# भर्खरै
Namaste Icon
Ad

जन्मदिनको अवसरमा समाजसेवी प्रितिमा आचार्यले बाँडिन बृदाश्रममा ब्ल्यांकेट

जन्मदिनको अवसरमा समाजसेवी प्रितिमा आचार्यले बाँडिन बृदाश्रममा ब्ल्यांकेट

काठमाडौं । सानैदेखि सामाजिक काममा सक्रिय समाजसेवी तथा एलाइन्स क्लब अफ काठमाडौं सिटीकी कोषाध्यक्ष एली प्रितिमा आचार्यले आफ्नो जन्मदिन बृद्धाश्रममा मनाएकी छन् । काठमाडौंको टेकु स्थित पचल भैरव नजिकैको सत्प्रयास सिद्धि सवा आश्रममा बृद्धा आमाहरुलाई ब्ल्यांकेट विचतरण गरेर उनले आफ्नो जन्मदिन मनाएकी हुन् । विभिनन समाजसेवी तथा संघ संस्थाका प्रतिनिधीको उपस्थितिमा आचार्यले बेद्धाश्रममा तातो ब्ल्यांकेट वितरण गरिन् । सो अवसरमा फस्ट भाइस डिस्ट्रिक गर्भनर एली धना आचार्य, च्याटर प्रेसिडेन्ट, २१/२२ डिस्टिक चिफ एडभाइजर तथा विगत लामो समयदेखि मानव अधिकारको क्षेत्रमा कार्यरत समाजसेवी एली भिकेस ठकुरी, क्लब प्रेसिडेन्ट गुना सिलवाल, क्लब मेम्बर एली बिरबहादुर बम्जन, एली अरुणा खड्का, एली ज्याकफिन केसी र अतिथी विष्णुप्रसाद ढकाल लगायतको उपस्थिति रहेको थियो ।

एली प्रितिमा आचार्यकी आमा तथा फस्ट भाइस डिस्ट्रिक गर्भनर एली धना आचार्यले सानो भएपनि असहायलाई सहयोग गर्नपाउदा खुसि लागेको बताईन । उनले भनिन, ‘छोरी आफैले कमाउन सक्ने भएपछि अझैं सहयोग गर्ला तर अहिले अवस्था अनुसार सकेको सहयोग गरेका हौं ।’ उनले सत्प्रयासकी अध्यक्ष तथा संस्थापक विष्णुदेवी राजभण्डारीलाई धन्यवाद दिईन ।


आफू २ वर्षकी हुँदा नै आमा गुमाएकी विष्णुदेवी राजभण्डारीको एकल पहलमा सो बृद्धाश्रम २०७० साल माघ १ गतेवाट सञ्चलनमा आएको हो । आमाको माया नपाएकी विष्णुदेवीले आमाको झल्को मेटाउन यो काम थालेको बताइन । उनले भनिन, ‘संसारमा आमा भन्दा ठुलो केहि पनि हुँदो रहेनछ । मैले मेरी आमाको माया पाउन त परै जाओस देख्न पनि पाएन त्यसकारण दुख पाएका आमाहरुलाई संरक्षण दिंदा मन हलुका हुने भएकोले यो अभियान थालेकी हुँ ।’

२०६३ सालमा आफ्नो जीवनसाथी समेत गुमाएकी विष्णुमाया अहिले आफै ती वृद्ध आमाहरुको सेवामा खटिन्छिन् । उनलाई उनकै छोरा र वुहारीले सघाउछन् । हाल सो आश्रममा ६ जना बृद्धा आमाहरु रहेका छन् । २० जना सम्म राख्न सकिने आश्रममा उनले दुख पाएका र वेवारिसे आमाहरुलाई राखेको बताइन् । उनले भनिन्, ‘पहिले त अलि बढि हुनुहुन्थ्यो आमाहरु तर हाल ६ जना मात्रै छन् ।’ साथी भाई चिनेजानेकाहरु ले गरेको दान तथा आफ्नै लगानीबाट आश्रम सञ्चालन गरिरहेको उनले जानकारी दिइन् ।

 

Ad

सम्बन्धित समाचारहरु

जन्मदिनको अवसरमा बालबालिकालाई न्यायो कपडा वितरण

जन्मदिनको अवसरमा बालबालिकालाई न्यायो कपडा वितरण

काठमाडौं । एसोसिएसन अफ एलायन्स क्लबस् इन्टनेसनल डिस्ट्रिक १०२३ अन्तर्गत रहेको एलायन्स क्लब अफ काठमाडौं सिटिकी क्लब अध्यक्ष एली गुना सिलवालको जन्मदिनको अवसरमा बालबालिकाहरुलाई न्यायो कपडा वितरण गरिएको छ । कलंकीमा रहेको जनपथ माबिका बालबालिकाहरुलाई न्यायो कपडा वितरण गरिएको हो । विद्यालयमा रहेका बालबालिकालाई आफ्नो जन्मदिनमा सहयोग गर्न पाउदा ज्यादै खुसी लागेको एली गुना सिलवालले बताईन । कार्यक्रममा क्लबकी क्लब कोषाध्यक्ष एली प्रितिमा शर्माले संस्थाले समाजसेवाको साँथै व्यक्तित्व विकास बढउनमा सहहयोग गेको बताईन ।

मुकुन्द घिमिरेले गरे इङ्गेजमेन्ट

मुकुन्द घिमिरेले गरे इङ्गेजमेन्ट

काठमाडाैं । कुनै बेला रत्नपार्कको रुखमा चढेर व्यंग्यात्मक भाषण गरेर चर्चामा आएका मुकुन्द घिमिरेले इङ्गेजमेन्ट गरेका छन् । उनले इन्दिरा संग्रौलासँग इङ्गेजमेन्ट गरेका हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस