# भर्खरै
Namaste Icon
Ad

सिजी नेटले ल्यायाे ‘सुपर सस्तो प्याकेज’, ६ सय ४९ रूपैयाँमै ५० एमबीपीएस गतिको इन्टरनेट

सिजी नेटले ल्यायाे ‘सुपर सस्तो प्याकेज’, ६ सय ४९ रूपैयाँमै ५० एमबीपीएस गतिको इन्टरनेट

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी कम्युनिकेसन्स लिमिटेडले सिजीनेटको सेवामा नयाँ र सस्तो ‘सुपर सस्तो प्याकेज’ सार्वजनिक गरेको छ । प्याकेज अन्तर्गत ग्राहकले मासिक ६ सय ४९ रूपैयाँमा ५० एमबीपीएस गतिको इन्टरनेट प्रयोग गर्न पाउनेछन् ।

सिजीका अनुसार यो प्याकेज १ महिना, ३ महिना, ६ महिना र १ वर्षका लागि उपलब्ध छ । त्यस्तै तीन महिनाको प्याकेज लिन चाहनेलाई १९ सय ४७ रुपैयाँमा ५० एमबीपीएस गतिको इन्टरनेट प्राप्त गर्न सकिनेछ भने ६ महिनाको शुल्क तीन हजार ८ सय ९४ रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै वार्षिक ग्राहकले ७ हजार ७ सय ८८ रुपैयाँमा यो प्याकेज खरिद गर्न सक्नेछन् ।

कम्पनीका अनुसार यी प्याकेज लिन चाहने ग्राहले जडान खर्च र ड्रप वायरका साथै सिंगल ब्यान्ड राउटर निःशुल्क प्राप्त गर्न सक्नेछन् । कम्पनीले यसअघि नै प्रति महिना ९९९ रूपैयाँमा १२० एमबीपीएस गतिको इन्टरनेट वितरण गरिसकेको छ।
चौधरी ग्रुप अन्तर्गतको सीजी कम्युनिकेसन्स लिमिटेडले यसै वर्षबाट इन्टरनेट सेवा सञ्‍चालनमा ल्याएको हो । सुरूवाती चरणमा १२० एमबीपीएस गतिको इन्टरनेट प्याकेज दिएको कम्पनीले हालैमात्र ५० एमबीपीएसको प्याकेज ल्याएको हो ।

Ad

सम्बन्धित समाचारहरु

अबिताका ल्यापटप नेपाली बजारमा बिक्री सुरु

अबिताका ल्यापटप नेपाली बजारमा बिक्री सुरु

काठमाडौ । अबिताले नेपाली बजारमा ल्यापटपको बिक्री सुरु गरेको छ । अमेरिका, हङकङ सिंगापुर, ताइवान, थाइल्याण्ड, इन्डोनेसिया, फिलिपिन्स, मलेसिया र भारत जस्ता देशमा सफलतापूर्वक आफ्नो बजार विस्तार गरिसकेपछि अविताले नेपालमा पनि ब्यवसाय सुरु गरेको छ । लाइफस्टाइल टेक ब्रान्डका ल्यापटप नेपाली बजारमा ल्याएको कम्पनीले बताएको छ । जसमा नयाँ पुस्ताका प्रयोगकर्ताहरुको चाहना अनुरुप नवप्रवर्तनलार्ई प्रोत्साहित गर्ने उद्देश्य राखिएको छ । यो ब्राण्डका ल्यापटपमा हल्का, अल्ट्रा–पोर्टेबल जस्ता विशेषता रहेका छन् । ब्रान्डको ‘एसेन्शियल’, ‘म्यागस २–इन–१’ र ‘प्यूरा ई’ सिरिजका अतिरिक्त ‘रेड डट डिजाइन’ अवार्ड विजेता २०२१ – ‘लाइवर भी १४’ ल्यापटप शृखलाले नेपालको बजारलाई उत्साहित गर्ने कम्पनीको विश्वास छ । अबिताका सबै उत्पादनमा दुई वर्षको अन–साइट वारेन्टी राखिएको छ । ‘म्यागस २–इन–१’ मा २ वर्षको क्यारी–इन वारेन्टी रहेको छ ।

हेलीकप्टरबाट उपकरण ढुवानी गरी टेलिकमको सेवा

हेलीकप्टरबाट उपकरण ढुवानी गरी टेलिकमको सेवा

काठमाडौं । नेपाल टेलिकमले हेलीकप्टरबाट उपकरण ढुवानी गरी दुर्गम आठ स्थानमा जीएसएम टुजी र फोरजी सेवा प्रवाह गरेको छ । सोलुखुम्बुको लुक्ला, स्याङबोचे एयरपोर्ट, नाम्चेबजार र ताक्सिन्दुमा टेलिकमले सेवा पु¥याएको हो । यस्तै गोरखाको छेकम्पार, गज्र्याङ डाँडा र न्याक तथा मनाङको ओडार भ्यु–प्वाइन्ट हेलीकप्टरबाट उपकरण ढुवानी गरी नयाँ टावरबाट सेवा सञ्चालन गरिएको हो । यी टावरबाट कम्पनीले सेवाग्राहीलाई टुजी र फोरजी सेवा उपलब्ध गराएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस