# भर्खरै
Namaste Icon
Ad

विश्वकप छनोट प्रतियोगितामा अर्जेन्टिनाले उरुग्वेलाई हरायाे

विश्वकप छनोट प्रतियोगितामा अर्जेन्टिनाले उरुग्वेलाई हरायाे

काठमाडौं । एन्जेल डी मारियाको गोलमा अर्जेन्टिनाले शनिबार बिहान विश्वकप छनोट प्रतियोगितामा उरुग्वेलाई १–० ले हराएको छ । यससँगै अर्जेन्टिनाको अपराजित यात्रा २६ खेलसम्म लम्बिएको छ ।

भ्रमणकारी अर्जेन्टिनाका लागि डी मारियाले सातौं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । डी मारियाले पाउलो डिबालाको पासलाई पोष्टको दिशा दिएका थिए । पूर्ण फिट नभएका अर्जेन्टिनाका नियमित कप्तान लियोनल मेसी बेन्चमा थिए । उनी ७६औं मिनेटमा जियोभानी लो सेल्सोको स्थानमा मैदान छिरेका थिए ।


जितसँगै दक्षिण अमेरिकी छनोट प्रतियोगितामा १२ खेलबाट २८ अंक जोडेको अर्जेन्टिना दोस्रो स्थानमा छ । जुन शीर्ष स्थानको ब्राजिलभन्दा ६ अंकले पछाडि हो भने पाँचौं स्थानको कोलम्बियाभन्दा १२ अंकले पछाडि हो ।

दक्षिण अमेरिकाबाट यसअघि ब्राजिलले अर्को वर्ष कतारमा हुने विश्वकपमा स्थान सुरक्षित गरिसकेको छ । अर्को एक खेल जित्यो भने अर्जेन्टिनाले पनि विश्वकपमा स्थान पक्का गर्नेछ । लियोनल स्कालोनीको अर्जेन्टिनाले यसअघि उरुग्वेलाई ३–० ले हराएको थियो । अर्जेन्टिना उरुग्वेविरुद्ध पछिल्लो सात खेलमा अपराजित छ ।

Ad

सम्बन्धित समाचारहरु

अन्तर्राष्ट्रिय महिला रेस्लिङ काठमाडौंमा, नेपालकी अस्मिता अमेरिकी पोलान्कोसँग भिड्दै

काठमाडौं । नेपाल महिला रेस्लिङ फाउन्डेशनको आयोजनामा शनिबार अन्तर्राष्ट्रिय महिला रेस्लिङ प्रतियोगिता हुँदैछ । प्रतियोगितामा पाँच देशका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् । भृकुटिमण्डपस्थित गार्डेनमा आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक फाउन्डेशनले जनाएको छ । प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, जापान र अमेरिकाका खेलाडीहरूको सहभागिता हुने भएको छ । नेपाली महिला रेस्लरमध्ये सबैभन्दा चर्चित हुन् अस्मिता जुरेली । उनी अमेरिकी रेस्लरसँग भिड्दैछिन् ।

बाह्रविसेमा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रविसेमा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । जिल्लामा सञ्चालित ब्याडमिन्टन प्रतियोगितामध्ये हालसम्मकै सर्वाधिक धनराशी पुरस्कार भएको प्रतियोगितामा राष्ट्रिय खेलाडीहरुले समेत भाग लिइरहेका छन् । स्थानीय खुर्सानीबारी खेलकुद कभर्ड हलको आयोजना, शिल्क ग्रुपको प्रायोजन र बाह्रविसे नगरपालिकाको होस्टमा ब्याडमिन्टन प्रतियोगीता सुरु गरिएको हो । प्रतियोगीतामा पाँच विधा समावेश गरिएको छ । पुरुष एकल, महिला एकल, पुरुष युगल, भेट्रान्स र स्थानीय पुरुष युगलका खेलहरु प्रतियोगीतामा समावेश गरिएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस