# भर्खरै
Namaste Icon
Ad

एमाले महाधिवेशनमा एआईजीको कमान्डमा एक हजारभन्दा बढी प्रहरी खटाइने

एमाले महाधिवेशनमा एआईजीको कमान्डमा एक हजारभन्दा बढी प्रहरी खटाइने

काठमाडौं । नेकपा (एमाले)को शुक्रबारदेखि चितवनमा हुन लागको दशौँ राष्ट्रिय महाधिवेशनमा प्रहरी एआईजीको कमान्डमा सुरक्षा टोली खटाइने भएको छ । एआईजी सहकुलबहादुर थापाको कमान्डमा सुरक्षा व्यवस्थापन गरिने प्रहरी प्रवक्ता एसएसपी वसन्त कुवँरले जानकारी दिए । उनका अनुसार महाधिवेशन सुरक्षामा एक हजारभन्दा बढी प्रहरी खटिनेछन् । यसबाहेक सशस्त्र प्रहरीको टोली पनि हुनेछ । सुरक्षामा वागमती प्रदेश प्रहरी, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका डीआईजी खटिने र समग्र कमान्ड एआईजी थापाले गर्ने प्रवक्ता कुँवरले जानकारी दिए । एमाले महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ ।

Ad

सम्बन्धित समाचारहरु

अब चुनावतिर ध्यान दिऔं : देउवा

अब चुनावतिर ध्यान दिऔं : देउवा

काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावतिर सबैको ध्यान हुनुपर्ने बताएका छन् । १४ औं महाधिवेशनले कांग्रेसलाई थप बलियो बनाउँदै निर्वाचन जित्ने बनाउने उनले विश्वास व्यक्त गरे ।

राप्रपाको अध्यक्षमा उम्मेदवार बन्न १ लाख शुल्क

राप्रपाको अध्यक्षमा उम्मेदवार बन्न १ लाख शुल्क

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय अध्यक्षको उम्मेदवार बन्नका लागि एक लाख रुपैयाँ शुल्क तोकेको छ। बुधबारदेखि संघीय राजधानी काठमाडौंमा सुरु भएको एकता महाधिवेशन १७ गते (शुक्रबार) सकिँदै छ। भृकुटी मण्डपमा जारी महाधिवेशनमा विभिन्न पदमा उम्मेदवार बन्नका लागि शुल्क तोकिको छ । उपाध्यक्ष पदका लागि ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्य पदका लागि १५ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस