# भर्खरै
Namaste Icon
Ad

झिनो अंकले बढ्याे नेप्से, १०२ कम्पनीको सेयर मूल्य बढ्यो

झिनो अंकले बढ्याे नेप्से, १०२ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से झिनो अंकमा हरियो रह्यो । १.८२ अंकले बढेसँगै परिसूचक २७३४ अंकमा कायम भएको छ । कुल ४ अर्ब २१ करोड रुपैयाँको कारोबार भएको छ । यसअघि मंगलबार ४ अर्ब १६ करोड रुपैयाँको धितोपत्र कारोबार भएको थियो ।

१०२ कम्पनीको सेयर मूल्य बढ्यो भने ७६ कम्पनीको घट्यो । ९ कम्पनीको मूल्य स्थिर रह्यो ।मैलुङखोला जलविद्युतको मूल्य सबैभन्दा धेरै ९.४ प्रतिशतले बढ्यो । कर्णाली विकास बैंक र पन्चकन्या माइ हाइड्रोको मूल्य ६ प्रतिशतले बढ्यो ।

बैंकिङ उपसमूह ७, जीवन बीमा ६१ र ब्यापार ३८ अंकले घटे । तिबाहेकका सबै उपसमूह बढेका छन् । विकास बैंक ४२, फाइनान्स ३५, होटल तथा पर्यटन २, जलविद्युत २३, उत्पादन २६, निर्जीवन बीमा ३६, अन्य ५ र माइक्रोफाइनान्स उपसमूह ३ अंकले बढे । धेरै रकमको कारोबार हुनेमा नेपाल टेलिकम अग्रस्थानमा रह्यो ।

 

Ad

सम्बन्धित समाचारहरु

नाडाकाे नयाँ नेतृत्वका लागि करण चाैधरीकाे प्यानल घाेषणा

काठमाडौं । नाडा अटाेमाेबाइल्स एसाेसिएसन अफ नेपालकाे नयाँ नेतृत्वका लागि करण चाैधरीले प्यानल घाेषणा गरेका छन् । चाैधरीकाे अध्यक्षतामा १८ सदस्यीय प्यानल घाेषणा गरिएकाे हाे । चाैधरीकाे टिममा अनुपकुमार बराल, सुरेन्द्र कुमार उप्रेती, विक्रम सिंघानिया, राजनबाबु श्रेष्ठ, अभिक ज्याेती, मिलनबाबु मल्ल, निलमणी पाठक, पंकज अग्रवाल, राजेन्द्र अग्रवाल, वर्ण न्याैपाने, सुनिल रिजाल, वरदान बस्नेत, निशान ढकाल, प्रकाश कपुरी, देवराज भण्डारी, गाेपाल भट्टराई र गंगाराज भट्टराई रहेका छन् ।

नयाँ बसपार्क चौबीसै घण्टा सञ्चालन गर्न माग

नयाँ बसपार्क चौबीसै घण्टा सञ्चालन गर्न माग

काठमाडौं । गोङ्गबुस्थित नयाँ बसपार्क चौबीसै घण्टा सञ्चालन गर्न माग गपिरएको छ । नयाँ बसपार्कस्थित कान्तिपुर मलले दसैँ, तिहार र छठपर्व लक्षित उपहार योजना वितरण कार्यक्रममा बुधबार वक्ताहरुले नयाँ बसपार्कलाई चौबीसै घण्टा सञ्चालन गर्नुपर्ने बताएका हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस