# भर्खरै
Namaste Icon
Ad

सुर्खेतमा विश्व सम्झना दिवस मनाईयो

सुर्खेतमा विश्व सम्झना दिवस मनाईयो

खगेन्द्र हमाल, सुर्खेत । कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेतमा विश्व सम्झना दिवस मनाईएको छ । सडक दुर्घटनामा ज्यान गुमाएका स्वर्गीय आत्माहरु एवम् सम्पूर्ण पिडित हरुप्रति समर्पित रहेर बिस्व सम्झना दिवस(third sunday of November)को अवसरमा 'सुरक्षीत र दिगो यात्रा , नेपाल' तथा मध्य-पश्चिम विश्वविद्यालयवीचको सहकार्यमा दीप प्रज्वलन कार्यक्रम मध्य-पश्चिम विश्वविद्यालयमा सम्पन्न भएको हाे ।

उक्त कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालय इन्जिनियर केन्द्रीय क्याम्पसका प्रमुख साेनालाल यादव सहित अन्य प्राध्यापक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । साे अवसरमा बिश्वमा हरेक वर्ष १.३ मिलियन (१३ लाख) मान्छेले सडक दुर्घटनामा ज्यान गुमाई रहेकाे जानकारी दिइएकाे थियाे । नेपालमा पनि २०७७/७८ को तथ्यांक अनुसार २५०० जनाले ज्यान गुमाएका छन् । कर्णाली प्रदेशमा पनि दिन प्रति दिन सडक दुर्घटना बढिरहेको अवस्थामा आम मानिसमा जनचेतना जगाउने, दिबंगत आत्माहरु लाई सम्झिनु(श्रदान्जली प्रकट गर्नु ) तथा घाइते हरुको सिग्र स्वास्थ्य लाभको कामना गर्नु उक्त कार्यक्रमको मुख्य उदेश्य रहेको थियो ।

Ad

सम्बन्धित समाचारहरु

राष्ट्रिय जनमोर्चा भुमिकास्थानकी सक्रिय सदस्य पूर्णकला खनालको शोक सभा सम्पन्न

अर्घाखाँची । राष्ट्रिय जनमोर्चा अर्घाखाँची भुमिकास्थान नगरपालिका वार्ड न १ की सक्रिय सदस्य तथा अखिल नेपाल महिला संघकी सल्लाहकार स्वर्गीय पूर्णकला खनालको १२औं दिनको पुण्य तिथिमा शोक शभा सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिका वार्ड न १ को आयोजनामा बिहिबार उनकै निवासमा शोक सभा सम्पन्न गरिएको हो । सो अवसरमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सागर केसीले स्वर्गीय खनालको निधनले पार्टीलाई अतुलनीय क्षति पुगेको बताए ।

सुर्खेतका सबै स्थानीय तहमा माओवादी केन्द्रकाे सर्वसहमत नेतृत्व (सुचिसहित)

खगेन्द्र हमाल, सुर्खेत । जिल्लाका नौ वटै स्थानीय तहमा नेकपा माओवादी केन्द्रले सर्वसम्मत नेतृत्व चयन गरेको छ। वीरेन्द्रनगर नगरपालिका, पञ्चपुरी नगरपालिका,लेकवेशि नगरपालिका, भेरिगंगा नगरपालिका,गुर्भाकोट नगरपालिका,चिङ्गाड गाउँपालिका, सिम्ता गाउँपालिका, बराहताल गाउँपालिका र चौकुने गाउँपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरेकाे हो ।

Ad

प्रतिक्रिया दिनुहोस