# भर्खरै
Namaste Icon
Ad

मनीषा कोराइलाले गरिन् आलिया र कंगनाको प्रशंसा

मनीषा कोराइलाले गरिन् आलिया र कंगनाको प्रशंसा

काठमाडाैं । अभिनेत्री मनीषा कोइरालाले बलिउड कलाकार कंगना रणावत, आलिया भट्ट र रणवीर कपूरको प्रशंसा गरेकी छन् । हालै एक अन्तर्वार्तामा उनले यी बलिउड अभिनेता/अभिनेत्रीहरूको प्रशंसा गरेकी हुन् ।

मनीषाले अभिनयमा आलिया र कंगानाको काम उत्कृष्ट रहेको बताइन् । उनले कंगानालाई त ‘ब्रिलियन्ट’ नै भनेर तारिफ गरेकी छन् । मनीषाले कार्तिक आर्यन राम्रो र रणवीर कपूर महान् रहेको पनि बताइन् ।

‘मैले आलिया भट्टको काम हेरिसकेकी छु, मलाई लाग्छ उनी मैले गरेको कामभन्दा धेरै अगाडि छिन्,’ मनीषाले अन्तर्वार्तामा भनेकी छन्, ‘कंगना रणावत पनि शानदार छिन्, फिल्म ‘क्वीन’ मा उनले गरेको अभिनय मलाई मन परेको छ ।’

Ad

सम्बन्धित समाचारहरु

नेपालकी सुन्दरी नम्रताकाे हट अवतार

नेपालकी सुन्दरी नम्रताकाे हट अवतार

काठमाडौं । यस वर्षको मिस वर्ल्ड प्रतियोगिता अमेरिका सुरु भएको छ । अमेरिकाको पुएर्तो रिकोमा यो प्रतियोगिता भएको हो । जसमा नेपालबाट नम्रता श्रेष्ठले सहभागिता जनाएकी छिन् । नम्रता हट अवतारमा उत्रिएको देखिन्छ । उनले सुट गराएको फोटोमा हट देखिएकी हुन् ।

विक्की–कट्रिनाको विवाहका अतिथिका लागि 'टाइगर सफारी’ सफारीको व्यवस्था

मुम्बई । बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना कैफको विवाहमा सहभागी आगन्तुकले ‘टाइगर सफारी’ गर्न पाउने भएका छन् । उनीहरूको विवाहको मिति नजिकिँदै गर्दा यस्तो रोचक कुरा बाहिरिएको हो । समाचारानुसार विवाह समाराहेमा सहभागी हुने अतिथिहरूका लागि विक्की र कट्रिनाले रणथन्बोर राष्ट्रिय निकुञ्जमा विशेष टाइगर सफारीको व्यवस्था गरेका हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस