# भर्खरै
Namaste Icon
Ad

रेडियो नेपालमा ३९ जनालाई जागिरकाे अवसर

रेडियो नेपालमा ३९ जनालाई जागिरकाे अवसर

काठमाडौं । रेडियो नेपालले ईञ्जिनियरलगायत विभिन्न पदमा आवेदन माग गरेको छ । आज सूचना प्रकाशन गर्दै रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) ले विभिन्न पदमा ३९ जना माग गर्दै आवेदन खुला गरेको छ । ईञ्जिनियर ३ जना माग भएको छ। सबैभन्दा धेरै प्राविधिक सहायक पदका लागि आवेदन खुलेको छ। १० जना प्राविधिक सहायक माग भएको हो ।

वरिष्ठ प्राविधिक सहायक ७ जना माग भएको छ। अन्य १९ जना भने विभिन्न पदका लागि छन्। लोक सेवा आयोगको सहमतिअनुसार खुला प्रतियोगितामार्फत् यी पदमा पदपूर्ति गर्न लागिएको हो । आजदेखि २१ दिनभित्र इच्छुकहरूले आवेदन दिन सक्नेछन् । यसबारे विस्तृत सूचना आजको गोरखापत्रमा प्रकाशित छ । रेडियो नेपालको वेबसाइटबाट आवेदन फारम डाउनलोड गर्न सकिन्छ।

Ad

सम्बन्धित समाचारहरु

जन्मदिनको अवसरमा बालबालिकालाई न्यायो कपडा वितरण

जन्मदिनको अवसरमा बालबालिकालाई न्यायो कपडा वितरण

काठमाडौं । एसोसिएसन अफ एलायन्स क्लबस् इन्टनेसनल डिस्ट्रिक १०२३ अन्तर्गत रहेको एलायन्स क्लब अफ काठमाडौं सिटिकी क्लब अध्यक्ष एली गुना सिलवालको जन्मदिनको अवसरमा बालबालिकाहरुलाई न्यायो कपडा वितरण गरिएको छ । कलंकीमा रहेको जनपथ माबिका बालबालिकाहरुलाई न्यायो कपडा वितरण गरिएको हो । विद्यालयमा रहेका बालबालिकालाई आफ्नो जन्मदिनमा सहयोग गर्न पाउदा ज्यादै खुसी लागेको एली गुना सिलवालले बताईन । कार्यक्रममा क्लबकी क्लब कोषाध्यक्ष एली प्रितिमा शर्माले संस्थाले समाजसेवाको साँथै व्यक्तित्व विकास बढउनमा सहहयोग गेको बताईन ।

मुकुन्द घिमिरेले गरे इङ्गेजमेन्ट

मुकुन्द घिमिरेले गरे इङ्गेजमेन्ट

काठमाडाैं । कुनै बेला रत्नपार्कको रुखमा चढेर व्यंग्यात्मक भाषण गरेर चर्चामा आएका मुकुन्द घिमिरेले इङ्गेजमेन्ट गरेका छन् । उनले इन्दिरा संग्रौलासँग इङ्गेजमेन्ट गरेका हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस