# भर्खरै
Namaste Icon
Ad

राष्ट्रिय जनमोर्चा भूमिकास्थान १ की जेष्ठ महिला सदस्य पूर्णकला खनालको निधन

राष्ट्रिय जनमोर्चा भूमिकास्थान १ की जेष्ठ महिला सदस्य  पूर्णकला खनालको निधन

अर्घाखाँची ।  राष्ट्रिय जनमोर्चा भूमिकास्थान १ की जेष्ठ महिला सदस्य तथा अखिल नेपाल महिला संघ भूमिकास्थान १ की सल्लाहकार पूर्णकला खनालको आइतबार साँझ ७५ वर्षको उमेरमा निधन भएको छ । खनालको सोमबार स्थानीय घाटमा अन्त्येष्टि गरिएको छ । खनालको पार्थिक शरीरमा राष्ट्रिय जनमोर्चा भूमिकास्थान नगरपालिकाका नगर सदस्य तथा भूमिकास्थान नगरपालिका वडा न २ का वडाध्यक्ष बुद्धिबहादुर थापाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरे । त्यस क्रममा उनले खनालको निधनले पार्टी र महिला आन्दोलनलाई अतुलनीय क्षति पुगेको बताए ।

अन्त्येष्टि कार्यक्रममा राजमो भूमिकास्थान नगर सदस्य तथा भूमिकास्थान १ का वडाअध्यक्ष भोजराज खनाल, अखिल नेपाल शिक्षक संघ भूमिकास्थानका सचिव रामप्रसाद खनाल,अखिल (छैठौं )का टेकराज भुसाल ,नेकपा माओवादी (केन्द्र) का नेता बावुराम खनाल र नेपाली कांग्रेस नेता युवराज खनाल लगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए । स्वर्गीय खनालका पाँचभाइ छोराहरू, तीन बहिनी छोरीहरु, बुहारी, ज्वाइँ र नातिनातिना छन् । श्रद्धाञ्जली कार्यक्रम स्वर्गीय खनालका जेष्ठ छोरा प्रेमनारायण खनालको अध्यक्षता र माधव खनालको सन्चालनमा सम्पन्न भएको थियो ।

Ad

सम्बन्धित समाचारहरु

राष्ट्रिय जनमोर्चा भुमिकास्थानकी सक्रिय सदस्य पूर्णकला खनालको शोक सभा सम्पन्न

अर्घाखाँची । राष्ट्रिय जनमोर्चा अर्घाखाँची भुमिकास्थान नगरपालिका वार्ड न १ की सक्रिय सदस्य तथा अखिल नेपाल महिला संघकी सल्लाहकार स्वर्गीय पूर्णकला खनालको १२औं दिनको पुण्य तिथिमा शोक शभा सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिका वार्ड न १ को आयोजनामा बिहिबार उनकै निवासमा शोक सभा सम्पन्न गरिएको हो । सो अवसरमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सागर केसीले स्वर्गीय खनालको निधनले पार्टीलाई अतुलनीय क्षति पुगेको बताए ।

सुर्खेतका सबै स्थानीय तहमा माओवादी केन्द्रकाे सर्वसहमत नेतृत्व (सुचिसहित)

खगेन्द्र हमाल, सुर्खेत । जिल्लाका नौ वटै स्थानीय तहमा नेकपा माओवादी केन्द्रले सर्वसम्मत नेतृत्व चयन गरेको छ। वीरेन्द्रनगर नगरपालिका, पञ्चपुरी नगरपालिका,लेकवेशि नगरपालिका, भेरिगंगा नगरपालिका,गुर्भाकोट नगरपालिका,चिङ्गाड गाउँपालिका, सिम्ता गाउँपालिका, बराहताल गाउँपालिका र चौकुने गाउँपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरेकाे हो ।

Ad

प्रतिक्रिया दिनुहोस