# भर्खरै
Namaste Icon
Ad

महाराष्ट्रस्थित सिभिल अस्पतालको सघन कक्षमा आगलागी, १० जना कोभिडका बिरामीको मृत्यु

महाराष्ट्रस्थित सिभिल अस्पतालको सघन कक्षमा आगलागी,  १० जना कोभिडका बिरामीको मृत्यु

अहमदनगर । भारतको महाराष्ट्र राज्यस्थित अहमदनगर सिभिल अस्पतालको सघन कक्षमा आगलागी हुँदा १० जना कोभिडका बिरामीको मृत्यु भएको छ । अन्य सात जना बिरामी घाइते भएका छन् । सातमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने पाँच जना खतरामुक्त रहेको टाइम्स अफ इन्डियामा समाचार छ ।

अस्पतालको पहिलो र दोस्रो तत्लामा आगलागी भएको थियो । अस्पतालको पहिलो तल्लामा १७ जना कोभिडका बिरामी उपचारत थिए । विद्युत शट भई अगलागी भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। अगलागीको कारणबारे थप अनुसन्धन भइरहेको एनडीटीभीले बताएको छ ।

Ad

सम्बन्धित समाचारहरु

बाइडेन अस्पताल भर्ना हुँदा राष्ट्रपतिको अधिकार कमला ह्यारिसलाई

एजेन्सी । अमेरिकाका राष्ट्रपति जो बाइडेन शुक्रवार अस्पतालमा भर्ना भए । बाइडेन अस्पताल भर्ना भएपछि उनले केही समयका लागि उपराष्ट्रपति कमला ह्यारिसलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सुम्पे । शुक्रवार नियमित स्वास्थ्य परीक्षणकको क्रममा बाइडेन वाल्ट रिड मेडिकल सेन्टरमा एक घण्टा २५ मिनेट एनेस्थेसियामा गए । कोलोनोस्कोपीका लागि उनी यति समय एनेस्थेसियामा गएका थिए । उक्त सममा अमेरिकाका राष्ट्रपतिको शक्ति कमला ह्यारिसको हातमा गएको ह्वाइट हाउसले जनाएको छ । उक्त समयमा कमला ह्यारिसले राष्ट्रपतिको भूमिका निभाएको ह्वाइट हाउसकी प्रेस सचिव जेन पास्कीले उल्लेख गरेकी छन् ।

वायु प्रदूषणका कारण दिल्लीका विद्यालय अनिश्चित कालका लागि बन्द

दिल्ली । वायु प्रदूषणका कारण भारतको राजधानी दिल्लीका विद्यालय तथा कलेजहरू अनिश्चित कालका लागि बन्द गरिएको छ । वायु प्रदूषणको तह गम्भीर अवस्थामा पुगेपछि त्यहाँका अधिकारीहरूले विद्यालय र कलेजहरू बन्द गरेका हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस