# भर्खरै
Namaste Icon
Ad

शेयर बजारमा ७.९० अंककाे वृद्धि

शेयर बजारमा ७.९० अंककाे वृद्धि

काठमाडौं । साताको पहिलो दिन आइतबार गिरावट आएको शेयर बजार मापक नेप्से सोमबार सामान्य वृद्धि भएको छ । सोमबार निकै उतार चढावका बिच कारोबारको अन्त्यमा ७.९० अंकले वृद्धि भएको छ । नेप्से परिसूचक ७.९० अंकले बढेर २ हजार ७६५.४३ अंकमा पुगेको छ ।

आइतबार नेप्से परिसूचक ११.६० अंकले घटेर २ हजार ७५७.५३ अंकमा झरेको थियो। आइतबारको तुलनामा कारोबार रकममा समेत गिरावट आएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सूचक सेन्सेटिभ इण्डेक्स १.२१ प्रतिशत घटेर ५१९.४६ अंक भएको छ । त्यस्तै फ्लोट इण्डेक्स ०.३४ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६ अंकले बढेको छ ।

आइतबारको कारोबारमा आएका २२५ कम्पनीको ७५ लाख६५ हजार ५१० कित्ता शेयर ३ अर्ब ९२ करोड ९२ लाख ६१ हजार ६२७ रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से १३ उपसमूह मध्ये पाँच उपसमूहको शेयर मूल्य गिरावट आएको छ भने अन्य ८ उपसमूहको मूल्य बढेको छ । जसमा बैंकिङ समूहको २.८९ अंक, ट्रेडिङ १५.८३ , होटल तथा टुरिजम १४९.७६, जलविद्युत १०.९२, निर्जीबन बीमा ९९.४८ बढेको छ ।


त्यस्तै, माइक्रोफाइनान्स १४.५७ , जीवन बीमा समूहको उपसूचक ७.०८,विकास बैंक ३४.९९ ,उत्पादन तथा प्रशोधन २४.९१ अंकले घटेको छ । आज सबै पाँच कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सोमबार पनि सबै भन्दा धेरै मूल्य बढ्ने कम्पनीमा मानुषी लद्युवित्त वित्तीय संस्था छ । मानुषीको शेयर १० प्रतिशतले बढेको छ ।

त्यस्तै, चन्द्रगिरी हिल्स, एनआईबिल प्रगति फन्ड, खानीखोला हाइड्रो पावर र नेपाल इन्स्योरेन्सको शेयर मूल्य बढेको छ । त्यस्तै सबै भन्दा धेरै शेयर मूल्य गिरावट हुने तेह्रथुम पावर कम्पनी,कालिका पावर कम्पनी,सगरमाथा इन्स्योरेन्स र रिलायन्स फाइनान्स कम्पनी रहेका छन् । कारोबार रकमका आधारमा आज महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको ३४ करोड ४१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, नेपाल दूरसञ्चार कम्पनीको २९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

Ad

सम्बन्धित समाचारहरु

नाडाकाे नयाँ नेतृत्वका लागि करण चाैधरीकाे प्यानल घाेषणा

काठमाडौं । नाडा अटाेमाेबाइल्स एसाेसिएसन अफ नेपालकाे नयाँ नेतृत्वका लागि करण चाैधरीले प्यानल घाेषणा गरेका छन् । चाैधरीकाे अध्यक्षतामा १८ सदस्यीय प्यानल घाेषणा गरिएकाे हाे । चाैधरीकाे टिममा अनुपकुमार बराल, सुरेन्द्र कुमार उप्रेती, विक्रम सिंघानिया, राजनबाबु श्रेष्ठ, अभिक ज्याेती, मिलनबाबु मल्ल, निलमणी पाठक, पंकज अग्रवाल, राजेन्द्र अग्रवाल, वर्ण न्याैपाने, सुनिल रिजाल, वरदान बस्नेत, निशान ढकाल, प्रकाश कपुरी, देवराज भण्डारी, गाेपाल भट्टराई र गंगाराज भट्टराई रहेका छन् ।

नयाँ बसपार्क चौबीसै घण्टा सञ्चालन गर्न माग

नयाँ बसपार्क चौबीसै घण्टा सञ्चालन गर्न माग

काठमाडौं । गोङ्गबुस्थित नयाँ बसपार्क चौबीसै घण्टा सञ्चालन गर्न माग गपिरएको छ । नयाँ बसपार्कस्थित कान्तिपुर मलले दसैँ, तिहार र छठपर्व लक्षित उपहार योजना वितरण कार्यक्रममा बुधबार वक्ताहरुले नयाँ बसपार्कलाई चौबीसै घण्टा सञ्चालन गर्नुपर्ने बताएका हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस