# भर्खरै
Namaste Icon
Ad

मंसिर १९ गतेदेखि जुम्लामा एमबिबीएस कक्षा सञ्चालन

मंसिर १९ गतेदेखि जुम्लामा एमबिबीएस कक्षा सञ्चालन

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्सा शिक्षाको स्नातक तह (एमबिबीएस) अध्ययनका लागि तयारी पूरा भएको छ । यसका लागि आवश्यक कोठा, प्रयोगशाला र छात्रावासको व्यवस्था गरिएको र यही मङ्सिर १९ गतेबाट कक्षा सञ्चालन हुने जनाइएको छ ।

कर्णालीमा पहिलोपटक एमबिबीएसको अध्ययन सुरुआत हुन लागेको हो । चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत परीक्षामा उत्तिर्ण भएका विद्यार्थीले अध्ययनका लागि भर्नासमेत गरिसकेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका डिन डा रमेश भट्टराईले १५ पूर्ण छात्रवृत्ति र पाँच शुल्क तिरेर अध्ययन गर्ने जानकारी दिए ।

प्रतिष्ठानले ३०० शय्याको अस्पतालसमेत सञ्चालनमा ल्याइसकेको छ । अस्पतालमा १० शय्याको सघन उपचारकक्ष (आइसीयू) र चार शय्याको शल्यक्रिया कक्ष रहेको छ । चिकित्सा शिक्षा अध्यापनका लागि प्रतिष्ठानमा ८२ विषयगत चिकित्सक छन् । प्रतिष्ठानमा यस वर्षदेखि स्नातक तहमा फार्मेसी (बी फार्मेसी), सोही तहमा नर्सिङ (बिडिएस) पनि अध्यापन हुँदै छ । ती दुवै विषयमा २०/२० विद्यार्थी अध्ययन गर्नेछन् ।

एक वर्षदेखि प्रतिष्ठानमा एमडी पाँच अध्यापन गरिरहेका छन् । यस्तै व्याचलर पब्लिक हेल्थ (बिपीएच), स्नातक तहमा सुत्केरीसम्बन्धी कक्षा पनि तीन वर्षदेखि सुरु भइरहेको छ । ती विषयमा २०/२० विद्यार्थी अध्ययन गरिहेको जनाइएको छ । सरकारले कर्णालीका दुर्गम क्षेत्रमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले विसं २०६८ मा प्रतिष्ठानको स्थापना गरेको हो । रासस

Ad

सम्बन्धित समाचारहरु

माल्दिभ्सबाट आइपुग्यो २ लाख एक हजार ६०० डोज एस्ट्राजेनेका खोप

काठमाडौं । माल्दिभ्स सरकारले उपहारस्वरुप उपलव्ध गराएको कोरोना विरुद्धको २ लाख एक हजार ६०० डोज एस्ट्राजेनेका खोप आइतबार राति नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाका अनुसार कतार एयरको नियमित उडान मार्फत बेलुका ८:३० बजे खोप नेपाल आइपुगेको हो ।

शिक्षामा सुधार ल्याउन शिक्षक, अभिभावक र बिद्यार्थीबीच समन्वय हुनुपर्नेमा जाेड

माधव खनाल, अर्घाखाँची । शिक्षामा सुधार ल्याउनुमा शिक्षक अभिभावक र बिद्यार्थीहरु बिच त्रिपक्षीय समन्वय हुनुपर्नेमा जाेड दिइएकाे छ । मंगलबार बाल शिक्षा माध्यमिक बिधालय भुमिकास्थान नगरपालिका वडानम्बर १ ले आयोजना गरेको अभिभावक भेलामा बोल्ने बक्ताहरुले उक्त कुरामा जोड दिएका थिए । यसरी बोल्ने बक्ताहरुमा बाल शिक्षा माध्यमिक बिधालय भुमिकास्थान १ का बिधालय ब्यबस्थापन समितीका अध्यक्ष कासिराम गमाल, शिक्षक अभिभावक संघका अध्यक्ष मेघराज खनाल, बिधालयका प्रधानाध्यापक युवराज खनाल, आम्बोट आधारभुत बिधालय भुमिकास्थान १ का प्रधानध्यापक हिमलाल खनाल, बाल शिक्षा माध्यमिक बिधालयका शिक्षक लक्ष्मण खनाल लगायतले साे भनाइ राखेका थिए ।

Ad

प्रतिक्रिया दिनुहोस