# भर्खरै
Namaste Icon
Ad

सानिमा लाइफकाे सानिमा दम्पति जीवन बीमा याेजना सुरू

सानिमा लाइफकाे सानिमा दम्पति जीवन बीमा याेजना सुरू

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले श्रीमान-श्रीमती दुवै जनालाई एउटै जीवन बीमा पोलिसीमा अटाउने गरी दम्पत्ती बीमा याेजना सुरू गरेको छ । कम्पनीले आर्जन गरेको मुनाफामा हिस्सेदारी पाइने त छँदैछ, सुरक्षा र बचतका लागि पनि यो योजना निकै आकर्षक हुने अपेक्षा गरिएकाे छ । यो योजनाले विभिन्न पेशा व्यवसायमा रहेका मानिसहरुलाई श्रीमान श्रीमतीको अलग अलग बीमा गर्नु पर्ने झण्झटबाट मुक्त गरि दिएको छ ।

२१ वर्ष उमेर पुगेका मानिसले यो योजनामा सहभागि हुन पाउने छन्। ५० वर्षभन्दा बढी उमेर भएका मानिस भने यो योजनामा सहभागि हुन नपाउने कम्पनीले जनाएकाे छ। यस्तो बीमा १५ देखि ३० वर्षका लागि गर्न सकिन्छ । तर ७० वर्षको उमेर पुग्दासम्म बीमा अवधि सकिइसक्नु पर्नेछ । यो योजनामा करोडौं रकमको बीमा गर्न पनि पाइन्छ ।

यसरी बीमा गरेपछि बीमा समाप्ति हुने मितिसम्म पतिपत्नी दुबै वा कुनै एक जनामात्रै जिवित रहे भने बिमांक रकम र पुरा अवधिको बोनश एकमुष्ट प्रदान गर्ने कम्पनीले जनाएको छ । बीमा अवधिभित्र दम्पत्तीमध्ये कुनै एक जनाको मृत्यु भएका पुरै बिमांक रकम भुक्तानी गर्ने कम्पनीले जनाएको छ ।

Ad

सम्बन्धित समाचारहरु

नाडाकाे नयाँ नेतृत्वका लागि करण चाैधरीकाे प्यानल घाेषणा

काठमाडौं । नाडा अटाेमाेबाइल्स एसाेसिएसन अफ नेपालकाे नयाँ नेतृत्वका लागि करण चाैधरीले प्यानल घाेषणा गरेका छन् । चाैधरीकाे अध्यक्षतामा १८ सदस्यीय प्यानल घाेषणा गरिएकाे हाे । चाैधरीकाे टिममा अनुपकुमार बराल, सुरेन्द्र कुमार उप्रेती, विक्रम सिंघानिया, राजनबाबु श्रेष्ठ, अभिक ज्याेती, मिलनबाबु मल्ल, निलमणी पाठक, पंकज अग्रवाल, राजेन्द्र अग्रवाल, वर्ण न्याैपाने, सुनिल रिजाल, वरदान बस्नेत, निशान ढकाल, प्रकाश कपुरी, देवराज भण्डारी, गाेपाल भट्टराई र गंगाराज भट्टराई रहेका छन् ।

नयाँ बसपार्क चौबीसै घण्टा सञ्चालन गर्न माग

नयाँ बसपार्क चौबीसै घण्टा सञ्चालन गर्न माग

काठमाडौं । गोङ्गबुस्थित नयाँ बसपार्क चौबीसै घण्टा सञ्चालन गर्न माग गपिरएको छ । नयाँ बसपार्कस्थित कान्तिपुर मलले दसैँ, तिहार र छठपर्व लक्षित उपहार योजना वितरण कार्यक्रममा बुधबार वक्ताहरुले नयाँ बसपार्कलाई चौबीसै घण्टा सञ्चालन गर्नुपर्ने बताएका हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस