# भर्खरै
Namaste Icon
Ad

फेसबुकले बन्द गर्दै छ याे सिस्टम

फेसबुकले बन्द गर्दै छ याे सिस्टम

काठमाडौं । फेसबुकले ‘फेस रिकग्निसन सिस्टम’ अन्त्य गर्ने घोषणा गरेको छ । गोपनीयता, जातीय पूर्वाग्रह, र यथार्थतासम्बन्धी प्रश्नहरूसँगै फेसियल रिकग्निसनको नैतिकताको बारेमा चिन्ताहरू बढिरहेको बेला फोटोग्राफ र भिडियोमा अनुहार पहिचान गर्ने सफ्टवेर फेसबुकले अब प्रयोग नगर्ने घोषणा गरेको हो । सरकारहरू, प्रहरी र अरुहरूले फेस रिकग्निसन सिस्टमको दुरुपयोग गरेको भन्ने बढ्दो चिन्ताका बीच यो प्रणालीलाई बन्द गर्ने घोषणा गरेको फेसबुकले १ अर्ब भन्दा धेरै मानिसको फेसप्रिन्ट डिलिट गर्ने (हटाउने) पनि बताएको छ ।

यसलाई कसरी प्रयोग गर्ने भन्ने बारे नियामक निकायहरूले स्पष्ट नियमहरू उपलब्ध नगराएको कम्पनीले बताएको छ ।प्रयोगकर्ताहरूमाथि पार्ने प्रभावको बारेमा यसले भारी आलोचनाको सामना गरेको थियो । फेसबुकको नयाँ ब्राण्ड मेटाका आर्टिफिसियल इन्टेलिजेन्सीका उपाध्यक्ष जेरोमी पेसेन्टीले जारी अनिश्चितताबीच फेसियल रिकग्निसनलाई सीमित गर्ने विषय उपयुक्त भएको बताएका छन् ।

सन् २०१९ को अमेरिकी सरकारको एक अध्ययनले फेसियल रिकग्निसन अल्गोरिदम ककेसियन अनुहारको तुलनामा अफ्रिकन अमेरिकन र एसियन अनुहारहरू पहिचान गर्न एकदमै कम सही भएको देखाएको थियो । नेशनल इन्स्टिट्युट अफ स्ट्याण्डर्डस एण्ड टेक्नोलोजीले गरेको अध्ययनले अफ्रिकन अमेरिकन महिलाहरू गलत पहिचान हुने सम्भावना झनै बढी रहेको देखाएको थियो ।

फेसबुकले फोटो स्क्यान र ट्याग सम्बन्धी लामो समयदेखिको कानूनी विवाद गत साल समाधान गरेको थियो । फेसबुकको फेसियल रिकग्निसनले इलियन्स राज्यको गोपनीयता सम्बन्धी कानून उल्लङ्घन गरेको भनी त्यहाँका प्रयोगकर्ताहरूको एक समुहलाई ५५० मिलियन डलर तिर्न सहमत भएको थियो । अमेजन र माइक्रोसफ्ट लगायतका अरु प्रविधि फर्महरूले पनि यो प्रविधि विवादास्पद बनेपछि प्रहरीलाई बेच्न रोक्का गरेका छन् ।

Ad

सम्बन्धित समाचारहरु

अबिताका ल्यापटप नेपाली बजारमा बिक्री सुरु

अबिताका ल्यापटप नेपाली बजारमा बिक्री सुरु

काठमाडौ । अबिताले नेपाली बजारमा ल्यापटपको बिक्री सुरु गरेको छ । अमेरिका, हङकङ सिंगापुर, ताइवान, थाइल्याण्ड, इन्डोनेसिया, फिलिपिन्स, मलेसिया र भारत जस्ता देशमा सफलतापूर्वक आफ्नो बजार विस्तार गरिसकेपछि अविताले नेपालमा पनि ब्यवसाय सुरु गरेको छ । लाइफस्टाइल टेक ब्रान्डका ल्यापटप नेपाली बजारमा ल्याएको कम्पनीले बताएको छ । जसमा नयाँ पुस्ताका प्रयोगकर्ताहरुको चाहना अनुरुप नवप्रवर्तनलार्ई प्रोत्साहित गर्ने उद्देश्य राखिएको छ । यो ब्राण्डका ल्यापटपमा हल्का, अल्ट्रा–पोर्टेबल जस्ता विशेषता रहेका छन् । ब्रान्डको ‘एसेन्शियल’, ‘म्यागस २–इन–१’ र ‘प्यूरा ई’ सिरिजका अतिरिक्त ‘रेड डट डिजाइन’ अवार्ड विजेता २०२१ – ‘लाइवर भी १४’ ल्यापटप शृखलाले नेपालको बजारलाई उत्साहित गर्ने कम्पनीको विश्वास छ । अबिताका सबै उत्पादनमा दुई वर्षको अन–साइट वारेन्टी राखिएको छ । ‘म्यागस २–इन–१’ मा २ वर्षको क्यारी–इन वारेन्टी रहेको छ ।

हेलीकप्टरबाट उपकरण ढुवानी गरी टेलिकमको सेवा

हेलीकप्टरबाट उपकरण ढुवानी गरी टेलिकमको सेवा

काठमाडौं । नेपाल टेलिकमले हेलीकप्टरबाट उपकरण ढुवानी गरी दुर्गम आठ स्थानमा जीएसएम टुजी र फोरजी सेवा प्रवाह गरेको छ । सोलुखुम्बुको लुक्ला, स्याङबोचे एयरपोर्ट, नाम्चेबजार र ताक्सिन्दुमा टेलिकमले सेवा पु¥याएको हो । यस्तै गोरखाको छेकम्पार, गज्र्याङ डाँडा र न्याक तथा मनाङको ओडार भ्यु–प्वाइन्ट हेलीकप्टरबाट उपकरण ढुवानी गरी नयाँ टावरबाट सेवा सञ्चालन गरिएको हो । यी टावरबाट कम्पनीले सेवाग्राहीलाई टुजी र फोरजी सेवा उपलब्ध गराएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस