# भर्खरै
Namaste Icon
Ad

बसले स्कुटरलाई ठक्कर दिँदा विद्यार्थी नेताको मृत्यु

बसले स्कुटरलाई ठक्कर दिँदा विद्यार्थी नेताको मृत्यु

तनहुँ । तनहुँको डुम्रे बेँसीसहर सडक खण्डमा पर्ने भानु नगरपालिका–१ भन्सारमा बसले स्कुटरलाई ठक्कर दिँदा आज अखिल क्रान्तिकारीका नेताको मृत्यु भएको छ । गोरखाको पालुङटार नगरपालिकाको पालुङटार नगरपालिका–४ निवासी २४ वर्षीय विद्यार्थी नेता सुर्वण देवकोटाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाइसजाँगरबाट डुम्रे जाँदै गरेको ना ६ ख ९१३४ नम्बरको यात्रु बसले सोही दिशा गइरहेको बा ४५ प २३८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सापकोटाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डोलिन्द्रबहादुर हमालले जानकारी दिए । मृतक देवकोटा अखिल क्रान्तिकारी पालुङटारको संयोजक छन् । दुर्घटनाको अनुसन्धानको लागि दुवै सवारी साधन र बसको चालकलाई नियन्त्रणमा लिएको छ । रासस

Ad

सम्बन्धित समाचारहरु

अब चुनावतिर ध्यान दिऔं : देउवा

अब चुनावतिर ध्यान दिऔं : देउवा

काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावतिर सबैको ध्यान हुनुपर्ने बताएका छन् । १४ औं महाधिवेशनले कांग्रेसलाई थप बलियो बनाउँदै निर्वाचन जित्ने बनाउने उनले विश्वास व्यक्त गरे ।

राप्रपाको अध्यक्षमा उम्मेदवार बन्न १ लाख शुल्क

राप्रपाको अध्यक्षमा उम्मेदवार बन्न १ लाख शुल्क

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय अध्यक्षको उम्मेदवार बन्नका लागि एक लाख रुपैयाँ शुल्क तोकेको छ। बुधबारदेखि संघीय राजधानी काठमाडौंमा सुरु भएको एकता महाधिवेशन १७ गते (शुक्रबार) सकिँदै छ। भृकुटी मण्डपमा जारी महाधिवेशनमा विभिन्न पदमा उम्मेदवार बन्नका लागि शुल्क तोकिको छ । उपाध्यक्ष पदका लागि ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्य पदका लागि १५ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस