# भर्खरै
Namaste Icon
Ad

नेपालले जित्यो टी२० को सिरिज

नेपालले जित्यो टी२० को सिरिज

ढाका । आइसिसी वुमन्स टि२० विश्वकप एसिया छनोट अघि बंगलादेश भ्रमणमा रहेको नेपाली महिला टोलीले सिरिज जितेको छ । बंगलादेश भ्रमणमा रहेको नेपाली महिला टोलीले बंगलादेशको क्रिरा शिक्षा प्रतिष्ठान (बिकेएसपि) सँगको तीन टि२० अभ्यास सिरिज २–१ ले जितेको हो । अन्तिम तथा तेस्रो खेलमा नेपाली महिला टोलीले बिकेएसपिलाई ७ विकेटले हराउँदै उपाधि जितेको हो ।


जितको लागि ५३ रनको विजयी लक्ष्य पछ्याएको नेपाली महिला टोलीले १४ ओभरमा ३ विकेट गुमाएर पूरा ग¥यो । नेपाली ओपनर काजल श्रेष्ठ १०, सीताराना मगर र ईन्दु बर्मा ५–५ रनमा आउट भए । सरिता मगर १३ र कविता जोशी १४ रनमा अविजित रहिन् । बिकेएसपिकी रबिया खातुनले सर्वाधिक दुई विकेट लिइन् । त्यसअघि ढाकामा भएको टसमा बिकेएसपीले टस जितेर पहिला ब्याटिङ गर्दै १६.५ ओभरम ५३ रनमा अल आउट भयो । उसकी बोयनाले १८ बलमा २ चौका सहित १७ रनमा अविजितर रहिन् । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । ओपनर लिसा ८, दीक्षा ७ र दीपा ६ रनमा आउट भइन् ।


नेपालकी रुविना क्षेत्रीले ३ ओभरमा ६ रन खर्चेर ४ विकेट लिइन् । रुविना खेलको प्लेयर अफ द म्याच र प्लेयर अफ द सिरिज चुनिएकी छिन् । करुणा भण्डारीले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिइन् । कविता कुँवर र सीता मगरले १–१ विकेट लिए । पहिलो खेलमा नेपाली महिला टोलीले बिकेएसपिलाई २४ रनले पराजित गरेको थियो । दोस्रो खेलमा ५ विकेटले पराजित भएको थियो । अव नेपाली महिला टोली कतार जानेछ । नेपाली टोलीले कार्तिक ३०, मंसिर १ र २ गते (नोभेम्बर १६, १७ र १८) मा कतारसँग तीन टि२० आई सिरिज खेल्नेछ । त्यसपछि नेपाली टोली मंसिर ३ मा युएईतर्फ लाग्ने छ । एसिया छनोट मंसिर ६ देखि १२ सम्म (नोभेम्बर २२ देखि २८) सम्म हुनेछ ।


सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टि२० विश्वकपको लागि नेपालसहित ६ राष्ट्रले ग्लोबल छनोटको लागि युएईमा एसिया छनोट खेल्न लागेका हुन् । छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र युएई गरि ६ राष्ट्र सहभागी छन् । नेपालले पहिलो खेल मंसिर ६ गते हङकङसँग खेल्नेछ । त्यसको भोली पल्ट मंसिर ७ गते भुटानसँग प्रतिस्पर्धा गर्ने नेपालले मंसिर ९ गते कुवेत, मंसिर १० गते मलेसिया र मंसिर १२ गते युएईसँग प्रतिस्पर्धा गर्नेछ । एसिया छनोटको विजेताले २०२२ मा हुने ग्लोबल छनोटमा स्थान बनाउनेछन् । नेपाल प्रमुख दाबेदार हो ।

Ad

सम्बन्धित समाचारहरु

अन्तर्राष्ट्रिय महिला रेस्लिङ काठमाडौंमा, नेपालकी अस्मिता अमेरिकी पोलान्कोसँग भिड्दै

काठमाडौं । नेपाल महिला रेस्लिङ फाउन्डेशनको आयोजनामा शनिबार अन्तर्राष्ट्रिय महिला रेस्लिङ प्रतियोगिता हुँदैछ । प्रतियोगितामा पाँच देशका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् । भृकुटिमण्डपस्थित गार्डेनमा आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक फाउन्डेशनले जनाएको छ । प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, जापान र अमेरिकाका खेलाडीहरूको सहभागिता हुने भएको छ । नेपाली महिला रेस्लरमध्ये सबैभन्दा चर्चित हुन् अस्मिता जुरेली । उनी अमेरिकी रेस्लरसँग भिड्दैछिन् ।

बाह्रविसेमा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रविसेमा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । जिल्लामा सञ्चालित ब्याडमिन्टन प्रतियोगितामध्ये हालसम्मकै सर्वाधिक धनराशी पुरस्कार भएको प्रतियोगितामा राष्ट्रिय खेलाडीहरुले समेत भाग लिइरहेका छन् । स्थानीय खुर्सानीबारी खेलकुद कभर्ड हलको आयोजना, शिल्क ग्रुपको प्रायोजन र बाह्रविसे नगरपालिकाको होस्टमा ब्याडमिन्टन प्रतियोगीता सुरु गरिएको हो । प्रतियोगीतामा पाँच विधा समावेश गरिएको छ । पुरुष एकल, महिला एकल, पुरुष युगल, भेट्रान्स र स्थानीय पुरुष युगलका खेलहरु प्रतियोगीतामा समावेश गरिएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस