# भर्खरै
Namaste Icon
Ad

पारिश्रमिक युवा क्लबको वार्षिकाेत्सवमा पुरुष भलिबल प्रतियोगिता आयोजना

पारिश्रमिक युवा क्लबको वार्षिकाेत्सवमा पुरुष भलिबल प्रतियोगिता आयोजना

प्युठान । पारिश्रमिक युवा क्लब मल्लरानी गाउँपालिका वार्ड नम्बर १ सलिथुम प्युठानले आफ्नो १५औं वार्षिकत्सवको अवसरमा खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको छ । शुक्रवार देखि सुरु भएको उक्त वार्षिकोत्सव तथा भलिबल प्रतियोगिताको उद्घाटन मल्लरानी गाउँपालिका वार्ड न १ का अध्यक्ष चिन्ताबहादुर राहुले गरे । अध्यक्ष राहुले युवाहरूको रोजाइ नै खेलकुद भएको र भोलिका दिनमा खेलकुद क्षेत्रमा लागि राष्ट्रको गहना बनेर चिनिन सक्ने बताए ।

अध्यक्ष राहुले खेलकुद खेलमा मात्रै नभइ स्वास्थ्यमा पनि फाइदा पुग्ने बताए । कार्यक्रममा मल्लरानी १ का सदस्य कमल पौडेल स्थानीय समाजसेवी डिलाराम जैसी, बामदेव पौडेल, सोलहाल्ना स्वास्थ्य चौकिका इन्चार्ज तिलकराम जैसी, पत्रकार माधव खनाल लगायतले मन्तव्य राखेका थिए ।

वार्षिकोत्सव तथा खुल्ला भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रम क्लवका अध्यक्ष नरेन्द्र प्रसाद भट्टराईको अध्यक्षता शिवराज पौडेलको स्वागत र इन्द्रमणी पौडेलले संचालन गरेका थिए ।

‘राष्ट्रका लागि खेलकुद स्वास्थ्य लागि खेलकुद’ भन्ने मुलनारा बनाइ क्लबले आयोजना गरेको खुल्ला पुरुष भलिबल प्रतियोगितामा जिल्ला भित्र र जिल्ला बाहिरका गरि जम्मा आठ टिमको सहभागिता रहेको छ ।

भलिबल खेलमा प्रथम हुनेले नगद बिसहजार त्यस्तै द्वितिय हुनेले पन्ध्र हजार नगद त्यस्तै तृतीय हुनेले नगद दस हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खेल शनिबार सम्म सन्चालन हुने आयोजकले जनाएको छ ।

Ad

सम्बन्धित समाचारहरु

अन्तर्राष्ट्रिय महिला रेस्लिङ काठमाडौंमा, नेपालकी अस्मिता अमेरिकी पोलान्कोसँग भिड्दै

काठमाडौं । नेपाल महिला रेस्लिङ फाउन्डेशनको आयोजनामा शनिबार अन्तर्राष्ट्रिय महिला रेस्लिङ प्रतियोगिता हुँदैछ । प्रतियोगितामा पाँच देशका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् । भृकुटिमण्डपस्थित गार्डेनमा आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक फाउन्डेशनले जनाएको छ । प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, जापान र अमेरिकाका खेलाडीहरूको सहभागिता हुने भएको छ । नेपाली महिला रेस्लरमध्ये सबैभन्दा चर्चित हुन् अस्मिता जुरेली । उनी अमेरिकी रेस्लरसँग भिड्दैछिन् ।

बाह्रविसेमा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रविसेमा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । जिल्लामा सञ्चालित ब्याडमिन्टन प्रतियोगितामध्ये हालसम्मकै सर्वाधिक धनराशी पुरस्कार भएको प्रतियोगितामा राष्ट्रिय खेलाडीहरुले समेत भाग लिइरहेका छन् । स्थानीय खुर्सानीबारी खेलकुद कभर्ड हलको आयोजना, शिल्क ग्रुपको प्रायोजन र बाह्रविसे नगरपालिकाको होस्टमा ब्याडमिन्टन प्रतियोगीता सुरु गरिएको हो । प्रतियोगीतामा पाँच विधा समावेश गरिएको छ । पुरुष एकल, महिला एकल, पुरुष युगल, भेट्रान्स र स्थानीय पुरुष युगलका खेलहरु प्रतियोगीतामा समावेश गरिएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस