# भर्खरै
Namaste Icon
Ad

आर्यन तामाङ र अस्मिता अधिकारीको स्वरमा 'सितल जुन' सार्वजनिक ( भिडियो )

आर्यन तामाङ र अस्मिता अधिकारीको स्वरमा 'सितल जुन' सार्वजनिक ( भिडियो )

काठमाडौं । गीतकार प्रलाद शाहको शब्द रचनामा रहेको प्रेमिल शैलीको बिल्कुलै नयाँ म्युजिक भिडियो 'सितल जुन' सार्वजनिक भएको छ । मायालु जोडीहरुको भावनालाई समेटेर लेखिएको गीतमा एक अर्काको साथ बिना जिन्दगी सुन्दर हुदैन थियो भन्ने भाव व्यक्त गरिएको छ । यस गीतमा युवा पुस्ताकि चर्चित गायिका अस्मिता अधिकारी र भोइस अफ नेपाल फेम्ड गायक आर्यन तामाङको युगल गायन रहेको छ । गीतमा कल्याण सिंहको संगीत रहेको छ भने गोपाल रसाइलीले यस गीतलाई संगीत संयोजन गरेका हुन् ।

युवा युवती बीचको प्रेम र आकर्षणलाई गीत प्रस्तुत गरिएको भिडियोमा दिपक घिमिरे र पुजा ठाकुरलाई रोमाण्टिक मुडमा देख्न सकिन्छ । बुद्ध थापाले छायांकन गरेको भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन् । होप इन्टरनेशनलले प्रायोजन गरेको भिडियोलाई गणेश शाहीको निर्देशनमा तयार पारिएको हो । भाका इन्टरटेनमेन्टको आधिकारिक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

 

Ad

सम्बन्धित समाचारहरु

नेपालकी सुन्दरी नम्रताकाे हट अवतार

नेपालकी सुन्दरी नम्रताकाे हट अवतार

काठमाडौं । यस वर्षको मिस वर्ल्ड प्रतियोगिता अमेरिका सुरु भएको छ । अमेरिकाको पुएर्तो रिकोमा यो प्रतियोगिता भएको हो । जसमा नेपालबाट नम्रता श्रेष्ठले सहभागिता जनाएकी छिन् । नम्रता हट अवतारमा उत्रिएको देखिन्छ । उनले सुट गराएको फोटोमा हट देखिएकी हुन् ।

विक्की–कट्रिनाको विवाहका अतिथिका लागि 'टाइगर सफारी’ सफारीको व्यवस्था

मुम्बई । बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना कैफको विवाहमा सहभागी आगन्तुकले ‘टाइगर सफारी’ गर्न पाउने भएका छन् । उनीहरूको विवाहको मिति नजिकिँदै गर्दा यस्तो रोचक कुरा बाहिरिएको हो । समाचारानुसार विवाह समाराहेमा सहभागी हुने अतिथिहरूका लागि विक्की र कट्रिनाले रणथन्बोर राष्ट्रिय निकुञ्जमा विशेष टाइगर सफारीको व्यवस्था गरेका हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस