# भर्खरै
Namaste Icon
Ad

ग्लोबल आइएमई बैंकका ग्राहकलाई मोबाइल बैंकिङ इन्टरनेट निशुल्क

ग्लोबल आइएमई बैंकका ग्राहकलाई मोबाइल बैंकिङ  इन्टरनेट निशुल्क

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकलाई मोबाइल बैंकिङ्ग एप्लिकेसन ‘ग्लोबल स्मार्ट र ग्लोबल स्मार्ट प्लस’ चलाउन निशुल्क मोबाइल डाटा उपलब्ध गराउने भएको छ । डिजिटल बैंकिगको क्षेत्रमा ग्लोबल आइएमई बैंकको यो नयाँ पहल हो । यो सुविधा नेपाल टेलिकमको सिम भएका ग्राहकहरुलाई उपलव्ध हुनेछ ।

बैंकले आफ्ना गा्रहकलाई नविनतम प्रविधिमा अभ्यस्त गराउँदै बैंक नै आफ्नो हातमा पु¥याउने उद्देश्यका साथ यो आकर्षक योजना सार्वजनिक गरेको हो । यो सुविधा प्रदान गर्ने उद्देश्यका साथ बैंक र नेपाल टेलिकमबीच समझदारी पत्रमा हस्ताक्षर भैसकेको छ । समझदारी पत्रमा बैंकका बजार तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यापार अधिकृत संगीता पहाडीले हस्ताक्षर गरेका छन ।

बैंकले समय–समयमा यस्ता विभिन्न किसिमका योजना ल्याई आफ्ना ग्राहकलाई विस्तारित बैंकिगका साथै अन्य सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८७ शाखा, २५२ एटीएम, २६३ शाखा रहित बैंकिग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८ सय ५० सेवा केन्द्रबाट २७ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको पनि उल्लेख छ ।

Ad

सम्बन्धित समाचारहरु

नाडाकाे नयाँ नेतृत्वका लागि करण चाैधरीकाे प्यानल घाेषणा

काठमाडौं । नाडा अटाेमाेबाइल्स एसाेसिएसन अफ नेपालकाे नयाँ नेतृत्वका लागि करण चाैधरीले प्यानल घाेषणा गरेका छन् । चाैधरीकाे अध्यक्षतामा १८ सदस्यीय प्यानल घाेषणा गरिएकाे हाे । चाैधरीकाे टिममा अनुपकुमार बराल, सुरेन्द्र कुमार उप्रेती, विक्रम सिंघानिया, राजनबाबु श्रेष्ठ, अभिक ज्याेती, मिलनबाबु मल्ल, निलमणी पाठक, पंकज अग्रवाल, राजेन्द्र अग्रवाल, वर्ण न्याैपाने, सुनिल रिजाल, वरदान बस्नेत, निशान ढकाल, प्रकाश कपुरी, देवराज भण्डारी, गाेपाल भट्टराई र गंगाराज भट्टराई रहेका छन् ।

नयाँ बसपार्क चौबीसै घण्टा सञ्चालन गर्न माग

नयाँ बसपार्क चौबीसै घण्टा सञ्चालन गर्न माग

काठमाडौं । गोङ्गबुस्थित नयाँ बसपार्क चौबीसै घण्टा सञ्चालन गर्न माग गपिरएको छ । नयाँ बसपार्कस्थित कान्तिपुर मलले दसैँ, तिहार र छठपर्व लक्षित उपहार योजना वितरण कार्यक्रममा बुधबार वक्ताहरुले नयाँ बसपार्कलाई चौबीसै घण्टा सञ्चालन गर्नुपर्ने बताएका हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस