# भर्खरै
Namaste Icon
Ad

अब स्मार्टफोन किन्दा चार्जर र इयरफोन नपाइने

अब स्मार्टफोन किन्दा चार्जर र इयरफोन नपाइने

काठमाडाैं । यो समाचार सबैका लागि आश्चर्यजनक र केही दिक्क बनाउने खालको छ । समाचार अनुसार अब स्मार्टफोन निर्माता कम्पनीहरुलाई सन् २०२४ सम्ममा फोन बक्सबाट चार्जर हटाउन बाध्य हुने बताएकाे छ । यो कुरा एउटा नियम अन्तरगत लागु हुँदैछ । युरोपियन युनियनले केही समय पहिले स्मार्टफोन तथा अन्य डिभाइसहरुमा एउटै चार्जरले काम गर्ने व्यवस्था मिलाउन प्रस्ताव गरेको थियो ।

सुन्दा अचम्म लागे पनि वा सबै डिभाइसमा एउटै चार्जर प्रयोग हुनु ठिकै जस्तो लागे पनि यसले उपभोक्ताहरुको खल्ति हल्का बनाउने पक्का छ । समाचार अनुसार एप्पल र सामसुङ जस्ता कम्पनीले आईफोन १२ तथा ग्यालेक्सी एस २१ सीरिजका फोनमार्फत फोन बक्समा चार्जर दिन बन्द गर्ने कामको सुरुवात गरिसकेको पनि बताइएको छ । एप्पलले आइफोन ११ नै पनि बिना चार्जर बेचिरहेको छ । एप्पल र सामसुङले ई-वेस्टमा कटौती गर्न पनि फोन बक्सबाट चार्जरलाई हटाइरहेका छन् ।

युरोपको नयाँ कानुन लागु भए स्मार्टफोन, ई-बुक रिडर, वायरलेस चार्जर, वायरलेस ईयरबड्स, पोर्टेवल स्पीकरसहित चार्जर आवश्यक हुने सबै प्रकारका ग्याजेट प्रभावित हुने छन् । सामसुङको ग्यालेक्सी एस २१, ग्यालेक्सी एस २१ प्लस तथा ग्यालेक्सी एस २२ अल्ट्रा बिना चार्जर नै बजारमा आएका छन् । त्यति मात्र होइन यी फोनमा इयरफोन पनि दिइँदैन ।

यसैगरी आईफोन ११ लन्च हुँदा त्यसमा चार्जर उपलब्ध गराइए पनि अहिले यो फोन खरिद गर्दा चार्जर दिइँदैन , ग्राहकले अलग्गै चार्जर खरिद गर्नुपर्छ । यसले उपभोक्तामाथि थप भार थपेकाे छ। अर्का तिर यसले सर्वसाधारण उपभोक्तालाई कुनै असर नगर्ने पनि बताइँदैछ किनभने जुन फोनबाट चार्जर हटाइएकोछ ती फोन सर्वसाधारणले प्रयोग गर्ने फोन होइनन् ।

यदि किफायती फोनहरुमा पनि चार्जर नदिइने हो भने चाहिँ सबैलाई समस्या हुनसक्छ । जसरी फोन निर्माता कम्पनिहरुले फोनबक्समा चार्जर दिन छोडेका छन् ठीक त्यसै गरी केहि समयदेखि फोनबक्समा इयरफोन पनि राख्न बन्द गर्न थालिएको छ । अहिले धेरै जस‍ो फोन बिना इयरफोन नै बेचिन्छ । अब के मात्र हेर्नुछ भने सन् २०२४ सम्ममा चार्जरमा एकरुपता ल्याइ इवेस्ट कम गर्ने युरोपियन युनियनको नियमलाई कुन-कुन देश र कम्पनीहरुले पालन गर्नेछन् ।

Ad

सम्बन्धित समाचारहरु

अबिताका ल्यापटप नेपाली बजारमा बिक्री सुरु

अबिताका ल्यापटप नेपाली बजारमा बिक्री सुरु

काठमाडौ । अबिताले नेपाली बजारमा ल्यापटपको बिक्री सुरु गरेको छ । अमेरिका, हङकङ सिंगापुर, ताइवान, थाइल्याण्ड, इन्डोनेसिया, फिलिपिन्स, मलेसिया र भारत जस्ता देशमा सफलतापूर्वक आफ्नो बजार विस्तार गरिसकेपछि अविताले नेपालमा पनि ब्यवसाय सुरु गरेको छ । लाइफस्टाइल टेक ब्रान्डका ल्यापटप नेपाली बजारमा ल्याएको कम्पनीले बताएको छ । जसमा नयाँ पुस्ताका प्रयोगकर्ताहरुको चाहना अनुरुप नवप्रवर्तनलार्ई प्रोत्साहित गर्ने उद्देश्य राखिएको छ । यो ब्राण्डका ल्यापटपमा हल्का, अल्ट्रा–पोर्टेबल जस्ता विशेषता रहेका छन् । ब्रान्डको ‘एसेन्शियल’, ‘म्यागस २–इन–१’ र ‘प्यूरा ई’ सिरिजका अतिरिक्त ‘रेड डट डिजाइन’ अवार्ड विजेता २०२१ – ‘लाइवर भी १४’ ल्यापटप शृखलाले नेपालको बजारलाई उत्साहित गर्ने कम्पनीको विश्वास छ । अबिताका सबै उत्पादनमा दुई वर्षको अन–साइट वारेन्टी राखिएको छ । ‘म्यागस २–इन–१’ मा २ वर्षको क्यारी–इन वारेन्टी रहेको छ ।

हेलीकप्टरबाट उपकरण ढुवानी गरी टेलिकमको सेवा

हेलीकप्टरबाट उपकरण ढुवानी गरी टेलिकमको सेवा

काठमाडौं । नेपाल टेलिकमले हेलीकप्टरबाट उपकरण ढुवानी गरी दुर्गम आठ स्थानमा जीएसएम टुजी र फोरजी सेवा प्रवाह गरेको छ । सोलुखुम्बुको लुक्ला, स्याङबोचे एयरपोर्ट, नाम्चेबजार र ताक्सिन्दुमा टेलिकमले सेवा पु¥याएको हो । यस्तै गोरखाको छेकम्पार, गज्र्याङ डाँडा र न्याक तथा मनाङको ओडार भ्यु–प्वाइन्ट हेलीकप्टरबाट उपकरण ढुवानी गरी नयाँ टावरबाट सेवा सञ्चालन गरिएको हो । यी टावरबाट कम्पनीले सेवाग्राहीलाई टुजी र फोरजी सेवा उपलब्ध गराएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस