# भर्खरै
Namaste Icon
Ad

‘ए’ डिभिजन लिगकाे सबै तयारी पुरा

‘ए’ डिभिजन लिगकाे सबै तयारी पुरा

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग भोलि (शुक्रबार) बाट सुरु हुँदैछ । दशरथ रंगशालामा भोली हुने उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लबबिच प्रतिस्पर्धा हुने भएको छ । आज भएको प्रि म्याच कन्फीसेन्समा दुवै क्लबले भोलीको खेलको लागि आफू तयार रहेको बताएका छन् ।

पहिलो पटक ‘ए’ डिभिजन लिग खेल्न लागेको सातदोबाटो युथ क्लबले नयाँ टिमको महसुस नगराउने बताएको छ । साथै, पुलिस क्लबका प्रशिक्षक अनन्त तामाङले आफुहरुको लक्ष्य भनेको उपाधि नै रहेको बताए थिए । अन्य टिमका प्रतिनिधिहरुले समेत आफ्नो लक्ष्य र तयारीको बारे प्रष्ट पारेका थिए ।

Ad

सम्बन्धित समाचारहरु

अन्तर्राष्ट्रिय महिला रेस्लिङ काठमाडौंमा, नेपालकी अस्मिता अमेरिकी पोलान्कोसँग भिड्दै

काठमाडौं । नेपाल महिला रेस्लिङ फाउन्डेशनको आयोजनामा शनिबार अन्तर्राष्ट्रिय महिला रेस्लिङ प्रतियोगिता हुँदैछ । प्रतियोगितामा पाँच देशका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् । भृकुटिमण्डपस्थित गार्डेनमा आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक फाउन्डेशनले जनाएको छ । प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, जापान र अमेरिकाका खेलाडीहरूको सहभागिता हुने भएको छ । नेपाली महिला रेस्लरमध्ये सबैभन्दा चर्चित हुन् अस्मिता जुरेली । उनी अमेरिकी रेस्लरसँग भिड्दैछिन् ।

बाह्रविसेमा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रविसेमा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । जिल्लामा सञ्चालित ब्याडमिन्टन प्रतियोगितामध्ये हालसम्मकै सर्वाधिक धनराशी पुरस्कार भएको प्रतियोगितामा राष्ट्रिय खेलाडीहरुले समेत भाग लिइरहेका छन् । स्थानीय खुर्सानीबारी खेलकुद कभर्ड हलको आयोजना, शिल्क ग्रुपको प्रायोजन र बाह्रविसे नगरपालिकाको होस्टमा ब्याडमिन्टन प्रतियोगीता सुरु गरिएको हो । प्रतियोगीतामा पाँच विधा समावेश गरिएको छ । पुरुष एकल, महिला एकल, पुरुष युगल, भेट्रान्स र स्थानीय पुरुष युगलका खेलहरु प्रतियोगीतामा समावेश गरिएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस