# भर्खरै
Namaste Icon
Ad

इमिली एट्याकसँगको प्रेम सम्बन्धमा फुटबलर ग्रियलिस

इमिली एट्याकसँगको प्रेम सम्बन्धमा फुटबलर ग्रियलिस

लण्डन । इंग्लिस फुटबलर ज्याक ग्रियलिस अहिले अभिनेत्री इमिली एट्याकसँगको प्रेम सम्बन्धमा छन् । उनीहरुबीच गोप्य डेट चलिरहेको छ । ज्याकले उनलाई दैनिकजसो कल गर्ने गरेको समाचार बेलायत सञ्चारमाध्यम द सनमा प्रकाशित छ । यस सञ्चारमाध्यमका अनुसार उनीहरुबीच एट्याकको घर र म्यानचेस्टर होटलमा निरन्तर भेट हुने गरेको छ । यससँगै ज्याक र उनकी प्रेमिका सासाबीचको सम्बन्ध बिग्रिएको अनुमान लगाइएको छ । गत सेप्टेम्बरयता ३१ वर्षीय इमिलीसँग २६ वर्षे ज्याकको भेटघाट बाक्लिएको छ ।


त्यसयता कम्तिमा दुईपटक उनीहरुबीच दुईपटक भेट भएको द सनले जनाएको छ । ‘धेरै फुटबलरहरु इमिलीलाई पाउने कल्पना गर्छन् । त्यसैले ज्याकसँगको उनको सम्बन्ध चर्चाको विषय बनेको छ । र, ज्याक धेरै सुन्दर भएकाले इमिलीका केटी साथीहरु पनि उनलाई इष्र्या गर्छन् भन्ने मलाई लाग्छ,’ स्रोतले द सनसँग भन्यो । गत समरमा एस्टन भिल्लाबाट म्यानचेस्टर सिटी आएका ज्याक लामो समयसम्म सासासँगको प्रेममा छन् । उनीहरु किशोरावस्थादेखि नै प्रेममा थिए, तर उनीहरुको सम्बन्ध कहिले बिग्रने र कहिले राम्रो हुने गरको छ ।

Ad

सम्बन्धित समाचारहरु

अन्तर्राष्ट्रिय महिला रेस्लिङ काठमाडौंमा, नेपालकी अस्मिता अमेरिकी पोलान्कोसँग भिड्दै

काठमाडौं । नेपाल महिला रेस्लिङ फाउन्डेशनको आयोजनामा शनिबार अन्तर्राष्ट्रिय महिला रेस्लिङ प्रतियोगिता हुँदैछ । प्रतियोगितामा पाँच देशका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् । भृकुटिमण्डपस्थित गार्डेनमा आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक फाउन्डेशनले जनाएको छ । प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, जापान र अमेरिकाका खेलाडीहरूको सहभागिता हुने भएको छ । नेपाली महिला रेस्लरमध्ये सबैभन्दा चर्चित हुन् अस्मिता जुरेली । उनी अमेरिकी रेस्लरसँग भिड्दैछिन् ।

बाह्रविसेमा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रविसेमा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । जिल्लामा सञ्चालित ब्याडमिन्टन प्रतियोगितामध्ये हालसम्मकै सर्वाधिक धनराशी पुरस्कार भएको प्रतियोगितामा राष्ट्रिय खेलाडीहरुले समेत भाग लिइरहेका छन् । स्थानीय खुर्सानीबारी खेलकुद कभर्ड हलको आयोजना, शिल्क ग्रुपको प्रायोजन र बाह्रविसे नगरपालिकाको होस्टमा ब्याडमिन्टन प्रतियोगीता सुरु गरिएको हो । प्रतियोगीतामा पाँच विधा समावेश गरिएको छ । पुरुष एकल, महिला एकल, पुरुष युगल, भेट्रान्स र स्थानीय पुरुष युगलका खेलहरु प्रतियोगीतामा समावेश गरिएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस