# भर्खरै
Namaste Icon
Ad

सेटलाइटसम्बन्धी काम गर्न सर्टलिष्टमा परे चार कम्पनी

सेटलाइटसम्बन्धी काम गर्न सर्टलिष्टमा परे चार कम्पनी

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सेटलाइटको नियमन र सुरक्षासम्बन्धी आवश्यक नीति, बिजनेस मोडालिटी एवं संचालनबारे आशयपत्र बुझाएका ४ वटा कम्पनी सर्टलिष्ट गरेको छ । प्राधिकरणले आवेदन दिएका ८ कम्पनीमध्ये ४ वटालाई सर्टलिष्ट गरेको हो । प्राधिकरणले सर्टलिष्ट गरेको कम्पनीहरुमा फ्रान्सको युरोकन्सल्ट, टर्कीको टर्कस्याट, यूएईको एसथ्री टेल इंक र थाइल्याण्डको थाइकम रहेका छन् ।

प्राधिकरणले आशयपत्र बुझाउँद दिएको समयमा ८ वटा कम्पनीले आशयपत्र बुझाएका थिए । प्राधिकरणले यसअघि दुई पटकसम्म योग्य कम्पनी नभेटेको भन्दै खारेज गरेको सेटलाइटसम्बन्धी ठेक्का प्रक्रिया पुनः थालेको हो । २०७३ असोजमा पहिलो पटक मागिएको आशयपत्र समयसापेक्ष नभएको भन्दै २०७७ मंसिर २२ मा सबै प्रक्रिया खारेज गरिएको थियो । त्यो बेला २० वटा कम्पनीहरुले प्रस्ताव पेश गरेका थिए ।

Ad

सम्बन्धित समाचारहरु

अबिताका ल्यापटप नेपाली बजारमा बिक्री सुरु

अबिताका ल्यापटप नेपाली बजारमा बिक्री सुरु

काठमाडौ । अबिताले नेपाली बजारमा ल्यापटपको बिक्री सुरु गरेको छ । अमेरिका, हङकङ सिंगापुर, ताइवान, थाइल्याण्ड, इन्डोनेसिया, फिलिपिन्स, मलेसिया र भारत जस्ता देशमा सफलतापूर्वक आफ्नो बजार विस्तार गरिसकेपछि अविताले नेपालमा पनि ब्यवसाय सुरु गरेको छ । लाइफस्टाइल टेक ब्रान्डका ल्यापटप नेपाली बजारमा ल्याएको कम्पनीले बताएको छ । जसमा नयाँ पुस्ताका प्रयोगकर्ताहरुको चाहना अनुरुप नवप्रवर्तनलार्ई प्रोत्साहित गर्ने उद्देश्य राखिएको छ । यो ब्राण्डका ल्यापटपमा हल्का, अल्ट्रा–पोर्टेबल जस्ता विशेषता रहेका छन् । ब्रान्डको ‘एसेन्शियल’, ‘म्यागस २–इन–१’ र ‘प्यूरा ई’ सिरिजका अतिरिक्त ‘रेड डट डिजाइन’ अवार्ड विजेता २०२१ – ‘लाइवर भी १४’ ल्यापटप शृखलाले नेपालको बजारलाई उत्साहित गर्ने कम्पनीको विश्वास छ । अबिताका सबै उत्पादनमा दुई वर्षको अन–साइट वारेन्टी राखिएको छ । ‘म्यागस २–इन–१’ मा २ वर्षको क्यारी–इन वारेन्टी रहेको छ ।

हेलीकप्टरबाट उपकरण ढुवानी गरी टेलिकमको सेवा

हेलीकप्टरबाट उपकरण ढुवानी गरी टेलिकमको सेवा

काठमाडौं । नेपाल टेलिकमले हेलीकप्टरबाट उपकरण ढुवानी गरी दुर्गम आठ स्थानमा जीएसएम टुजी र फोरजी सेवा प्रवाह गरेको छ । सोलुखुम्बुको लुक्ला, स्याङबोचे एयरपोर्ट, नाम्चेबजार र ताक्सिन्दुमा टेलिकमले सेवा पु¥याएको हो । यस्तै गोरखाको छेकम्पार, गज्र्याङ डाँडा र न्याक तथा मनाङको ओडार भ्यु–प्वाइन्ट हेलीकप्टरबाट उपकरण ढुवानी गरी नयाँ टावरबाट सेवा सञ्चालन गरिएको हो । यी टावरबाट कम्पनीले सेवाग्राहीलाई टुजी र फोरजी सेवा उपलब्ध गराएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस