपडा वितरण गरिएको हो । विद्यालयमा रहेका बालबालिकालाई आफ्नो जन्मदिनमा सहयोग गर्न पाउदा ज्यादै खुसी लागेको एली गुना सिलवालले बताईन । कार्यक्रममा क्लबकी क्लब कोषाध्यक्ष एली प्रितिमा शर्माले संस्थाले समाजसेवाको साँथै व्यक्तित्व विकास बढउनमा सहहयोग गेको बताईन ।

मुकुन्द घिमिरेले गरे इङ्गेजमेन्ट

मुकुन्द घिमिरेले गरे इङ्गेजमेन्ट

काठमाडाैं । कुनै बेला रत्नपार्कको रुखमा चढेर व्यंग्यात्मक भाषण गरेर चर्चामा आएका मुकुन्द घिमिरेले इङ्गेजमेन्ट गरेका छन् । उनले इन्दिरा संग्रौलासँग इङ्गेजमेन्ट गरेका हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस