# भर्खरै
Namaste Icon
Ad

काभ्रे क्षेत्र १ मा दिनेश लामाको प्यानल नै विजयी

काभ्रे क्षेत्र १ मा दिनेश लामाको प्यानल नै विजयी

काभ्रे । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत काभ्रेपलाञ्चोक जिल्ला संघीयसभा क्षेत्र नं.१ को निर्वाचनमा सभापति दिनेश लामा सहित तिर्थ लामाको सिङ्गो प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तरगत प्रतिनिधि सभा अधिवेशनमा सम्पन्न भएको छ ।सम्पन्न अधिवेशनमा काभ्रेली जनताको सारथी उदयमान युवा नेता तिर्थ लामा निकटकाे सिङ्गो प्यानल नै अत्याधिक बहुमतले विजय भएको छ्न् ।  

निर्वाचन क्षेत्र नम्बर १ मा १३ सय १४ प्रतिनिधिमा १२ सय ६३ मत खसेको थियो । सभापति सहितका सिँगो पदाधिकारीमा तीर्थ प्यानल विजयी बनेको हो । लामा सभापति पद जिम्मेवारी निष्ठा र इमान्दारीपुर्वक वहन गर्ने आम काभ्रेली जनताले आशा लिएका एक नेताले बताए । उनले भने,  'पार्टीको निर्देशन र संगठन निर्माणमा अहोरात खटिने नेता लामा ईमान्दार, सालिन र बौद्धिक नेताको रुपले चिनिन्छन् । मिलनसार स्वभाव,कार्यकर्ताको सुख दुखमा साथ दिन हरदम प्रयासरत रहने र चाँडै नेता कार्यकर्ताहरुसँग घुलमिल हुन सक्ने क्षमताका कारण पनि नेता लामा लाई सबैले मन पराएका हुन् ।'

लामालाई पार्टीमा उसले गरेका योगदानको कदर र क्षमतालाई मध्यनजर गर्दै वडा देखी गाउँपालिका प्रदेश सभा क्षेत्रीय प्रतिनिधिहरु लगाएत सम्पुर्ण प्रतिनिधिहरुको बिश्वासको पात्रा बनेका हुन् । नेपाली कांग्रेसको महाधिवेशन तालिका अनुरुप हालसम्म वडा अधिवेशन, गाउपालिका/नगरपालिका र प्रदेश सभा क्षेत्रीय अधिवेशन प्रतिनिधि सभा सम्मको अधिवेशन सम्पन्न भइसकेको छ ।

सचिवमा विद्यासागर लामाले ९२८ मत प्राप्त गरे, भने किशोरराज गिरीले ८५० मत पाए । सह सचिवमा पनि तीर्थ प्यानलका गणेशप्रसाद अधिकारी र पदम बहादुर लामा विजयी भएका छन् ।

Ad

सम्बन्धित समाचारहरु

राष्ट्रिय जनमोर्चा भुमिकास्थानकी सक्रिय सदस्य पूर्णकला खनालको शोक सभा सम्पन्न

अर्घाखाँची । राष्ट्रिय जनमोर्चा अर्घाखाँची भुमिकास्थान नगरपालिका वार्ड न १ की सक्रिय सदस्य तथा अखिल नेपाल महिला संघकी सल्लाहकार स्वर्गीय पूर्णकला खनालको १२औं दिनको पुण्य तिथिमा शोक शभा सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिका वार्ड न १ को आयोजनामा बिहिबार उनकै निवासमा शोक सभा सम्पन्न गरिएको हो । सो अवसरमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सागर केसीले स्वर्गीय खनालको निधनले पार्टीलाई अतुलनीय क्षति पुगेको बताए ।

सुर्खेतका सबै स्थानीय तहमा माओवादी केन्द्रकाे सर्वसहमत नेतृत्व (सुचिसहित)

खगेन्द्र हमाल, सुर्खेत । जिल्लाका नौ वटै स्थानीय तहमा नेकपा माओवादी केन्द्रले सर्वसम्मत नेतृत्व चयन गरेको छ। वीरेन्द्रनगर नगरपालिका, पञ्चपुरी नगरपालिका,लेकवेशि नगरपालिका, भेरिगंगा नगरपालिका,गुर्भाकोट नगरपालिका,चिङ्गाड गाउँपालिका, सिम्ता गाउँपालिका, बराहताल गाउँपालिका र चौकुने गाउँपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरेकाे हो ।

Ad

प्रतिक्रिया दिनुहोस