# भर्खरै
Namaste Icon
Ad

सीमामा बस्ने नेपाली अब्बल राष्ट्रवादी : गृहमन्त्री खाण

सीमामा बस्ने नेपाली अब्बल राष्ट्रवादी : गृहमन्त्री खाण

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले नेपालको सीमा क्षेत्रमा बसोबास गर्ने सबै नेपाली अब्बल राष्ट्रवादी भएको बताएका छन् । नेपालको राष्ट्रियता, सान र पहिचान सीमा क्षेत्रका नेपाली जनताबाटै कायम रहेको मन्त्री खाणले बताए । रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं ५ मर्चवारीमा रहेको मर्चवारी माइ मन्दिरमा पुजाआजा पछि नेपाली कांग्रेसका नेता/कार्यकर्तासँगको भेटघाटमा सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकले नेपाल मिचिनबाट जोगाएको बताए ।

सीमामा बसोबास गर्ने नेपालीले सीमा क्षेत्रमा रहेको खेत, खलिहान, आली, बगैचालगायतका स्थललाई मेरो हो भन्दै जोगाएकोले आज पूरा देश जेगिन पुगेको गृहमन्त्री खाणको भनाइ थियो । उनले हिउँदे बाली लगाउने बेलामा देखिएको रासायनिक मलसम्बन्धी समस्या छिटो समाधान गर्ने बताए । रुपन्देहीको मर्चवारमा भएको कार्यकर्ता भेटघाटमा गृहमन्त्री खाणले रासायनिक मत छिटोभन्दा छिटो उपलब्ध गराउने बताए ।

गृहमन्त्री खाणले सरकारले कृषि र शिक्षालाई बढावा दिनेगरी काम गरिरहेको बताए । ‘हामीले रासायनिक मल आयातमा देखिएको समस्या समाधानको प्रयास गरिरहेका छौँ,’ उनले भने, ‘केही समयमा मल उपलब्ध हुन्छ । त्यस्तै कोटहीमाईमा प्राविधिक शिक्षालय निर्माण गर्ने, सडक, खानेपानी र विजुलीलगायतका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ ।’

गृहमन्त्री खाणसँग रुपन्देही ४ बाट प्रत्यक्ष निर्वाचित संघीय सांसद प्रमोद यादव लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान युवा तथा खेलकुदमन्त्री वसिउद्दिन खाँ र लुम्बिनी प्रदेश सांसद अष्टभुजा पाठक सहभागी थिए । गृहमन्त्री खाणले हरेक नेपालीको जीवन रक्षा गर्नु नेपाल सरकार र नेपाली कांग्रेसको पहिलो लक्ष्य रहेको गहृमन्त्री खाणले बताए ।

वि.सं. २०४८ साल भन्दा पहिला विकासको गति धेरै न्यून रहे पनि ०४८ साल बहुदलीय व्यवस्था आएपछि तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले व्यवस्थित तरिकाले अर्थतन्त्रलाई उठाउने काम गरेको उनले बताए । भैरहवा–काठमान्डौ विमान सेवा हप्तामा २ पटक मात्र सेवा दिने अवास्थाबाट नेपाली कांग्रेसले विभिन्न किसिमका संघर्ष गरी दैनिक संचालन गर्ने व्यवस्थापन गरेकोसमेत बताए ।

उनले मर्चवार मन्दिर निर्माणमा सरकारले सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । उनले कांग्रेस अधिवेशनमा रुपन्देही क्षेत्र नं ४ मा निर्विरोध कार्यसमिति र महाधिवेशन समिति चयन गरेकोमा पार्टी नेता कार्यकर्तालाई धन्यवादसमेत दिए । रुपन्देही क्षेत्र नं ४ मा हिजो मुकेश यादवको अध्यक्षतामा क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका थिए । गृहमन्त्री खाण, प्रदेशमन्त्री खाँ र संघीय र प्रदेश सांसदले मन्दिरमा पुँजाआजा गरेका थिए ।

Ad

सम्बन्धित समाचारहरु

अब चुनावतिर ध्यान दिऔं : देउवा

अब चुनावतिर ध्यान दिऔं : देउवा

काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावतिर सबैको ध्यान हुनुपर्ने बताएका छन् । १४ औं महाधिवेशनले कांग्रेसलाई थप बलियो बनाउँदै निर्वाचन जित्ने बनाउने उनले विश्वास व्यक्त गरे ।

राप्रपाको अध्यक्षमा उम्मेदवार बन्न १ लाख शुल्क

राप्रपाको अध्यक्षमा उम्मेदवार बन्न १ लाख शुल्क

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय अध्यक्षको उम्मेदवार बन्नका लागि एक लाख रुपैयाँ शुल्क तोकेको छ। बुधबारदेखि संघीय राजधानी काठमाडौंमा सुरु भएको एकता महाधिवेशन १७ गते (शुक्रबार) सकिँदै छ। भृकुटी मण्डपमा जारी महाधिवेशनमा विभिन्न पदमा उम्मेदवार बन्नका लागि शुल्क तोकिको छ । उपाध्यक्ष पदका लागि ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्य पदका लागि १५ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस