# भर्खरै
Namaste Icon
Ad

सडकभर डलर भेटिएपछि टिप्नेको भिड

सडकभर डलर भेटिएपछि टिप्नेको भिड

क्यालिफोर्निया । अमेरिकाको एउटा राजमार्गमा एउटा बख्तरबन्द गाडीबाट नोट झरेपछि टिप्नेको भिड लागेको विवरण सार्वजनिक भएको छ । नोट खसेर राजमार्ग र वरपरको हावामा उड्न थालेपछि सर्वसाधारणले आफुले चलाएको गाडी नै रोकेर पैसा टिपेको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । गाडी रोकेर पैसा टिप्न निस्कँदा केही घन्टा राजमार्ग अबरुद्ध भएको थियो ।

क्यालिफोर्नियाको सान डिएगो काउन्टीको एउटा राजमार्गमा गुडिरहेको गाडीबाट सडकमा नोट खसेको थियो । गुडिरहेको गाडीको ढोका बीच सडकमा खुल्दा नोटाका बिटा खसेका थिए । अधिकांश नोट दुईदेखि २० डलरका थिए ।

मानिसहरुले हतारमा खसेका रकम उठाएका देखिन्थे । अनधिकृत रुपमा नोट उठाएको भन्दै प्रहरीले केहीलाई गिरफ्तार गरेको छ । पैसा लिएर भागेकालाई फिर्ता गर्न प्रहरीले अनुरोध गरेको छ । घटनाबारे संघीय जाँच ब्यूरो (एफबीआई) ले जाँच गरिरहेको छ ।

Ad

सम्बन्धित समाचारहरु

जन्मदिनको अवसरमा बालबालिकालाई न्यायो कपडा वितरण

जन्मदिनको अवसरमा बालबालिकालाई न्यायो कपडा वितरण

काठमाडौं । एसोसिएसन अफ एलायन्स क्लबस् इन्टनेसनल डिस्ट्रिक १०२३ अन्तर्गत रहेको एलायन्स क्लब अफ काठमाडौं सिटिकी क्लब अध्यक्ष एली गुना सिलवालको जन्मदिनको अवसरमा बालबालिकाहरुलाई न्यायो कपडा वितरण गरिएको छ । कलंकीमा रहेको जनपथ माबिका बालबालिकाहरुलाई न्यायो कपडा वितरण गरिएको हो । विद्यालयमा रहेका बालबालिकालाई आफ्नो जन्मदिनमा सहयोग गर्न पाउदा ज्यादै खुसी लागेको एली गुना सिलवालले बताईन । कार्यक्रममा क्लबकी क्लब कोषाध्यक्ष एली प्रितिमा शर्माले संस्थाले समाजसेवाको साँथै व्यक्तित्व विकास बढउनमा सहहयोग गेको बताईन ।

मुकुन्द घिमिरेले गरे इङ्गेजमेन्ट

मुकुन्द घिमिरेले गरे इङ्गेजमेन्ट

काठमाडाैं । कुनै बेला रत्नपार्कको रुखमा चढेर व्यंग्यात्मक भाषण गरेर चर्चामा आएका मुकुन्द घिमिरेले इङ्गेजमेन्ट गरेका छन् । उनले इन्दिरा संग्रौलासँग इङ्गेजमेन्ट गरेका हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस