# भर्खरै
Namaste Icon
Ad

नोबेल पुरस्कार विजेता मलालाले कसिन् लगनगाँठो

नोबेल पुरस्कार विजेता मलालाले कसिन् लगनगाँठो
मलालाको ट्विटर, डेलीमेल र एपीको सहयोगमा

काठमाडौं । नोबेल शान्ति पुरस्कार विजेता मलाला युसफजाईले विवाह गरेकी छन् । २४ वर्षीया मलालाले मंगलबार ट्विटरमार्फत विवाह गरेको जानकारी दिएकी हुन् । 'आज मेरो जीवनमा एक महत्त्वपूर्ण दिन हो', उनले लेखेकी छन्, 'असर र मैले जीवनसाथी हुन लगनगाँठो कस्यौँ । हामीले बिर्मिङघमको घरमा परिवारसँग सानो निकाह (मुस्लिम विवाह) समारोहको उत्सव मनायौँ । कृपया हामीलाई तपाईहरूको प्राथना पठाउनुहोस् । हामी अगाडिको यात्रा सँगसँगै गर्न उत्साहित छौँ ।'

इस्लाम धर्मको बारेमा तालिबानको व्याख्याप्रति अथक विरोध गर्दै आएकी बालिका शिक्षाको अभियान्ता मलाला युसफजाईलाई विद्यालयबाट घर फर्कदै गर्दा पाकिस्तानको स्वात उपत्यकामा तालिबानले गोली प्रहार गरेको थियो । उनी सन् २०१४ मा भारतका अधिकारवादी कैलाश सत्यार्थीसँगै नोबेल शान्ति पुरस्कारबाट सम्मानित भएकी थिइन् ।

Ad

सम्बन्धित समाचारहरु

बाइडेन अस्पताल भर्ना हुँदा राष्ट्रपतिको अधिकार कमला ह्यारिसलाई

एजेन्सी । अमेरिकाका राष्ट्रपति जो बाइडेन शुक्रवार अस्पतालमा भर्ना भए । बाइडेन अस्पताल भर्ना भएपछि उनले केही समयका लागि उपराष्ट्रपति कमला ह्यारिसलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सुम्पे । शुक्रवार नियमित स्वास्थ्य परीक्षणकको क्रममा बाइडेन वाल्ट रिड मेडिकल सेन्टरमा एक घण्टा २५ मिनेट एनेस्थेसियामा गए । कोलोनोस्कोपीका लागि उनी यति समय एनेस्थेसियामा गएका थिए । उक्त सममा अमेरिकाका राष्ट्रपतिको शक्ति कमला ह्यारिसको हातमा गएको ह्वाइट हाउसले जनाएको छ । उक्त समयमा कमला ह्यारिसले राष्ट्रपतिको भूमिका निभाएको ह्वाइट हाउसकी प्रेस सचिव जेन पास्कीले उल्लेख गरेकी छन् ।

वायु प्रदूषणका कारण दिल्लीका विद्यालय अनिश्चित कालका लागि बन्द

दिल्ली । वायु प्रदूषणका कारण भारतको राजधानी दिल्लीका विद्यालय तथा कलेजहरू अनिश्चित कालका लागि बन्द गरिएको छ । वायु प्रदूषणको तह गम्भीर अवस्थामा पुगेपछि त्यहाँका अधिकारीहरूले विद्यालय र कलेजहरू बन्द गरेका हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस