# भर्खरै
Namaste Icon
Ad

टिकटकका अध्यक्षले दिए राजीनामा

टिकटकका अध्यक्षले दिए राजीनामा

काठमाडौं । चर्चित भिडियो शेयरिंग एप टिकटकको मुख्य कम्पनी बाइटडान्सका फाउण्डर यिमिंग झाङले कम्पनीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् । चीनका सबैभन्दा सफल व्यवसायी मध्येका एक झाङ टिकटकको बोर्डबाट बाहिरिएका हुन्। अब बाइटडान्सको अध्यक्षको जिम्मेवारी अहिलेका प्रमुख कार्यकारी अधिकृत रुबो लियाङले सम्हाल्ने छन्।

यस बर्षको शुरुवातमा झाङले कम्पनीको प्रमुख कार्यकारी अधिकृत पद छोडेर दैनिक व्यवस्थापनबाट टाढिएका थिए। उनले यसअघि २०२१ को अन्त्यमा आफ्नो पद छोड्ने भनेको भएपनि अहिले अचानक पद छोडेको बताइएको छ। उनले अध्यक्ष पद छोडेपछि कम्पनीमा उनको भूमिका के हुन्छ भन्ने बारे स्पष्ट भएको छैन। बाइटडान्सले आफ्नो अप्रेशनलाई व्यापक रुपमा परिवर्तन गर्न लागेका बेलामा अध्यक्ष झाङले पद छोडेका हुन्।

त्यस्तै कम्पनिका प्रमुख फाइनान्स अफिसरले पनि आफ्नो पद छोडेर अब टिकटकमा मात्र लाग्ने कम्पनीले जानकारी दिएको छ। बाइटडान्स अन्तर्गत टिकटक, भिडियो शेयरिंग अर्को एप डोउयिन, शैक्षिक एपहरु, गेमिंग एप र दुई इन्टरप्राइजेज सर्भिस डिभिजन संचालित छन्।

Ad

सम्बन्धित समाचारहरु

अबिताका ल्यापटप नेपाली बजारमा बिक्री सुरु

अबिताका ल्यापटप नेपाली बजारमा बिक्री सुरु

काठमाडौ । अबिताले नेपाली बजारमा ल्यापटपको बिक्री सुरु गरेको छ । अमेरिका, हङकङ सिंगापुर, ताइवान, थाइल्याण्ड, इन्डोनेसिया, फिलिपिन्स, मलेसिया र भारत जस्ता देशमा सफलतापूर्वक आफ्नो बजार विस्तार गरिसकेपछि अविताले नेपालमा पनि ब्यवसाय सुरु गरेको छ । लाइफस्टाइल टेक ब्रान्डका ल्यापटप नेपाली बजारमा ल्याएको कम्पनीले बताएको छ । जसमा नयाँ पुस्ताका प्रयोगकर्ताहरुको चाहना अनुरुप नवप्रवर्तनलार्ई प्रोत्साहित गर्ने उद्देश्य राखिएको छ । यो ब्राण्डका ल्यापटपमा हल्का, अल्ट्रा–पोर्टेबल जस्ता विशेषता रहेका छन् । ब्रान्डको ‘एसेन्शियल’, ‘म्यागस २–इन–१’ र ‘प्यूरा ई’ सिरिजका अतिरिक्त ‘रेड डट डिजाइन’ अवार्ड विजेता २०२१ – ‘लाइवर भी १४’ ल्यापटप शृखलाले नेपालको बजारलाई उत्साहित गर्ने कम्पनीको विश्वास छ । अबिताका सबै उत्पादनमा दुई वर्षको अन–साइट वारेन्टी राखिएको छ । ‘म्यागस २–इन–१’ मा २ वर्षको क्यारी–इन वारेन्टी रहेको छ ।

हेलीकप्टरबाट उपकरण ढुवानी गरी टेलिकमको सेवा

हेलीकप्टरबाट उपकरण ढुवानी गरी टेलिकमको सेवा

काठमाडौं । नेपाल टेलिकमले हेलीकप्टरबाट उपकरण ढुवानी गरी दुर्गम आठ स्थानमा जीएसएम टुजी र फोरजी सेवा प्रवाह गरेको छ । सोलुखुम्बुको लुक्ला, स्याङबोचे एयरपोर्ट, नाम्चेबजार र ताक्सिन्दुमा टेलिकमले सेवा पु¥याएको हो । यस्तै गोरखाको छेकम्पार, गज्र्याङ डाँडा र न्याक तथा मनाङको ओडार भ्यु–प्वाइन्ट हेलीकप्टरबाट उपकरण ढुवानी गरी नयाँ टावरबाट सेवा सञ्चालन गरिएको हो । यी टावरबाट कम्पनीले सेवाग्राहीलाई टुजी र फोरजी सेवा उपलब्ध गराएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस