# भर्खरै
Namaste Icon
Ad

अनेरास्ववियु सुर्खेत संयोजकमा गणेश शाही सर्वसहमत चयन

अनेरास्ववियु सुर्खेत संयोजकमा गणेश शाही सर्वसहमत चयन

खगेन्द्र हमाल, सुर्खेत । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु जिल्ला कमिटि सुर्खेतको संयोजकमा गणेश शाही चयन भएका छन् । जिल्लामा आइतबार भएको विशेष जिल्ला भेलाबाट शाहीको संयोजकत्वमा ४५ सदस्यीय नयाँ कमिटि सर्वसम्मत चयन भएको हो ।

संयोजक गणेश शाहीका अनुसार सह–संयोजकमा आशिष रेग्मी चयन भएका छन्, भने १५ सदस्य सचिवालय र ४५ सदस्यीय सर्वसम्मत नेतृत्व चयन भएको छ । अनेरास्ववियू सुर्खेत जिल्लाको जिल्ला भेलाबाट २१औं आयोजक कमिटीमा आफुलाई विश्वास गरेर संयोजकको जिम्मेवारीमा नेतृत्व दिएको भन्दै संयोजक गणेश शाहीले साथ सहयोग र समर्थन गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।

संयोजकको जिम्मेवारी लिएपछि शाहीले संगठनको विधि र विधानलाई आत्मसात गर्दै गतिशील र क्रियाशिल बनाउन मुख्य भुमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । जिल्लाका तत्कालिन अध्यक्ष धुपेद्र शाही संयोजकको पदबाट बिदा भएका छन् । संयोजक शाहीले यस अघि सह-संयोजकको भुमिका निर्वाह गरेका थिए ।

Ad

सम्बन्धित समाचारहरु

राष्ट्रिय जनमोर्चा भुमिकास्थानकी सक्रिय सदस्य पूर्णकला खनालको शोक सभा सम्पन्न

अर्घाखाँची । राष्ट्रिय जनमोर्चा अर्घाखाँची भुमिकास्थान नगरपालिका वार्ड न १ की सक्रिय सदस्य तथा अखिल नेपाल महिला संघकी सल्लाहकार स्वर्गीय पूर्णकला खनालको १२औं दिनको पुण्य तिथिमा शोक शभा सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिका वार्ड न १ को आयोजनामा बिहिबार उनकै निवासमा शोक सभा सम्पन्न गरिएको हो । सो अवसरमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सागर केसीले स्वर्गीय खनालको निधनले पार्टीलाई अतुलनीय क्षति पुगेको बताए ।

सुर्खेतका सबै स्थानीय तहमा माओवादी केन्द्रकाे सर्वसहमत नेतृत्व (सुचिसहित)

खगेन्द्र हमाल, सुर्खेत । जिल्लाका नौ वटै स्थानीय तहमा नेकपा माओवादी केन्द्रले सर्वसम्मत नेतृत्व चयन गरेको छ। वीरेन्द्रनगर नगरपालिका, पञ्चपुरी नगरपालिका,लेकवेशि नगरपालिका, भेरिगंगा नगरपालिका,गुर्भाकोट नगरपालिका,चिङ्गाड गाउँपालिका, सिम्ता गाउँपालिका, बराहताल गाउँपालिका र चौकुने गाउँपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरेकाे हो ।

Ad

प्रतिक्रिया दिनुहोस