# भर्खरै
Namaste Icon
Ad

तीन दशकको अनुभव बटुलेका टेक्नेसियन हरि पाण्डेले खोले फोटो प्रिन्ट नेपाल

तीन दशकको अनुभव बटुलेका टेक्नेसियन हरि पाण्डेले खोले फोटो प्रिन्ट नेपाल

काठमाडौं । विगत लामो समयदेखि फोटो प्रिन्टको क्षेत्रमा काम गरेका हरि पाण्डेले फोटो प्रिन्ट नेपाल सञ्चालनमा ल्याएका छन् । एक कार्यक्रमकाबीच सो ल्याव स्टुडियोको फोटो प्रिन्ट नेपालका सञ्चालक हरि पाण्डे, बरिष्ठ फोटोग्राफर योगेन्द्रजंग बस्नेत, काठमाडौं फोटोग्रफर संघका अध्यक्ष दीगम्बर राजवंशी, संघका पूर्व अध्यक्ष मोती वोगटी, फोटो पसलका प्रबन्ध निर्देशक विक्रम न्यौपाने लगायतको उपस्थितिमा उद्घाटन गरिएको हो । नयाँबानेश्वर मिनभवनस्थित सञ्चालनमा आएको फोटो प्रिन्ट नेपालले उच्च स्तरीय फोटो प्रिन्टको काम गर्ने फोटो ल्याव टेक्नेसियन तथा फोटो प्रिन्ट नेपालका सञ्चालक पाण्डेले जानकारी दिए ।

उनले भने, ‘जीवनमा मेलै जानेको यहि हो, यसैलाई मुर्त रुप दिन एकल लगानीमा यो कार्य थालनी गरेको हुँ । फोटो मै काम गरेको ३० वर्ष पुगेको छ । अब आफ्नै लगानीमा फाटो प्रिन्ट गर्ने ठाँउ सञ्चालनमा ल्याएको हुँ ।’ उच्चस्तरीय फोटो प्रिन्टको काम गर्ने बताउदै पाण्डेले बढिमा ४४÷११७० इन्च सम्मको फोटो प्रिन्ट गर्न मिल्ने जानकारी दिए । फाेटो प्रिन्टको कामकै सिलसिलामा पाण्डे विश्वका ५६ देश पुगि सकेका पाण्डेले यसअघि विभिन्न ५ वटा सम्म फोटो प्रिन्ट पसलमा लगानी गरेको भएपनि यो भने व्याक्तिगत एकल लगानीमा सञ्चालनमा ल्याएका हुन् । तीन दशकाको सीप अब फोटो प्रिन्ट नेपालमार्फत प्रवाह गर्ने सञ्चालक पाण्डे बताए ।

Ad

सम्बन्धित समाचारहरु

बिरामीलाई स्वास्थ्य संस्था लगिँदै

बिरामीलाई  स्वास्थ्य संस्था लगिँदै

आठबीसकोट नगरपालिका च्यामिरकोट रुकुम पश्चिमबाट बिरामीलाई ४ घण्टा बोकेर जाजरकोट भेरी नगरपालिका–१ स्थित रिम्ना मेडिकलमा उपचारका लागि ल्याइँदै गरेका बिरामी । गाउँमा स्वास्थ्य संस्था नहुँदा बोकेर टाढाको स्वास्थ्य चौकीमा उपचकारका लागि लानुपरेको छ । तस्वीर : हेमन्त केसी/रासस

फोटोग्राफरको व्यवसायीक क्षमता अभिवृद्धि गर्न एक दिने तालिम

दाङ । जिल्ला फोटोग्राफर एशोसियसन दाङको आयोजना र फोटो पसलको सहकार्यमा एक दिने फोटोग्राफी तालिम सम्पन्न भएको छ । व्यवसायीक फोटोग्राफरहरूको क्षमता अभिवृद्धिमा योगदान एवं व्यवसायको व्यवसायिकता विकासकालागि भन्दै आयोजना गरिएको सो कार्यक्रममा वरिष्ठ फोटोग्राफर योगेन्द्र जंङ्ग बस्नेत मुख्य प्रशिक्षक थिए । नेपाल फोटोग्राफर महासंघका केन्द्रीय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश संयोजक वसन्त जोशीका अनुसार तालिममा दाङ जिल्लाभरका ५० जना व्यावसायिक फोटोग्रफरहरूले सहभागिता जनाए । कार्यक्रमबाट फोटोग्राफरले स्टुडियो लाईटिङ्ग, कप्पल फोटो सुटमा ठुलो ज्ञान मिलेको हुनाले दंङ्गालि फोटोग्राफ हौसिएको कार्यक्रम संयोजक दुर्गा प्रसाद चौधरिले बताए । उनले आगामी दिनमा फोटो पसलको सहकार्यमा एक हप्ते कक्षा समेत दिन पहल गर्ने बताए ।

Ad

प्रतिक्रिया दिनुहोस