# भर्खरै
Namaste Icon
Ad

जीवनसंगीनीलाई फकाउने टिप्सहरु !

जीवनसंगीनीलाई फकाउने टिप्सहरु !

भनिन्छ जीवनसंगीनी माथि स्वर्गबाटै बनाएर पठाइएको हुन्छ रे ! जीवन यात्रामा यदि हाम्रो जिवनमा सबैभन्दा नजिक कोही रहिरहने छ भने त्यो पक्का पनि श्रीमतीनै हो । उनले हामीलाई विहान उठ्नेदेखि राती नसुतुञ्जेलसम्मै हाम्रो सेवा गर्ने गर्दछन् ।

उनीहरुलाई बेलाबेला हामीले हाम्रो शब्दद्धारा फकाइरहनु पर्दछ । यदि यस्तो कार्य सकिएन भने अवश्यनै जीवन खल्लो बन्न पुग्दछ र लोग्नेस्वास्नी बीच खटपट र तनाव सिर्जना हुन पुग्दछ ।

– बेला बेला सँगै घुम्न लगिरहने ।

– श्रीमतीका साथीहरूको सम्मान गर्ने र श्रीमतीकै साथी बीच बसेर कुरा सुनीदिने।

– आफ़्ना परिवार र साथीभाई माँझ श्रीमतीको प्रशंसा गर्ने।

– काली, परी, माया, बेबी, मेरी प्यारी,भुन्टी, मेरो महारानी भनेर संबोधन गरिरहने ।

-कुनै अन्य राम्री केटी संग तुलना गर्दै नगर्ने।

– माइतीको सकेसम्म भरपूर तारीफ गर्ने।

-घर सफा गर्ने, कपड़ा धुने, खाना पकाउने।

-आफू जतिसुकै बिजि भएपनी दिउँसो सम्झिने फोन गर्ने । विवाहको औठी सधै लगाउने र मोबाइलको स्क्रीन र पर्समा श्रीमतीको फोटो राख्ने।

– श्रीमतीले जस्तोसुकै स्वादको खाना पकाएपनी, तीम्रो हात त सारै मिठो छ भन्ने।

– श्रीमती कतै हिड्ने बेलामा श्रीमतीको पहिरनको टिकाटिप्पणी नगर्ने।

– श्रीमतीले किनेका कपड़ा र जोडेका सामान धेरै भयो भन्दै नभन्ने।

– श्रीमतीले ल्याईदिएको सामान मन नपरे पनी आहा ठ्याकै मेरो मनले खोजेको पाए भनी तारीफ गर्ने।

– श्रीमतीले बोलेको जोक्समा हाँस्ने र दुःखको कुरा गरे, हो मा हो मिलाउने।

– अफीसको कामले दिक्दार भएपनी, घरमा प्रवेश गर्ने बित्तिकै हाँस्ने र चुलो चौकामा साथ दिने।

Ad

सम्बन्धित समाचारहरु

जन्मदिनको अवसरमा बालबालिकालाई न्यायो कपडा वितरण

जन्मदिनको अवसरमा बालबालिकालाई न्यायो कपडा वितरण

काठमाडौं । एसोसिएसन अफ एलायन्स क्लबस् इन्टनेसनल डिस्ट्रिक १०२३ अन्तर्गत रहेको एलायन्स क्लब अफ काठमाडौं सिटिकी क्लब अध्यक्ष एली गुना सिलवालको जन्मदिनको अवसरमा बालबालिकाहरुलाई न्यायो कपडा वितरण गरिएको छ । कलंकीमा रहेको जनपथ माबिका बालबालिकाहरुलाई न्यायो कपडा वितरण गरिएको हो । विद्यालयमा रहेका बालबालिकालाई आफ्नो जन्मदिनमा सहयोग गर्न पाउदा ज्यादै खुसी लागेको एली गुना सिलवालले बताईन । कार्यक्रममा क्लबकी क्लब कोषाध्यक्ष एली प्रितिमा शर्माले संस्थाले समाजसेवाको साँथै व्यक्तित्व विकास बढउनमा सहहयोग गेको बताईन ।

मुकुन्द घिमिरेले गरे इङ्गेजमेन्ट

मुकुन्द घिमिरेले गरे इङ्गेजमेन्ट

काठमाडाैं । कुनै बेला रत्नपार्कको रुखमा चढेर व्यंग्यात्मक भाषण गरेर चर्चामा आएका मुकुन्द घिमिरेले इङ्गेजमेन्ट गरेका छन् । उनले इन्दिरा संग्रौलासँग इङ्गेजमेन्ट गरेका हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस