# भर्खरै
Namaste Icon
Ad

एक पटकको चार्जले तीन दिन चल्ने माेबाइल ल्याउदै मोटोरोला

एक पटकको चार्जले  तीन दिन चल्ने माेबाइल ल्याउदै मोटोरोला

काठमाडाैं । मोटोरोलाको मोटो जि पावर ५० मेगापिक्सेल क्यामेराको साथमा आउने भएको छ । फोनमा ५००० एमएएचको ब्याट्री रहेको छ । कम्पनीका अनुसार एक पटकको चार्जले फोन तीन दिनसम्म निरन्तर प्रयोग गर्न सकिने छ । मोटो जी पावरमा ६.५ इन्चको डिस्प्ले हुनेछ ।

यसको डिस्प्लेमा ७२० पिक्सेल रिजोलुसन प्यानल रहेको छ । ५० मेगापिक्सेलको प्रमुख क्यामेरा रहेको यस स्मार्टफोनमा २ मेगापिक्सेलको म्याक्रोक्यामेरा र २ मेगापिक्सेलका डेप्थ सेन्सर रहेको छ । सेल्फीका लागि ८ मेगापिक्सेलका क्यामेरा रहेको छ ।

फोनमा अक्टाकोर मिडियाटेक हिलियो जी ३७ प्रोसेसर रहेको छ । यो फोनमा ४ जीबी र्याम राखिएको छ । यस फोनमा एन्ड्रोइड ११ अपरेटिङ सिस्टममा चल्ने गर्दछ । इन्टर्नल स्टोरेज ६४ जीबी भएको मोडेलको मूल्य २०० अमेरिकी डलर पर्नेछ र १२८ जीबी भएको मोडेलको मूल्य २५० अमेरिकी डलर पर्नेछ ।

Ad

सम्बन्धित समाचारहरु

अबिताका ल्यापटप नेपाली बजारमा बिक्री सुरु

अबिताका ल्यापटप नेपाली बजारमा बिक्री सुरु

काठमाडौ । अबिताले नेपाली बजारमा ल्यापटपको बिक्री सुरु गरेको छ । अमेरिका, हङकङ सिंगापुर, ताइवान, थाइल्याण्ड, इन्डोनेसिया, फिलिपिन्स, मलेसिया र भारत जस्ता देशमा सफलतापूर्वक आफ्नो बजार विस्तार गरिसकेपछि अविताले नेपालमा पनि ब्यवसाय सुरु गरेको छ । लाइफस्टाइल टेक ब्रान्डका ल्यापटप नेपाली बजारमा ल्याएको कम्पनीले बताएको छ । जसमा नयाँ पुस्ताका प्रयोगकर्ताहरुको चाहना अनुरुप नवप्रवर्तनलार्ई प्रोत्साहित गर्ने उद्देश्य राखिएको छ । यो ब्राण्डका ल्यापटपमा हल्का, अल्ट्रा–पोर्टेबल जस्ता विशेषता रहेका छन् । ब्रान्डको ‘एसेन्शियल’, ‘म्यागस २–इन–१’ र ‘प्यूरा ई’ सिरिजका अतिरिक्त ‘रेड डट डिजाइन’ अवार्ड विजेता २०२१ – ‘लाइवर भी १४’ ल्यापटप शृखलाले नेपालको बजारलाई उत्साहित गर्ने कम्पनीको विश्वास छ । अबिताका सबै उत्पादनमा दुई वर्षको अन–साइट वारेन्टी राखिएको छ । ‘म्यागस २–इन–१’ मा २ वर्षको क्यारी–इन वारेन्टी रहेको छ ।

हेलीकप्टरबाट उपकरण ढुवानी गरी टेलिकमको सेवा

हेलीकप्टरबाट उपकरण ढुवानी गरी टेलिकमको सेवा

काठमाडौं । नेपाल टेलिकमले हेलीकप्टरबाट उपकरण ढुवानी गरी दुर्गम आठ स्थानमा जीएसएम टुजी र फोरजी सेवा प्रवाह गरेको छ । सोलुखुम्बुको लुक्ला, स्याङबोचे एयरपोर्ट, नाम्चेबजार र ताक्सिन्दुमा टेलिकमले सेवा पु¥याएको हो । यस्तै गोरखाको छेकम्पार, गज्र्याङ डाँडा र न्याक तथा मनाङको ओडार भ्यु–प्वाइन्ट हेलीकप्टरबाट उपकरण ढुवानी गरी नयाँ टावरबाट सेवा सञ्चालन गरिएको हो । यी टावरबाट कम्पनीले सेवाग्राहीलाई टुजी र फोरजी सेवा उपलब्ध गराएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस