# भर्खरै
Namaste Icon
Ad

बाइडेन अस्पताल भर्ना हुँदा राष्ट्रपतिको अधिकार कमला ह्यारिसलाई

बाइडेन अस्पताल भर्ना हुँदा राष्ट्रपतिको अधिकार कमला ह्यारिसलाई

एजेन्सी । अमेरिकाका राष्ट्रपति जो बाइडेन शुक्रवार अस्पतालमा भर्ना भए । बाइडेन अस्पताल भर्ना भएपछि उनले केही समयका लागि उपराष्ट्रपति कमला ह्यारिसलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सुम्पे । शुक्रवार नियमित स्वास्थ्य परीक्षणकको क्रममा बाइडेन वाल्ट रिड मेडिकल सेन्टरमा एक घण्टा २५ मिनेट एनेस्थेसियामा गए । कोलोनोस्कोपीका लागि उनी यति समय एनेस्थेसियामा गएका थिए । उक्त सममा अमेरिकाका राष्ट्रपतिको शक्ति कमला ह्यारिसको हातमा गएको ह्वाइट हाउसले जनाएको छ । उक्त समयमा कमला ह्यारिसले राष्ट्रपतिको भूमिका निभाएको ह्वाइट हाउसकी प्रेस सचिव जेन पास्कीले उल्लेख गरेकी छन् ।


यसरी राष्ट्रपतिको अधिकार पाउने कमला पहिलो महिला भएको बताइएको छ । यतिमात्र हैन यस्तो शक्त पाउने उनी पहिलो अश्वेत र पहिलो दक्षिण एसियाली मुलकी महिला पनि हुन् । बाइडेन आज ७९ वर्ष पुगेका छन्। आजै उनले जन्मदिन पनि मनाउँदैछन् । जन्मदिन मनाउनुअघि उनी आफ्नो स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका थिए । कोलोनोस्कोपी गर्दा बेहोस पार्नुपर्ने भएकाले उनले कार्यवाहक राष्ट्रपतिको जिम्मा उपराष्ट्रपतिलाई सुम्पेका हुन् ।

 

Ad

सम्बन्धित समाचारहरु

वायु प्रदूषणका कारण दिल्लीका विद्यालय अनिश्चित कालका लागि बन्द

दिल्ली । वायु प्रदूषणका कारण भारतको राजधानी दिल्लीका विद्यालय तथा कलेजहरू अनिश्चित कालका लागि बन्द गरिएको छ । वायु प्रदूषणको तह गम्भीर अवस्थामा पुगेपछि त्यहाँका अधिकारीहरूले विद्यालय र कलेजहरू बन्द गरेका हुन् ।

नोबेल पुरस्कार विजेता मलालाले कसिन् लगनगाँठो

नोबेल पुरस्कार विजेता मलालाले कसिन् लगनगाँठो

काठमाडौं । नोबेल शान्ति पुरस्कार विजेता मलाला युसफजाईले विवाह गरेकी छन् । २४ वर्षीया मलालाले मंगलबार ट्विटरमार्फत विवाह गरेको जानकारी दिएकी हुन् । 'आज मेरो जीवनमा एक महत्त्वपूर्ण दिन हो', उनले लेखेकी छन्, 'असर र मैले जीवनसाथी हुन लगनगाँठो कस्यौँ । हामीले बिर्मिङघमको घरमा परिवारसँग सानो निकाह (मुस्लिम विवाह) समारोहको उत्सव मनायौँ । कृपया हामीलाई तपाईहरूको प्राथना पठाउनुहोस् । हामी अगाडिको यात्रा सँगसँगै गर्न उत्साहित छौँ ।'

Ad

प्रतिक्रिया दिनुहोस