# भर्खरै
Namaste Icon
Ad

दिउँसो १२ बजेसम्म पनि खुलेन वडा कार्यलय, सेवाग्राहीलाई सास्ती (भिडियाेसहित)

दिउँसो १२ बजेसम्म पनि खुलेन वडा कार्यलय, सेवाग्राहीलाई सास्ती (भिडियाेसहित)

खगेन्द्र हमाल, सुर्खेत । जिल्लाको स्थानीय तह चिङ्गाड गाउँपालिका वडा न।२ को वडा कार्यालय दिउँसो १२ बजेसम्म पनि खुलेको छैन् । दिउँसो १२ बजेसम्म पनि कार्यालय नखुल्दा सेवाग्राहीले हैरानी खेपिरहेका छन् । कार्यलयमा आएका सेवाग्राही भन्छन, ‘हामी दैनिक पाँच दिनदेखि निरन्तर वडा कार्यलयमा आफ्नो काम भएर आएका छौं, तर कार्यलयबाट हामीले पाउनुपर्ने सेवा हामीले पाएका छैनौं ।’

प्रायः रानिबासको वडा न २ को कार्यालयमा साहयक र कार्यलय सहयोगी बाहेक अन्य कर्मचारी उपस्थित हुदैनन् भन्ने स्थानीय स्तर र सेवाग्राहीबाट गुनासो आएपछि हामीले वडा न २ को वडा कार्यालयमा फ्लोअप गरेका थियौं । वडा न २ का वडाध्यक्ष बुदे खत्रीलाई सम्पर्क गर्दा अध्यक्षको मोबाइलमा सम्पर्क हुन सकेन् ।

वडा कार्यलयमा कार्यलय सहयोगी सहित ६ जना कर्मचारी रहेको वडा न २ को कार्यलयमा प्राय कर्मचारीहरु कार्यलय समयमा नभेटिने गरेको स्थानीयको गुनासो छ ।

वडा न २ का सेवाग्राहीहरुले वडा कार्यालयबाट सेवा पाउनु पर्ने स्थानीयको माग छ । ‘राज्यको सेवा सुविधा लिएर आफ्नो जिम्मेवारी र कर्तव्यबोध गर्न नसक्ने कर्मचारीबाट रानिबासका जनताले के आपेक्षा गर्ने’ एक स्थानीयले गुनासो गरे ।

Ad

सम्बन्धित समाचारहरु

राष्ट्रिय जनमोर्चा भुमिकास्थानकी सक्रिय सदस्य पूर्णकला खनालको शोक सभा सम्पन्न

अर्घाखाँची । राष्ट्रिय जनमोर्चा अर्घाखाँची भुमिकास्थान नगरपालिका वार्ड न १ की सक्रिय सदस्य तथा अखिल नेपाल महिला संघकी सल्लाहकार स्वर्गीय पूर्णकला खनालको १२औं दिनको पुण्य तिथिमा शोक शभा सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिका वार्ड न १ को आयोजनामा बिहिबार उनकै निवासमा शोक सभा सम्पन्न गरिएको हो । सो अवसरमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सागर केसीले स्वर्गीय खनालको निधनले पार्टीलाई अतुलनीय क्षति पुगेको बताए ।

सुर्खेतका सबै स्थानीय तहमा माओवादी केन्द्रकाे सर्वसहमत नेतृत्व (सुचिसहित)

खगेन्द्र हमाल, सुर्खेत । जिल्लाका नौ वटै स्थानीय तहमा नेकपा माओवादी केन्द्रले सर्वसम्मत नेतृत्व चयन गरेको छ। वीरेन्द्रनगर नगरपालिका, पञ्चपुरी नगरपालिका,लेकवेशि नगरपालिका, भेरिगंगा नगरपालिका,गुर्भाकोट नगरपालिका,चिङ्गाड गाउँपालिका, सिम्ता गाउँपालिका, बराहताल गाउँपालिका र चौकुने गाउँपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरेकाे हो ।

Ad

प्रतिक्रिया दिनुहोस