# भर्खरै
Namaste Icon
Ad

‘समाज सेवामा अहोरात्र खटिने महिला नेतृ मैयाँ श्रेष्ठ लावती’

‘समाज सेवामा अहोरात्र खटिने महिला नेतृ मैयाँ श्रेष्ठ लावती’
कांग्रेस नेतृ, मैयाँ श्रेष्ठ लावती

श्रीकृष्ण चापागाईं । विभिन्न राजनैतिक,सा माजिक सेवा र पाचथर जिल्ला समग्रमा महिलाहरुले गरेको योगदान समाज सेवा र राजनितिमा अहोरात्र खटिने अग्रपंक्तिमा आउने महिला नेत्रीको नाम ‘मैयाँ श्रेष्ठ लावती’ पाचथर जिल्ला देखि केन्द्रिय स्थर सम्म चर्चामा आएको छ । म कुनै पनि राजनीतिक पार्टीको कार्यकर्ता र आस्था बोकेर हिड्ने ब्यक्ति होइन तर पनि हाम्रोलाइ हैन राम्रोलाइ चाहिँ जुनसुकै पार्टीको होस नेतृत्वमा ल्याउनु पर्छ भन्ने सिद्धान्तको ब्यक्ति हुँ । यसपालिको दशै तिहार मनाउने क्रममा आफनै पुर्ख्यौंली थलो पाँचथर जिल्लामा बेमौसमी बाढी पहिरोका कारण लगभग एक महिना जति पाचथर बस्नु पर्दा जिल्लामा महिलाहरुको राजनीतिक सामाजिक अवस्था के कस्तो रहेको छ ? भन्नेबारेमा बुझ्न मन लाग्यो ।

यस सन्दर्भमा विभिन्न राजनैतिक सामाजिक सेवा र पाचथर जिल्ला समग्रमा महिलाहरुले गरेको योगदान समाज सेवा र राजनीतिमा अहोरात्र खटिने अग्रपंक्तिमा आउने महिला नेत्रीको नाम ‘ मैयाँ श्रेष्ठ लावती’ पाँचथर जिल्ला देखि केन्द्रिय स्थर सम्म चर्चामा आएको पाइयो । मैले ब्यक्तिगत तवरबाट पहिचान गर्न नपाएता पनि उहाँ जस्तो सुकै परिस्थितिमा पनि समय अनुकुल सुजबुझ र विबेकपूर्ण बिचार राख्दै समाज सेवा देखि एउटा महत्वपूर्ण राजनैतिक आस्थाकी धनी महिला नेतृत्व बहन गर्न सक्ने ने कामा आस्थावान मैयाँ श्रेष्ठ लावति निडर निष्पक्ष अनुशासन सहितको प्रजातान्त्रिक समाजवादमा कटिबद्ध भई लाग्ने नेतृ हुनुहुँदो रहेछ ।

निमुखा शोषित पीडित पाचथरका जनताहरुसँग सँधै नजिक हुने र आफ्ना जिल्लाका जनताहरुको दुख कष्ठसँग जुध्न हातेमालो गर्ने उहाँमा समाजलाई चाहिने नेतृ भएको मैले महशुस गरेको छु । जनताका लागि सम्पूर्ण ज्यान समर्पित गर्न समेत पछि नपर्ने निस्ठावान राजनीती र समाज सेवामा उच्च बिचार राख्ने मैयाँ श्रेष्ठ लावती महिला नेतृको रुपमा राजनीतिमा अगाडि आउदै गरेको बुझिनमा आएको छ ।

राजनैतिक ब्याक्तित्वको रुपमा पाँचथर जिल्लावासी देखि केन्द्रियस्तर सम्मका उच्च अहोदामा रहनु हुने पार्टीका राजनैतिक नेताहरु उच्च ब्यक्तित्व सबैले मैयाँ श्रेष्ठ लावतीलाइ समर्थन गर्न जरुरी देखिन्छ । उहाँको पार्टी नेपाली कग्रेसले उहाँ जस्तो नेतृको राम्रो मूल्यांकन गर्नु अझ जरुरी देखिन्छ । देश निर्माण प्रक्रियामा महिलाहरूको भुमिका ज्यादै महत्वपुर्ण हुन्छ त्यसैले उहाँलाई समग्र देशले र पार्टीले उच्च मूल्याकंन गर्न सकेन भने र पहिचान गर्न सकेन भने एउटा असल महिला नेतृ गुमाइनु पर्ने मात्र हैन पाचथर जिल्ला बासीहरुको लागि समेत असल महिला नेत्री गुमाउनु पर्ने देखिन्छ।

त्यसैले नेपाली कांग्रेसले उहाँलाइ एउट महिला नेतृको रुपामा मात्र हैन समग्र देश बिकाशको मेरु दन्डको रुपामा हर्नुपर्छ । सहि ठाँउमा पार्टीले सहि महिला नेतृत्व छान्न सक्नु पर्दछ । हुन सक्छ कहिलेकाही कतै भुलबस नराम्रो पनि भएको होला त्यो त म भन्न सक्दिन । त्यस्तो होइन कि नराम्रा कुराको कुनै महत्व हुदैन ‘जिवनमा घृणा गर्नेहरु पनि चाहिन्छ’ सबैले माया गर्ने भए आफुलाई प्रेम गर्नेहरुको महत्व कहाँ हुन्छ र ? मैले विभिन्न पार्टीका नेता कार्यकताहरु धेरै देखेको छु, पाचथर जिल्लामा नेपाली कांग्रेसमा अत्यन्तै धेरै समाज सेवा र निरन्तर पार्टीलार्इ योगदान दिइरहेका कर्मठ र पार्टीमा इमान्दार र लगनशील ब्यक्ति नाम पनि पाँचथर जिल्लाले बर्तमान अवस्थामा बिर्सनु हुदैन ।

राम्रोलाई सबैले राम्रो मान्नु पर्छ । राजनीतिमा दाहित्व बहन गर्न सक्ने, दुरदर्शिता, नरम व्यबहार, सालिन ब्यक्तित्व राजनैतिक उत्प्रेरणाको लागि मुख्य मानिन्छ । नेतृ लावतीको नरम राजनैतिक व्यबहारले पाँचथर बासिहरुकालागी र केन्द्रिय स्तरका सबै जनताका लागि सम्बन्ध बलियो हुँदै जानेछ । राजनीती भनेको देशको सेवा गर्नु हो । देशको सेवा भनेको शोसित पिडित जनताहरुको सेवा गरेर आफ्नो देशको अर्थतन्त्रलाइ माथी उठाउनु हो । देशका युवाहरुलाइ रोजगारी दिलाउनु हो । तर हाल यो देशमा पैसा र सक्तिको आडमा पदको दुरुपयोग गरेका धेरै उदाहरणहरु छन् ।

राजनीतिले देशको आर्थिक अवस्था र मुलुकको अर्थतन्त्र विथोलेको सबैलाइ थाहा छ त्यसकारण देशमा पाटिहरु भाँडिएका कारणले हाम्रो समाज पनि भाडिएको छ र यहाँ धनिमानिहरु झन धनी र गरिव निमुखा झन तन्नम हुन पुगेको तितो यथार्थ सबै सामो छर्लङ्ग हुन पुगेको छ । अन्त्यमा मेरो के आग्रह छ, भने कुनै पनि कमाउ धन्दामा लाग्ने मनिमाइन्डेरुलाइ भुलेर पनि जनप्रतिनिधिहरुमा निर्वाचित गराउनु हुदैन । किनभने आगामी अधिवेशनबाट केन्द्र निर्माण भईरहदा कमाउधन्दामा पल्केका ब्यक्तिहरुलाइ अलग्गै पहिचान गरि राजनीतिमा कदापी पनि अगाडि ल्याइनुहुदैन । यस्ता ब्यक्तिहरुलार्इ केन्द्रीय प्रतिनिधिहरुमा चुनेर लग्यौं भने यस्ता ब्यक्तिहरु अबैध मुनाफा तर्फ जानेहुँदा राज्यको अर्थतन्त्रमा यीनिहरु नै हावि हुने गर्दछ्न र शोसित पिडित निमुखा जनताहरु अझ मारमा पर्दछन । मत दिन योग्य मतदाताले यो कुरा बुझ्न अत्यन्तै जरुरी छ।

युवा मन युवा बिचार र युवा कर्तव्यकी धनी नेपाली कांग्रेस पाचथर ‘ख’ की क्षेत्रीय सभापति पदकी उम्मेदवार, जिल्लाले मुल्यांकन गरेकी महिला नेतृ मैयाँ श्रेष्ठ लावर्तलार्इ अत्याधिक बहुमत दिएर बिजय गराउनुहुन म बिनम्र अनुरोध गर्दछु धन्यवाद।

Ad

सम्बन्धित समाचारहरु

कांग्रेस कर्णाली प्रदेशको सभापतिमा भुपेन्द्रजंग शाही किन ?

- कसैको टिको थापेर होइन आफ्नै पराक्रमले गाउँको झुपडीमा जन्मेर इमानको राजनीति गरेर देश परिवर्तनको मिसनमा अनवरत लागि रहनुभएको व्यक्तित्व ।

लुम्बिनीका साढे तीनवर्ष : सबल नेतृत्व, अब्बल काम

लुम्बिनीका साढे तीनवर्ष : सबल नेतृत्व, अब्बल काम

ऐतिहासिक संविधानसभाबाट संविधान जारी भएपछि संवैधानिक प्रावधान अनुसार भएको आम निर्वाचनबाट प्रदेश सरकार गठन भएको साढे तीन वर्षको अवधिमा विल्कुलै नयाँ संरचनाका रुपमा शून्यबाट काम थाल्दै प्रदेश सरकार सरकार सञ्चालनको आधारभूत संरचना खडा गर्न सफल भयो । संघीयता कार्यान्वयनको तीन वर्षमा प्रदेश सरकार सुनिने र देखिने विन्दुमा आइपुग्न सफल रह्यो । अहिलेको स्थानीय तह केन्द्रीकृत शासन प्रणाली हुँदा पनि स्थानीय निकायका रुपमा क्रियाशील थियो । संघ सरकार पहिलेदेखि नै बलियो शासकीय संरचनाका रुपमा उपस्थिति छँदै थियो । छोटो समयमा चुनौतीपूर्ण काममा प्राप्त सफलताले प्रदेश सरकार सञ्चालनको बलियो आधार तयार भयो । प्रदेश सरकारका लागि आफू अघि बढ्ने बाटो आफै तयार गर्नुपर्ने बाध्यता थियो । यस्तो चुनौतीपूर्ण र जटिल कामलाई जिम्मेवारीबोधका साथ अघि बढाउँदै साढे तीन वर्षको अवधिमा प्रदेश सरकार संवैधानिक रुपमा मात्रै नभई नागरिकले अपनत्व गर्ने सरकारको रुपमा स्थापित हुन सफल रह्यो ।

Ad

प्रतिक्रिया दिनुहोस